दौरा सुरूवाल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

दौरा सुरूवाल (Daura Suruwal ) नेपालभारतका सिक्किम, दार्जीलिङ आदि केही क्षेत्रमा लगाइने पोशाक हो। २०६८ साल भन्दा पहिलो यो नेपालको राष्ट्रिय पोशाक थियो ।२०६८ सालमा बाबुराम भट्टराई नेतृत्व सरकारले दौरा सुरुवाल टोपी,गुन्युचोली रास्ट्र सापेक्ष्य नभएको भन्दै हटाउने निर्णय गरे l फलत देश पोशाक बिहिन भयो सबै जातिको पोशाक लाई रास्ट्रीय पोशाक मान्यता दिदै गर्दा औपचारिक अन्तर्रास्ट्रिय पोशाक भने बाट भने बन्चित गराइयो l । नेपाल पोशाक विहिन हुदा नेपाली रास्ट्रीय पोशाक संरक्षण महाअभियान का संयोजक राजानंद माण्डव्य तथा श्याम बजगाईं लगायत धेरै रास्ट्रप्रेमि युवाहरुले रास्ट्रीय पोशाक दिवस अभियान सुरुवात गरे l२०६९ सालबाट नै नेपाल नेपाल पोशाक विहिन हुनु  हुन्न भनि प्रस्तावित नेपाली पोशाक दिवस पौष १७ गते मनाईरहेका छन भने नेपालको पोशाक पुन दौरा सुरवाल र टोपी वनाउन राष्ट्रिय तथा अन्तराष्ट्रिय  स्तरमा विभिन्न कार्यक्रमहरु संचालन गदै आईरहेका छन । 

साथै आजको समयमा यो पोशाक जातिय पोशाक मात्र नभई अन्तर्रास्ट्रिय पोशाक को लागि निरन्तर अभियान चलेको छ l

यो एक प्राचीन र पहाडी भेगमा बढी प्रयोग हुन्छ। त्यस माथि कोट र शिरमा ढाका वा भादगाउँले टोपी पनि लगाउने चलन छ ।

नेपालली राष्ट्रिय पोशाक दौरा सुरूवाल

इतिहास[सम्पादन गर्ने]

१५ देखि २० हजार वर्षअघि लेखिएको मानिएको ऋग्वेद र त्यसपछिको अथर्ववेदमा पोसाकबोधक द्रापी शब्द परेको छ जसलाई भाष्यकारहरूले क्लोक (लबेदासरहको) हुन्थ्यो भनेका छन् । द्रापीबाट दौरा भएको तर पी लोप भएको बुझिन्छ । विसं १६८० तिर सिद्धिनरसिंह मल्लले एउटा रेखाचित्रमा तुना बाँधेको पोसाक पहिरेका छन् । अरू अनगिन्ती मल्लकालीन मूर्ति मा पनि यो पोसाक देखिन्छ।

दौरा(Daura)[सम्पादन गर्ने]

दौरा लामो बाहुला भएको र अगाडी छातीमा दुई फेर गरी दुवैतिर तुना बाँध्न-मिल्ने कुमदेखि घुँडासम्मको हुन्छ। यो दायाँबायाँ कल्ली गाँसेर घुमाउरो फेर पारिएको, दायाँ र बायाँका तलमाथि चार ठाउँ तुना बाँधिने, दोबरी पारेर वा कठालो र फेरका भित्रपट्टी छेउमा सेप्टी लगाएर सिइएको हुन्छ । यसका अरू नामहरूः लबेदामयलपोस पनि हुन् । पहाडमा बस्ने सबैजसो जातिका लोग्नेमान्छेले दौरा लगाउँछन् । दौरा घाँटीदेखि घुँडासम्म लामो हुन्छ । यसमा आठ वटा तुना हुन्छन् । ती तुना चार ठाउँमा बााधिन्छन् । दौरासँग सुरूवाल, टोपीइस्टकोट लगाइन्छ । यति कुरा लगाएका मानिसलाई नेपाली भनेर चिन्न सजिलो हुन्छ ।

मयलपोस, लबेदा र दौरा समानार्थी लाग्छन् । तर, पूर्ण समानार्थी होइनन् । मयलपोस दरबारी, लबेदा काँठप्रचलित र दौरा पहाडी सम्बोधन हो भनेर पुग्दैन । सही लबेदा मुकुन्दसेनका खजान्ची चिन्तामणि भट्टराईको अद्यापि पाल्पामा सुरक्षित पोसाक हो, जुन घुँडाभन्दा तलसम्म आउँछ, धेरै फुकेको पनि हुन्छ । मेहेल (Pyrus pashia) को बियाँले नखुइलिने बदामी रङ दिन्छ । नखुइलिने वदामी रंङ को लुगा केवल उच्च वर्ग मा मात्र प्रचलित थियो किन भने मेहल रंग महगों हुने गर्दथ्यो । उच्च वर्ग ले लगाउने भए पछि मिहेनत का साथ सिलाईएको र जीउ मा टम्म मिलेको हुने नै भयो । त्यसै ले मेहल रंग ले रंगिएको र सहि नाप को पोसाक ( लबेदा / दौरा ) लाई मयलपोस भनिएको मानिन्छ| पछि कम्पनी भारत मा जव नखुलिने वदामी रंग सर्वत्र पाइन थाल्यो नेपाली हरु माझ यो रंग को दौरा खुवै प्रचलित भयो| सन् १८०३ मा फ्रान्सिस हेमिल्टनलको वर्णन मा नेपालमा सर्वत्र 'रेड्डिस कटन उल' प्रचलन मा रहेको उल्लेख छ| त्यहि समय तिर मयलपोस र दौरा समानार्थी शव्द वन्न पुगे । यति भन्दा भन्दै पनि मयलपोस मोटो अर्थमा विशिष्ट निर्मित (कस्टम मेड) हो, जसको गाह्रो भाग खोकिला मिलाउनु हो र जो सहज नाप -(फ्रि साइज) को दौराभन्दा भिन्न देखिन्छ ।

जुम्लामा दौराको नाम कोच्छ्या पनि हो। नेवारीमा 'भोट लँ' ले भोटो लुगा बुझाउँछ । ठूलाकोमा खार्पा हुने र सानाकोमा नहुने मान्यता छ । मगर र गुरुङमा दौरा भनेको भोटोकै पर्यायवाची हो । थकालीमा दौरा आङीले चिनिन्छ । साम्पाङको दौराबोधक लछुम र याक्खाको लोकी लाङ्सुप्मा केही मिल्न खोज्छन् ।

सुरूवाल(Suruwal)[सम्पादन गर्ने]

सुरूवाल कम्मरमा इँजारले बाँधेर लगाइन्छ। यो कम्मरदेखि गोलिगाँठोको तलसम्म लगाइन्छ। सौरभ ले सुरुवाल लाई सलवारको अनुवाद वा रूपान्तरण होइन भनेका छन् । उन का अनुसार सुरुवाल आकारबोधक हो, सुराही र सुरुङ भनेजस्तै । [१][२][३]


सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य सूत्र[सम्पादन गर्ने]

Risthiya Poshak Ghar-9851119796

  1. * Official Address of Rastriya Daura Suruwal Tailors, an oldest tailors of Nepal, specialized in sewing Daura Suruwal [१]
  2. [२]
  3. [३]