पिण्ड
स्वरूप
(द्रव्यमानबाट अनुप्रेषित)
कुनै पनि वस्तुमा भएको पदार्थको जम्मा परिमाणलाई त्यस वस्तुको पिण्ड भनिन्छ। पिण्ड भनेको वस्तुको इनर्सियाको मापन हो, जसले वस्तुको प्रवेगलाई प्रतिरोध गर्छ।[१] पिण्ड वस्तुमा भएका परमाणु संख्या र परमाणुको औसत पिण्डमा निर्भर रहन्छ। कुनै वस्तुलाई पृथ्वीको जुनसुकै भागमा वा अन्तरीक्षमा वा अन्य ग्रहमा लगे तापनी त्यसको पिण्ड परिवर्तन हुँदैन ।
मापन
[सम्पादन गर्नुहोस्]पिण्डलाई भौतिक तराजु वा बिम तराजु वा स्प्रिङ तराजुबाट नापिन्छ। काटा तराजु मानी नापिन्छ।
एकाइ
[सम्पादन गर्नुहोस्]पिण्डको आधारभूत एकाई किलोग्राम हो । जसलाई छोटकरीमा कि.ग्रा.(Kg) लेखिन्छ । त्यसदेखी बाहेक पिण्डका अन्य एकाइहरु मिलिग्राम, ग्राम, पाउण्ड, क्विन्टल, मेट्रिक टन आदि हुन् ।
- ↑ Bray, Nancy (२८ अप्रिल २०१५), "Science", NASA, मूलबाट ३० मे २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २० मार्च २०२३, "Mass can be understood as a measurement of inertia, the resistance of an object to be set in motion or stopped from motion." अभिलेखिकरण ३० मे २०२३ वेब्याक मेसिन