द्वितीय विश्व युद्ध

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
द्वितीय विश्व युद्ध
Infobox collage for WWII.PNG
द्वितीय विश्व युद्धका केही झलकहरू
मिति १ सेप्टेम्बर १९३९ (१९३९-०९-०१) – २ सेप्टेम्बर १९४५ (1945-09-02)
स्थान युरोप,पेसिफिक,एटलान्टिक,दक्षिण-पुर्वी एसिया,चीन,मध्य पुर्व,मेडिटेर्नेअन,उत्तर अफ्रिका र पुर्वी अफ्रिका,दक्षिण-मध्य अफ्रिका
परिणाम पक्षको जीत
  • जर्मनीको पराजय
  • जापान र इटालीको पराजय
  • संयुक्त राष्ट्रसंघको स्थापना
  • राष्ट्र संघ र सोभियत संघको अन्त्य
युद्धरत
सहयोगी Axis
उच्चाधिकारी तथा नेताहरू
मित्र राष्ट्रका नेताहरू
सोभियत सङ्घ योसेफ स्टालिन
संयुक्त राज्य अमेरिका फ्रन्क्लेन रोजभेल्ट
संयुक्त अधिराज्य विंस्टन चुर्चेल
गणतन्त्र चीन चिआङ काई-शेक
धुरी राष्ट्रका नेताहरू
Nazi Germany एडल्फ हिटलर
Empire of Japan हीरोहीटो
Kingdom of Italy (1861–1946) बेनिटो मुसोलिनि
धनजनको क्षती
सैनिक मृत्यु:
१६,०००,००० भन्दा
साधारण जनता मृत्यु:
४५,०००,००० भन्दा
जम्मा मानिसको मृत्यु:
६१,०००,००० भन्दा (१९३७–४५)
सैनिक मृत्यु:
८,०००,००० भन्दा
साधारण जनता मृत्युु:
४,०००,००० भन्दा
जम्मा मानिसको मृत्यु:
१२,०००,००० भन्दा (1१९३७–४५)

दोस्रो विश्वयुद्ध ‍१९३९ देखि ‍१९४५ सम्म चलेको विश्व-स्तरीय युद्ध थियो । लगभग ७० देशहरूका जल-थल-वायु सेनाहरू यस युद्धमा सम्मलित थिए। यस युद्धमा विश्व दुइ भागमा बाँडिएको थियो - मित्र राष्ट्र र धुरी राष्ट्र। यस युद्धमा लगभग ६ करोड मानिसहरूको ज्यान गयो र यो मानव इतिहासको सबभन्दा घातक युद्ध थियो। युद्धको अंतमा मित्र राष्ट्रहरूको जीत भयो।

शुरूवात[सम्पादन गर्ने]

दोस्रो विश्वयुद्धको शुरुवात सेप्टेम्बर १९३९ मा भयो जुनबेला जर्मनीले पोलैंडमाथि हमला गरयो र त्यसपछि जब अमरीका, फ्रान्स र इंग्ल्याण्डले जर्मनीमाथि हमला गरे ।प्रथम विश्व युद्धमा हारेपछि जर्मनीले वेर्सल्लिएसको संधिमा जबरजस्ती हस्ताक्षर गर्नुपर्यो। यो संधिको कारण उसले आफुले कब्जा गरेको धेरै भूभाग छोड्नुपरयो, अरु देशमाथि आक्रमण नगर्ने शर्त मान्नुपर्यो, आफ्नो सेना-संख्या सीमित गर्नुपरयो र ओरथम विश्वयुद्धमा भएको नोक्सानी भरपाईको रूपमा अरु देशलाई दिनुपरयो। १९१७ मा रूसमा गृह युद्ध भएपछि सोभियत संघको निर्माण भयो र १९२२मा समय इटलीमा बेनेतो मुस्सोलीनीको एकाधिपत्य राज्य कायम भयो।

पृष्ठभूमि[सम्पादन गर्ने]

