द्वाल्खा
दोलखा जिल्लाको ऐतिहासिक नेवाः बस्ती तथा राज्यका रूपमा परिचित रहेको स्थानलाई द्वाल्खा भनिन्छ।
द्वाल्खा नेपाल भाषा[सम्पादन गर्ने]
द्वाल्खा नेपालभाषा र नेपाः उपत्यकाको नेपालभाषा भिन्न छ। पानीलाई द्वाल्खामिहरूले 'लोखु' भन्छन् भने काठमाडौंकाले 'लः'। किताबलाई द्वाल्खामिहरूले 'साँफर' भन्छन् भने काठमाडौंमा 'सफू' भनिन्छ।
२०५२मा तत्कालीन दोलखा गाविस अध्यक्ष रविभक्त श्रेष्ठ, समाजसेवी टिकानारायण प्रधान, वकील प्रविण प्रधान, शिक्षक भरत श्रेष्ठ, तीर्थनारायण जोशी र शान्तकृष्ण श्रेष्ठलगायत मिलेर 'कुल्सी परिवार गठन' गरिएको थियो। यसले 'कुल्सी हवाई पत्रिका प्रकाशन गथ्र्यो, जसका सम्पादक तीर्थनारायण जोशी थिए। चार वर्ष प्रकाशन भएको पत्रिकाले दोलखा भाषाको संरक्षण र प्रचारमा सहयोग पुर्याएको थियो। आफ्नै लिपि नभएकाले देवनागरी लिपिमै त्यो पत्रिका छापिन्थ्यो। केही समयपछि यही उद्देश्यले 'बाँपीझ्याला' पत्रिका पनि प्रकाशन हुन थाल्यो। कालान्तरमा दुवै पत्रिकाले विश्राम लिए। केही समयपछि 'अभयपुर' मासिक पत्रिका दोलखा भाषा र राष्ट्रिय भाषामा प्रकाशन भयो। यसअघि पनि कालिञ्चोक युथ क्लबको आँखा, द्वाल्खा गुठीको स्मारिका, तिलिञ्चो परिवारको 'चिमाल' प्रकाशन भएका थिए। आँखा पत्रिका अझै प्रकाशन भइरहेको छ। अभयपुर पत्रिकाले पनि बिश्राम लियो। बाँपिझ्याला मासिक पत्रिका नयाँ साजसज्जाको साथ प्रकाशन भैरहेको छ। हाल बाँपिझ्याला मासिक पत्रिका ले पनि बिश्राम लियो ।
द्वाल्खा नेपाल भाषामा गोरखापत्र राष्ट्रिय दैनिकको नयाँ नेपाल स्तम्भमा पाक्षिक रूपमा लेखरचनाहरू प्रकाशन आदर्श प्रधानको संयोजनमा २०६४ पुस १३ गतेबाट शुरु भएको हो, जुन हाल सम्म प्रकाशन भैरहेको छ। उक्त पत्रिकामा समसामयिक लेख रचना, समचार, अनुसन्धनात्मक लेखहरू प्रकाशन भैरहेको छ।