धर्मराज वि.क

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search



धर्मराज विक सुदूर पश्चिमको विकट पहाडी जिल्ला बझाङ जिल्लाका संविधान सभामा नेकपा माओवादीका तर्फबाट दलित वर्गको प्रतिनिधि हुन् । 'अर्जुन' उपनाम चिनिने विश्वकर्मा पार्टीले निम्न वर्ग, सबै जनजाति र दलितका लागि गर्ने सम्मानका कारण आफू संविधान सभामा विजयी भएको बताउनुहुन्छ। पेशागतरूपमा फलामको भाडाकुँडा बनाउने धर्मराज आफू गरीब परिवारको भएको बताउनुहुन्छ।[स्रोत नखुलेको]

बझाङ सदरमुकामबाट ५ घ४८टा पैदल दुरीको लेकगाउ" -७ ल्वाडामा जन्मेका विकले स्तानक तहसम्मको अध्ययन गर्नुभएको छ। गाउकै प्रस्तावित निम्न माध्यमिक विद्यालयले दलित भएकै कारण शिक्षक हुनबाट वञ्चित गरेपछि आफूलाई राजनीतिले तानेको बताउने बिककी श्रीमती पनि माओवादीको बझाङ जिल्ला सदस्य हुनुहुन्छ। जनवादी विहे गरका विकका एक दाजु र एक भाइ रहेका छन्।

२०४८ सालमा नेकपा माले, त्यसपछि नेकपा एमालेको विद्यार्थी सङ्गठन हुदै २०५६ सालमा विक माओवादीको विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीमा प्रवेश गर्नुभएको थियो। २०५८ साल देखि भूमितगत भएका बिक, दलित मुक्तिमोर्चो बझाङको पहलिो अध्यक्ष पनि हुनुहुन्छ।

२०६० सालमा माओवादीको जिल्ला सदस्य तथा सचिव हुदै २०६१ साल देखि उहाँ सेती महाकाली राज्य समितिका सदय पनि हुनुहुन्छ। २०३४ चैत २० गते जन्मेका धर्मराजले दलित मुक्ती र श्रमिक वर्गको पक्षमा संविधानसभामा आवाज उठाउनुहुनेछ। [१]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]