१९३३ मा जर्मनीको शासक अडोल्फ हिटलर बनियो र चाडैं नै उसले जर्मनीलाई पुनः एक शक्तिशाली सैन्य शक्तिको रूपमा प्रर्दशित गर्न शुरू गर्यो, यसमा फ्रान्स र इङ्गल्याण्ड चिन्तित भए जसले पहिलेको लडाईमा धेरै नोकशानी खपिसकेका थिए।इटली पनि यस कुरामा धेरै दुःखी थियो किनभने इटलीको पनि एउटा शक्तिशाली राष्ट्र बन्ने सपना थियो, यसमा जर्मनीले भाँजो हाल्ने निश्चित थियो। यी सबै कुरालाई मध्य नजर गरी फ्रान्सले इटलीसँग हात मिलाएर उनको कब्जाको इथियोपिया इटलीलाई दिने भयो।१९३५ मा हिटलरले वेर्सल्लिएसको सन्धि तोडेर आफ्नो सेना बढाउनमा लाग्यो।

जर्मनीलाई काबूमा ल्याउन इङ्गल्याण्ड, फ्रान्स र इटलीले स्ट्रेसा नामक सहर ( जुन इटलीमा छ )मा एक घोषणा-पत्रमा हस्ताक्षर गरे जसमा लेखिएको थियो- अस्ट्रियाको स्वतन्त्रता कायम राखियोस् र जर्मनीलाई वेर्सल्लिएसको सन्धि तोडनबाट रोकियोस् । तर स्ट्रेसा घोषणा-पत्र सफल भएन किन भनें यी तीन राष्ट्रहरूमा साधारण सहमती धेरै बुँदाहरूमा भएन | सोही समय सोभियत संघ जुन जर्मनीको पूर्वी यूरोपको ठूलो हिस्साको कब्जा गर्ने इच्छा जानेर धेरै नैं डराएको हुंदा फ्रान्ससित हात मिलाउन पुग्यो।

जर्मन सेना १९३५मा नुरेम्बेर्ग मा[सम्पादन गर्ने]

१९३५ मा इंग्ल्याण्डले वेर्सेल्लिएस संधिलाई समाप्त गर्दै जर्मनीसँग एउटा स्वतन्त्र सम्झौता गरेर केही शर्तहरूलाई कम्ति बनाइदियो।१९३५ अक्टूबरमा इटलीले इथियोपियामाथि आक्रमण गरयो र जर्मनीले यस आक्रमणलाई वैध मान्यो र यता इटलीले जर्मनीको अस्ट्रिया माथि कब्जा गर्ने चाहनालाई स्वीकृति दियो, १९३६ मा जब हिटलरले रयानलैंडमा दोस्रोपल्ट आफ्नो सेनाको गड बनाउने कोशिश गर्यो त्यसमा आपत्ति उठाइएन।सोही साल स्पेनमा गृह युद्धमा जर्मनी र इटलीले त्यहाँका राष्ट्रवादी शक्तिहरूलाई समर्थन गरे जुन सोभियत संघको सहायता प्राप्त स्पेनिश गणराज्यको विरुद्ध थियो नयाँ हतियारहरूको परिक्षणको बीचमा राष्ट्रवादी शक्तिहरूलेले १९३९ मा युद्ध जिते।

जर्मन सेना सन् १९३४ न्युरेम्बर्ग र्यालिमा[सम्पादन गर्ने]

विश्व युद्ध , अथवा द्धितीय विश्व युद्ध यिनीहरू एक वैश्विक सैन्य संघर्ष थियो जसमा, सभी महान शक्तिहरू समेत विश्वको अधिकांश देश शामिल थिए, जुन दुई परस्पर विरोधी सैन्य गठबन्धनहरूमा सँगठित थिए: मित्र राष्ट्र एवं धुरी राष्ट्र । यस युद्धमा १० करोड भन्दा धेरै सेना शामिल थिए, यस कारणले यिनीहरू इतिहासको सबै भन्दा व्यापक युद्ध मानिन्छ।"पूर्ण युद्ध"को अवस्थामा, प्रमुख सहभागिहरूले नागरिक र सैन्य संसाधनहरूको बीचको अंतरलाई समाप्त गरेर युद्ध प्रयासको सेवामा आफ्नो पुरै औद्धोगिक, आर्थिक र वैज्ञानिक क्षमताहरूको लागाई दिए। यसमा सात करोड भन्दा धेरै मानिस मारिएका थिए, जसमध्ये अधिकांश साधारण नागरिक थिए, यसैले यसलाई मानव इतिहासको सबै भन्दा खूनी संघर्ष मानिन्छ।

