सामग्रीमा जानुहोस्

धवलागिरि हिमशृङ्खला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
धवलागिरि हिमशृङ्खला
सर्वोच्च बिन्दु
चुचुरोधवलागिरि
शिखर८,१६७ मी (२६,७९५ फिट)
आयामहरू
लम्बाइ५० किमी (३१ माइल)
चौडाइ१५ किमी (९.३ माइल)
भूगोल
हिमालयका ७,५०० मी (२४,६०० फिट) भन्दा अग्ला प्रमुख चुचुरोहरू (हिमालहरू मात्र होइन), केवल हिमालयभित्रको वरियता (विश्वको होइन)।[१]
सङ्केत सूचक
देश
नेपाल
प्रदेश
गण्डकी प्रदेश

धवलागिरी हिमशृङ्खला नेपालको कालीगण्डकी देखि पश्चिममा भेरी नदीसम्म १२० किमी (७५ माइल) सम्म फैलिएको छ। यो हिमशृङ्खला उत्तर र दक्षिण-पश्चिममा भेरी नदीका सहायक नदीहरू र दक्षिण-पूर्वमा म्याग्दी खोलाद्वारा घेरिएको छ। यो शृङ्खला अन्नपूर्ण हिमालबाट ६५ किमी (४० माइल) उत्तर-पश्चिममा नेपालको म्याग्दी जिल्लामा अवस्थित छ।[२]

भूगोल

[सम्पादन]

५,३५५ मिटर अग्लो फ्रेन्च पासको ठीक पूर्वमा एक्लै उभिएको धवलागिरि प्रथमबाट यसको नामकरण गरिए तापनि, बाँकी धवलागिरि हिमशृङ्खला आफैँमा एक पूर्ण रूपमा स्वतन्त्र हिमशृङ्खला हो। यसको दोस्रो अग्लो शिखर, धवलागिरि द्वितीय, पृथ्वीको ३०औँ अग्लो हिमाल हो। नामकरण गरिएका अधिकांश ७,००० मिटरभन्दा अग्ला चुचुराहरू पश्चिम-उत्तर-पश्चिम तर्फ फैलिएको हिमशृङ्खलामा अवस्थित छन्।[३] क्रम अनुसार ती धवलागिरि द्वितीय, तृतीय, पाँचौँ, चौथो, जङ्क्सन पिक, चुरेन पूर्व, मध्य र पश्चिम, पुथा हिउँचुली र हिउँचुली पाटन हुन्। फल्स जङ्क्सन पिक, धवलागिरि ६ र गुर्जा हिमाल जङ्क्सन पिकबाट दक्षिणतर्फ फैलिएको हिमशृङ्खलामा अवस्थित छन्।[४] ब्रिटिस अल्पाइन क्लबको[५] हिमालयन इन्डेक्सले ६,००० मिटरभन्दा अग्ला थप ३७ वटा चुचुराहरू सूचीबद्ध गरेको छ।[६]

चुरेन र पुथा हिउँचुलीको बिचमा पर्ने मुख्य हिमशृङ्खलाको उत्तरतर्फ ६,१८२ मिटर अग्लो पोटा हिमाल (फिनम्याप पाना २८८३-०१ "छेधुल गुम्बा") अवस्थित छ। पोटा हिमाललाई काठमाडौँमा आधारित प्रतिष्ठित पर्वतारोहण विवरणकार तथा पत्रकार इलिजाबेथ हलीको सम्मानमा अनौपचारिक रूपमा पिक हली नामकरण गरिएको छ।

भेरी नदीको नजिकै रहेको पश्चिमी छेउको हिउँचुली पाटनलाई स्थानीय रूपमा सिस्ने वा मुर्काट्टा हिमाल भनिन्छ। यो वि.सं २०५२ देखि २०६२ सम्म भएको माओवादी जनयुद्धका क्रममा रूकुम र रोल्पा जिल्लामा आधारित विद्रोहीहरूका लागि एक ऐतिहासिक पहिचानको रूपमा रहेको थियो।

