द आर्चिज (चलचित्र)
| द आर्चिज | |
|---|---|
आधिकारिक प्रदर्शन पोस्टर | |
| निर्देशक | जोया अख्तर |
| लेखक | कथा तथा पटकथा: आयशा देवित्रे ढिल्लोन रीमा कागती जोया अख्तर संवाद: फरहान अख्तर |
| आधारित | पात्रहरू लेखक: आर्ची कमिक्स |
| निर्माता |
|
| मुख्य कलाकार |
|
| छायाङ्कन | निकोस एन्ड्रित्साकिस |
| सम्पादन | नितिन बैद |
| सङ्गीत | गीत: शङ्कर-एहसान-लोय अङ्कुर तेवारी द आइल्यान्डर्स अदिति "डट" सैगल पृष्ठभूमि सङ्गीत: शङ्कर-एहसान-लोय जिम सत्य |
वितरक कम्पनीहरू | |
| वितरक | नेटफ्लिक्स |
प्रदर्शन मिति |
|
अवधि | १४४ मिनेट[१] |
| देश | भारत |
| भाषा | हिन्दी |
| लागत | अनुमान ₹४० करोड[२] |
द आर्चिज जोया अख्तरद्वारा निर्देशित सन् २०२३ को भारतीय हिन्दी भाषाको किशोर साङ्गीतिक चलचित्र हो। उनले टाइगर बेबी फिल्म्स अन्तर्गत रीमा कागतीसँग र ग्राफिक इन्डियाअन्तर्गत शरद देवराजनसँग मिलेर यसको सह–निर्माण गरेकी हुन्। यो चलचित्र सन् १९६० को दशकको एनिमेटेड कार्टुन द आर्ची सो मा देखाइएको काल्पनिक रक ब्यान्ड "द आर्चिज" को लाइभ–एक्सन रूपान्तरण हो, जसका पात्रहरू आर्ची कमिक्सबाट लिइएका हुन्। चलचित्रमा अगस्त्य नन्दा, खुशी कपुर, सुहाना खान, वेदाङ्ग रैना, मिहिर आहुजा, अदिति सैगल र युवराज मेन्दा मुख्य भूमिकामा छन्।
द आर्चिज सन् २०१८ को मार्चदेखि नै विकासको चरणमा रहेको थियो, अख्तर यस चलचित्रको निर्देशक तथा निर्माताका रूपमा संलग्न हुनुभन्दा अघि नै (जसको आधिकारिक घोषणा नोभेम्बर २०२१ मा गरिएको थियो)। व्यापक पूर्व-निर्माण तथा कलाकार छनोट प्रक्रियापछि, द आर्चिज को छायाङ्कन अप्रिलदेखि डिसेम्बर २०२२ सम्म दुई समानान्तर चरणमा ऊटी, मौरिसस र मुम्बईमा गरिएको थियो। चलचित्रको छायाङ्कन निकोस एन्ड्रित्साकिसले गरेका थिए भने, मौलिक सङ्गीत शङ्कर–एहसान–लोय र जिम सत्यले दिएका थिए। शङ्कर–एहसान–लोयले अङ्कुर तेवारी, द आइल्यान्डर्स र सैगलसँग मिलेर गीतहरू पनि रचना गरेका थिए।
द आर्चिज को प्रिमियर २२ नोभेम्बर २०२३ मा भारतको ५४औँ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा भएको थियो र ७ डिसेम्बर २०२३ मा नेटफ्लिक्समा रिलिज भएको थियो, जहाँ यसले समीक्षक तथा दर्शकहरूबाट मिश्रित प्रतिक्रिया प्राप्त गरेको थियो। २०२४ को फिल्मफेयर ओटीटी पुरस्कारमा द आर्चिज ले ५ विधामा मनोनयन प्राप्त गरेको थियो र २ वटा पुरस्कार जितेको थियो, जसमा वेब ओरिजिनल चलचित्रमा सर्वश्रेष्ठ पुरुष पदार्पण (रैनाका लागि) पनि समावेश थियो।
सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ "The Archies (12)", British Board of Film Classification, ८ डिसेम्बर २०२३, मूलबाट ११ डिसेम्बर २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ डिसेम्बर २०२३।
- ↑ "Netflix collaborates with close to a dozen large brands for The Archies", Economic Times, ६ डिसेम्बर २०२३, मूलबाट ७ डिसेम्बर २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ डिसेम्बर २०२३, "The Archies movie, made on an estimated budget of Rs 40 crore, is based on the American comic book series by the same name."