युद्धको प्रारम्भ साधारण तरिकामा १ सेप्टेम्बर १९३९ मानिन्छ, जर्मनीले पोल्याण्ड माथि आक्रमण गर्न र परिणामस्वरूप ब्रिटिश साम्राज्य र राष्ट्रमंडलको अधिकांश देशहरू र फ्रान्स द्धारा जर्मनी बिरुध्द युद्धको घोषणाको साथ। धेरै देश यस समय भन्दा पहिले नै युद्धरत थिए, अन्य घटनाहरूको परिणामस्वरूप, र धेरै जुन शुरुवातमा शामिल थिएनन् पछिमा युद्धमा शामिल भए। युद्धको कुनै मुख्य घटनाहरू हुन: मार्को पोलो पुल घटना (राष्ट्रवादी चीन र जापानको बीच लडाइयो), अपरेशन बारबोसा (जर्मनी द्धारा सोविअत संघमा आक्रमण)को शुरुवात, र पर्ल हार्बर र ब्रिटिश रडच कोलोनिहरूमा दक्षिण पूर्व एशियामा हमला. १९४५ मा मित्र राष्ट्रहरूको विजयसँग युद्ध समाप्त भयो।सोभियत संघ र संयुक्त राज्य अमेरिका युद्ध पछि विश्वको महाशक्तिहरूको रूपमा अगाडी आए, जसबाट शीत युद्धको पृष्ठभूमि तैयार भयो, जुन अर्को ४५ वर्षसम्म चल्यो। संयुक्त राष्ट्र एउटा अझै अर्को यस्तो संघर्षको रोक्ने आशामा बनाइयो.आत्म निर्णयको स्वीकृतिले एशिया र अफ्रीकामा उपनिवेशवाद बिरोधी आन्दोलनलाई गति प्रदान गर्यो, जबकि पश्चिमी यूरोप स्वयं एकीकरण तिर अघि बढन शुरू भयो।[१]

कारणहरू र परिणामहरू[सम्पादन गर्ने]

कारणहरू
  • भर्सेलिजको सन्धि
  • अधिनायकवादको उदय
  • जापानी साम्राज्यवाद
  • राष्ट्रहरूको गठबन्धन
  • ढाकछोपको निति
  • आर्थिक कष्ट
  • राष्ट्र संघको असफलता
  • युद्धको तयारी
परिमाणहरू
  • अपार धनजनको क्षति
  • बेलायत र फ्रासको स्थितिमा परिवर्तन
  • अमेरिका र रूसको शक्तिमा वृद्धि
  • विश्व दुई गुटमा विभाजित
  • सैनिक गुटबन्दी
  • उपनिवेशवादको अन्त्य
  • साम्यवादको प्रचार
  • संयुक्त राष्ट्रसंघको स्थापना[२]

अन्त्य[सम्पादन गर्ने]

अमेरिकाले जापानको हिरोसिमामा ६ अगष्ट १९४५ मा लिटल ब्वाई(Little Boy) नामक अणु बम खसालेको थियो भने नागासाकीमा ९ अगष्ट १९४५ मा फ्याट मेन(Fat Man) नामक अणु बम खसालेको थियो।जुन अन्त्यको एक कारण बन्न पुग्यो।यस्तै सन् १९४३ सेप्टेम्बरमा इटलीले आत्मसमर्पण गर्यो। र सन् १९४२ मेमा जर्मनीले आत्मसमर्पण गर्यो।अगस्त १४‚ १९४५ मा जापानले आत्मसमर्पण गरेपछि यो युद्ध समाप्त भएको थियो ।

नेपालीको भूमिका[सम्पादन गर्ने]

स्रोत[सम्पादन गर्ने]

  1. http://ecreativecafe.blogspot.com/2013/07/blog-post_22.html?m=1दोस्रो विश्वयुद्ध
  2. विश्वको इतिहास पुस्तकबाट दोस्रो विश्वयुद्ध खण्ड