धन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

धन अर्थ शब्दको पर्यायवाची हो । धनले नगद, जिन्सी र अन्य सम्पत्तिलाई बुझाउंछ । अर्थशास्त्रमा धन शब्दको विशेष अर्थममा प्रयोग गरिन्छ । कुनै वस्तु धन हुन त्यसमा निम्नलिखित तीन गुण हुनु पर्दछ–

  • १. उपयोगिता
  • २. दुर्लभता
  • ३. हस्तान्तरीयता

१. उपयोगिता[सम्पादन गर्नुहोस्]

त्यो वस्तु मात्र धन हुनसक्छ जसमा मानवीय आवश्यकता सन्तुष्ट गर्ने क्षमता हुन्छ । जुन वस्तुले मानवीय आवश्यकता सन्तुष्ट गर्दैन त्यो धन हुन सक्दैन । त्यसेले उपयोगिता (युटिलिटि) धनको पहिलो गुण हो ।

२. दुर्लभता[सम्पादन गर्नुहोस्]

अर्थशास्त्रमा दुर्लभता वा सीमितता शब्दको प्रयोग रबन्सिले गरेका हुन् । यस अनुसार कुनै वस्तु थोरै छ धन्दैमा त्यसलाई दुर्लभ (सीमित) भनिंदैन । जुन वस्तुको पूर्ति मागको तुलनामा कम हुन्छ त्यो हरेक वस्ुत दुर्लभ हुनजान्छ । रबिन्सले अण्डको उदाहरण दिंदै भनेका छन्– बिक्रीका लागि राखिएका अण्डामध्ये असल अण्डा धेरै हुन्छन् र बिग्रेका अण्डा थोरै हुन्छन् । तर असल अण्डालाई नै दुर्लभ भनिन्छ र बिग्रेका अण्डालाई दुर्लभ भनिंदैन। किनभने बिग्रेका अण्डाको माग नै हुंदैन ।

३. हस्तान्तरीयता[सम्पादन गर्नुहोस्]

उपयोगिता र दुर्लभ भइकन पनि यदि हस्तान्तरीयताको गुण छैन भने त्यसलाई धन भन्न सकिंदैन । उदाहरणका लागि कुनै व्यक्तिको सीप उपयोगी हुन्छ, दुर्लभ हुन्छ, तर त्यसलाई किनबेच गर्न सकिंदैन । त्यसैले गायकको गायनकला, डाक्टरको रोगी जांचने कला, शिक्षकको पढाउने कला धन हुंदैनन् , तर यी सेवा भने धन हुन्छन् । किनभने धन हस्तान्तरीय हुन्छन् ।

"https://ne.wikipedia.org/w/index.php?title=धन&oldid=540177" बाट अनुप्रेषित