द टिम्बर कर्पाेरेशन अफ नेपाल लिमिटेड

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

वन व्यवस्थापनबाट प्राप्त हुने काठ दाउरा ब्यवस्थित रूपले कटान संकलन र चिरान समेत गरी सर्बसाधारण जनता, सङ्घ संस्था, उद्योग ब्यवसाय र नेपाल सरकारद्वारा सञ्चालित योजना परियोजनाहरूलाई सुपथ मूल्यमा सरल तरिकाले काठ दाउरा आपूर्ति गर्न २०११ सालमा स्थापना भएको सःमिल परियोजनालाई तत्काल प्रचलित कम्पनी कानुन अन्तरगत द टिम्बर कर्पोरेसन अफ नेपाल लिमिटेड पूर्ण सरकारी स्वामित्वको संस्थाको रूपमा गठन भएको र सरकारको नीति निर्देशन र निर्णयका आधारमा हालसम्म काठ दाउरा संकलन र बिक्री बितरणको कार्य गर्दै आएको छ। अधिकृत पूंजि १००००००००।- दश करोड भएको यस कर्पोरेसन तराई भित्री मधेश र पहाड गरी ३३ जिल्लामा कार्य गरी आएको छ कर्पोरेसनको केन्द्रीय कार्यालय काठमाडौंमा रहेको छ भने जिल्लामा ५ वटा शाखा कार्यालय, १६ वटा बिक्री डिपो, ३९ वटा लगिङ्ग क्याम्प, ६ वटा सःमील, १ वटा पोल टि्रटमेन्ट प्लान्ट र १ चिरान काठ सिजनिङ तथा टिटमेन्ट प्लान्ट सञ्चालनमा रहेको छ। कर्पोरेसनमा जम्मा २४७ जना कर्मचारीहरू रहेको सांगठनीक संरचना छ।[१]

लक्ष्य[सम्पादन गर्ने]

वन व्यवस्थापनवाट प्राप्त हुने काठ दाउरा र काठजन्य वन पैदावारको व्यवस्थित संकलन सदुपयोग र विक्री वितरण गरी दिगो वन विकास र गरिवी न्युनिकरणमा टेवा पुर्‍याउने।[१]

उद्देश्य[सम्पादन गर्ने]

  • क) वन व्यवस्थापनबाट प्राप्त हुने काठ दाउरा कटान/संकलन गरी गोलिया बलाबल्ली र चिरान काठ पारदर्शि एवं प्रतिस्पर्धात्मक तबरले सर्बसाधारण सङ्घ संस्था उद्योग ब्यवसाय सरकारी योजना परियोजनालाई सहज र सरल आपूर्तिको व्यवस्था मिलाउने।
  • ख) नेपाल सरकारका तर्फबाट सर्बसाधारण विकास निर्माण धार्मिक एवं सामाजिक क्षेत्रलाई उपलब्ध गराउन पर्ने काठ दाउराको सहज र सरल आपूर्ति गर्ने ।
  • ग) काठ दाउराको खपतलाई न्यून गर्न काठको बढी टिकाउ हुने गरी सदुपयोग गर्न र काठ जन्य सहपदार्थबाट बैकल्पिक उर्जा गोल बृकेटको प्रबद्र्धन गर्ने।
  • घ) काठजन्य वन पैदावारको उपयोगमा विविधिकरण गरी मूल्य अभिबृद्धि समेत गर्दै आत्मनिर्भरता बढाउने।[१]

प्रमुख कार्य[सम्पादन गर्ने]

वन व्यवस्थानबाट प्राप्त हुने काठ दाउरा ब्यवस्थित संकलन गरी संकलीत काठ चिरान समेत गरी नेपाल सरकारको तर्फबाट सर्बसाधारण दैवीप्रकोप पिडित परिवार कृषि औजार दाहसंस्कार लगायतलाई निश्चित मूल्यमा औद्योगिक तथा ब्यापारिक प्रयोजनको लागि सरल तथा सर्वसूलभ आपूर्तिको ब्यावस्था मिलाउने।[१]

कार्यक्षेत्र[सम्पादन गर्ने]

कर्पोरेसनले तराई भित्री मधेश तथा पहाडी जिल्ला गरी ३३ जिल्ला निम्नानुसारमा कार्य गरि रहेको छ। टिम्वर कर्पोरेसनले काठ दाउरा संकलन र आपूर्ति गर्ने जिल्लाहरू

  1. ईलाम
  2. रुपन्देही
  3. झापा
  4. कपिलवस्तु
  5. मोरङ
  6. पाल्पा
  7. सुनसरी
  8. अर्घाखाँची
  9. उदयपुर
  10. कस्की
  11. सिराहा
  12. दाङ
  13. सप्तरी
  14. बाँके
  15. धनुषा
  16. बर्दिया
  17. सिन्धुली
  18. सुर्खेत
  19. सुर्खेत
  20. कैलाली
  21. रौतहट
  22. कञ्चनपुर
  23. बारा
  24. डोटी
  25. पर्सा
  26. काठमाडौं
  27. मकवानपुर
  28. भक्तपुर
  29. चितवन
  30. ललितपुर
  31. तनहुँ
  32. डडेलधुरा
  33. नवलपरासी

काठ दाउराको आपूर्ति मात्र हुने काठ दाउरा विक्री डिपो रहने स्थलहरू

  1. विर्तामोड
  2. पोखरा
  3. विराटनगर
  4. नेपालगञ्ज
  5. राजविराज
  6. धनगढी
  7. लहान
  8. महेन्द्रनगर
  9. जनकपुर
  10. डोटी
  11. वीरगञ्ज
  12. वालकुमारी ललितपुर
  13. हेटौडा
  14. काठमाडौं
  15. भरतपुर
  16. भक्तपुर
  17. बुटवल
  18. पशुपति वनकाली
  19. भैरहवा

स-मिल सञ्चालन केन्द्रहरू

  1. भद्रपुर झापा झिलझिले
  2. भरतपुर - चितवन
  3. मंगलवारे मोरङ्ग
  4. डण्डा - नवलपरासी
  5. सप्तरी
  6. ताराताल - वर्दिया
  7. वीरगञ्ज पर्सा
  8. मझगाउँ
  9. हेटौडा- मकवानपुर

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]