चुचुराहरू

[सम्पादन]
जिरबाङ, मनापाथी, धवलागिरी प्रथम, टुकुचे हिमाल र धवलागिरी द्वितीय हिमालहरू
हिमाल उचाइ (मि) उचाइ (फिट) निर्देशाङ्क सापेक्षिक उचाइ (मि) प्रथम आरोहण
धवलागिरि प्रथम ८,१६७ २६,७९५ २८°४१′५४″ उत्तर ८३°२९′१५″ पूर्व / २८.६९८३३° उत्तर ८३.४८७५०° पूर्व / 28.69833; 83.48750 ३,३५७ १९६०
धवलागिरि द्वितीय ७,७५१ २५,४३० २८°४५′५०″ उत्तर ८३°२३′१५″ पूर्व / २८.७६३८९° उत्तर ८३.३८७५०° पूर्व / 28.76389; 83.38750 (Dhaulagiri II) २,३९१ १९७१
धवलागिरि तृतीय ७,७१५ २५,३११ २८°४५′१७″ उत्तर ८३°२२′३७″ पूर्व / २८.७५४७२° उत्तर ८३.३७६९४° पूर्व / 28.75472; 83.37694 (Dhaulagiri III) १३५ १९७३
धवलागिरि चौथो ७,६६१ २५,१३५ २८°४४′१२″ उत्तर ८३°१८′५२″ पूर्व / २८.७३६६७° उत्तर ८३.३१४४४° पूर्व / 28.73667; 83.31444 (Dhaulagiri IV) ४६९ १९६९
धवलागिरि पाँचौँ ७,६१८ २४,९९२ २८°४४′०५″ उत्तर ८३°२१′४१″ पूर्व / २८.७३४७२° उत्तर ८३.३६१३९° पूर्व / 28.73472; 83.36139 (Dhaulagiri V) ३४० १९७५
चुरेन हिमाल ७,३८५ २४,२२९ २८°४४′०६″ उत्तर ८३°१२′५८″ पूर्व / २८.७३५००° उत्तर ८३.२१६११° पूर्व / 28.73500; 83.21611 (Churen Himal (Main)) ६०० १९७०
चुरेन हिमाल (पूर्व) ७,३७१ २४,१८३ २८°४४′३३″ उत्तर ८३°१३′५१″ पूर्व / २८.७४२५०° उत्तर ८३.२३०८३° पूर्व / 28.74250; 83.23083 (Churen Himal (East)) १५० १९७०
चुरेन हिमाल (पश्चिम) ७,३७१ २४,१८३ २८°४३′५५″ उत्तर ८३°१२′४५″ पूर्व / २८.७३१९४° उत्तर ८३.२१२५०° पूर्व / 28.73194; 83.21250 (Churen Himal (West)) ७० १९७०
धवलागिरी छैटौँ ७,२६८ २३,८४५ २८°४२′३०″ उत्तर ८३°१६′३२″ पूर्व / २८.७०८३३° उत्तर ८३.२७५५६° पूर्व / 28.70833; 83.27556 (Dhaulagiri VI) ४५३ १९७०
पुथा हिउँचुली (धवलागिरी सातौँ) ७,२४६ २३,७७३ २८°४४′५०″ उत्तर ८३°०८′५५″ पूर्व / २८.७४७२२° उत्तर ८३.१४८६१° पूर्व / 28.74722; 83.14861 (Putha Hiunchuli) १,१५१ १९५४
गुर्जा हिमाल ७,१९३ २३,५९९ २८°४०′२६″ उत्तर ८३°१६′३७″ पूर्व / २८.६७३८९° उत्तर ८३.२७६९४° पूर्व / 28.67389; 83.27694 (Gurja Himal) ५०० १९६९
फल्स जङ्क्सन पिक ७,१५० २३,४५८ २८°४३′००″ उत्तर ८३°१६′३८″ पूर्व / २८.७१६६७° उत्तर ८३.२७७२२° पूर्व / 28.71667; 83.27722 (False Junction Peak) ४०० १९७०
जङ्क्सन पिक ७,१०८ २३,३२० २८°४३′१९″ उत्तर ८३°१६′३८″ पूर्व / २८.७२१९४° उत्तर ८३.२७७२२° पूर्व / 28.72194; 83.27722 (Junction Peak) २० १९७२
पिक हली ६,१८२ २०,२८२ २८°४६′३३″ उत्तर ८३°११′४५″ पूर्व / २८.७७५८३° उत्तर ८३.१९५८३° पूर्व / 28.77583; 83.19583 (Peak Hawley) ३५० २००८
हिउँचुली पाटन ५,९११ १९,१८५ २८°४९′३९″ उत्तर ८२°३७′१″ पूर्व / २८.८२७५०° उत्तर ८२.६१६९४° पूर्व / 28.82750; 82.61694 (Hiunchuli Patan) १,३१० २०१३

† ५०० मिटर (१,६४० फिट) भन्दा बढी सापेक्षिक उचाइ भएका ७,२०० मिटरभन्दा अग्ला चुचुराहरूलाई मात्र वरियतामा राखिएको छ।

‡ चुरेन हिमालका तीन चुचुराहरूको स्थिति स्पष्ट छैन र स्रोतहरू अनुसार तिनीहरूको उचाइ फरक-फरक पाइन्छ।[७][८][९] माथि दिइएका निर्देशाङ्क, उचाइ र प्रमिनन्सका मानहरू फिनम्यापबाट लिइएका हुन्।[९] प्रथम आरोहणको विवरण निटबाट लिइएको हो,[७] तर चुरेन हिमाल पूर्वको पहिलो आरोहण वास्तवमा तीनवटा मध्ये सबैभन्दा अग्लो चुचुरोको थियो कि थिएन भन्ने स्पष्ट छैन, किनकि निटले चुरेन हिमाल मध्यलाई चुरेन हिमाल पूर्वको ७,३२० मिटरको उप-चुचुरोको रूपमा सूचीबद्ध गरेका छन्।


सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "Peak Bagger:Himalaya, Central Nepal Himalaya, Khumbu, Ghurka Himal, Annapurna Himal, Xishapangma Area, Sikkim-Eastern Nepal Himalaya, Western Nepal Himalaya, