सामग्रीमा जानुहोस्

द बेला ट्विन्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
द बेला ट्विन्स
सन् २०१५ को रेसलमेनिया ३१ मा द बेला ट्विन्स, निकी (बायाँ) र ब्रि (दायाँ)
ट्याग टिम
सदस्यहरूब्रि बेला
निकी बेला
नामद बेला ट्विन्स[]
उचाइ फिट ६ इन्च (१.६८ मी)[][]
प्रशिक्षण केन्द्रसान डिएगो, क्यालिफोर्निया[]
स्कट्सडेल, एरिजोना[]
पर्दापण१५ सेप्टेम्बर, २००७[]
सक्रिय वर्षसन् २००७–२०१८
सन् २०२६–हाल[]

द बेला ट्विन्स (अङ्ग्रेजी: The Bella Twins) जुम्ल्याहा दिदीबहिनी ब्रि बेलानिकी बेलाको एक व्यावसायिक कुस्ती टोली हो। द बेला ट्विन्स डब्ल्युडब्ल्युईसँग आबद्ध छन् भने उनीहरूले हाल डब्ल्युडब्ल्युई र ब्रान्ड अन्तर्गत व्यावसायिक कुस्ती खेल्ने गर्दछन्। कम्पनीसँगको आफ्नो पहिलो खेलजीवनमा उनीहरू पूर्व डिभास विजेता हुन्। ब्रि बेलाले यस उपाधि निकीले भन्दा अगाडि जितेकी थिइन् भने त्यसपछि निकीले यसलाई दुई पटक जितेकी थिइन्। हाल निष्क्रिय रहेको यस उपाधिकी पूर्व विजेता निकीले यस उपाधि आफूसँग ३०१ दिनसम्म कायम राखी सर्वाधिक लामो समयसम्म उपाधि यथावत् राख्ने प्रथम महिला खेलाडी बनेकी थिइन्।

बेला ट्विन्सले सन् २००७ मा डब्ल्युडब्ल्युईसँग सम्झौता गरेपछि उनीहरूलाई यस कम्पनीको विकासशील क्षेत्र, फ्लोरिडा च्याम्पियनसिप रेस्लिङमा पठाइएको थियो। सर्वप्रथम ब्रिलाई सन् २००८ मा डब्ल्युडब्ल्युईको मुख्य प्रदर्शन केन्द्रमा बोलाइएको थियो भने सुरुवाती प्रदर्शनहरूमा उनले खेलहरू जित्नको लागि गोप्य रूपमा आफ्नी बहिनीसँग ठाउँ साटासाट गर्ने गर्थिन्। केही हप्ता पछि निकी उनको जुम्ल्याहा दिदीको रूपमा खुलासा भएकी थिइन्। अर्को केही वर्षहरूमा उनीहरूले ट्याग टिमको रूपमा र व्यक्तिगत रूपमा पनि कम्पनीसँग काम गरेका थिए। सन् २०१२ मा कम्पनी छोड्नु अघि दुवै दिदीबहिनीले एक-एक पटक डब्ल्युडब्ल्युई डिभास विजेता बनेका थिए। उनीहरू सन् २०१३ मा कम्पनीमा पुन: फर्किएका थिए भने उनीहरूको आफ्नै व्यक्तिगत कार्यक्रम टोटल बेलाज सुरु हुनु अघि वास्तविक कार्यक्रम टोटल डिभाज मा देखिएका थिए। उनीहरूलाई सन् २०२१ को डब्ल्युडब्ल्युई हल अफ फेममा एक टोलीको रूपमा समावेश गरिएको थियो। पछिल्ला केही वर्षहरूमा यी जुम्ल्याहा दिदीबहिनीले डब्ल्युडब्ल्युईमा कहिलेकाहीँ मात्र उपस्थिति जनाएको भएतापनि सन् २०२३ मा उनीहरूको सम्झौता समाप्त नभएसम्म कम्पनीको दूतको रूपमा काम गरेका थिए। त्यसपछि, उनीहरूले "बेला" नाम त्याग गरी आफ्नो जन्मजात थर अनुसार "द गार्सिया ट्विन्स" को रूपमा आफूलाई पुन: चिनाएका थिए। यद्यपि सन् २०२५ मा निकी र सन् २०२६ को रोयल रम्बलमा ब्रिको डब्ल्युडब्ल्युईमा पुनरागमनसँगै "बेला" नामलाई पुन: ब्युँताइएको थियो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. 1 2 3 Kreikenbohm, Philip (सेप्टेम्बर १५, २००७), "Bella Twins", Cagematch – The Internet Wrestling Database, मूलबाट जुन १६, २०२४-मा सङ्ग्रहित। अभिलेखिकरण जुन १६, २०२४ वेब्याक मेसिन
  2. "Brie Bella", WWE, सेप्टेम्बर ५, २०२५, मूलबाट सेप्टेम्बर ५, २०२५-मा सङ्ग्रहित।
  3. "Nikki Bella", WWE, सेप्टेम्बर १०, २०२५, मूलबाट सेप्टेम्बर १०, २०२५-मा सङ्ग्रहित।
  4. "Nicole and Brianna Garcia (f.k.a. The Bella Twins)", Wizard Entertainment, मूलबाट जुन १९, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन १९, २०१५
  5. "Brie Bella", WWE, अप्रिल ६, २०१६, मूलबाट अप्रिल ६, २०१६-मा सङ्ग्रहित।

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]