सामग्रीमा जानुहोस्

दोर्दी गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दोर्दी गाउँपालिका
{{{official_name}}}को अवस्थिति
दोर्दी गाउँपालिका मा पर्दछ गण्डकी प्रदेश
दोर्दी गाउँपालिका
गण्डकी प्रदेशको नक्सामा दोर्दी गाउँपालिकाको अवस्थिति
दोर्दी गाउँपालिका मा पर्दछ नेपाल
दोर्दी गाउँपालिका
दोर्दी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°१४′N ८४°१७′E / 28.23°N 84.29°E / 28.23; 84.29
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लालमजुङ
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षयुवराज अधिकारी (नेकपा एमाले)
  उपाध्यक्षविच्‍छबहादुर घले (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा३५०.९३ किमी (१३५.४९ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१६,०५०
  घनत्व४६/किमी (१२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०५२
केन्द्रसाविक नौथर गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

दोर्दी गाउँपालिका लमजुङ जिल्लाका चार गाउँपालिकाहरू मध्ये एक हो।[][] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा लमजुङ जिल्लामा साविकका हिलेटक्सारको (१-८) वडाहरू, भार्ते, अर्चलबोट, श्रीभञ्ज्याङ, नौथर, पाचोक, ढोडेनी, फलेनीबन्सार गाउँ विकास समितिहरूलाई समेटेर दोर्दी गाउँपालिका घोषणा गरिएको हो ।[][]

भौगोलिक अवस्थिति

[सम्पादन गर्नुहोस्]

दोर्दी गाउँपालिकाको क्षेत्रफल ३५०.९३ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ९ वडाहरूमा विभाजन गरिएको छ । यस गाउँपालिकको कूल जनसङ्ख्या १८,३९२ रहेको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा गोरखा जिल्लादूधपोखरी गाउँपालिका, पश्चिममा मर्स्याङ्दी गाउँपालिकाबेसीसहर नगरपालिका, उत्तरमा मर्स्याङ्दी गाउँपालिकागोरखा जिल्ला तथा दक्षिणमा राईनास, सुन्दरबजार नगरपालिकादूधपोखरी गाउँपालिका रहेका छन् ।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार दोर्दी गाउँपालिकाको कुल जनसङ्ख्या १६,०५० रहेको छ भने यहाँ ४,५२४ घरधुरी रहेका छन्।[]

दोर्दी गाउँपालिकाको वडा विवरण
वडा नं.समावेश साविकका गाविसहरूजनसङ्ख्या (२०७८)क्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति व.कि.मी.)
भार्ते१,५२१९.९९१५२.२५
अर्चलबोट१,४२७७.४२१९२.३२
श्रीभञ्ज्याङ१,४३४७.०३२०३.९८
नौथर२,२०५१३.२७१६६.१६
पाचोक२,०८७२८.२२७३.९५
ढोडेनी२,३९८११३.७३२१.०८
फलेनी )१,२१९१२२.३५९.९६
बन्सार२,५७८४०.१९६४.१५
हिलेटक्सार (१-८)१,१८१८.७२१३५.४४
कुल१६,०५०३५०.९३४५.७४

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३
  4. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  5. "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७
  6. "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४
  7. "गाउँपालिका र नगरपालिकाहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ अभिलेखिकरण २०१९-०३-१७ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]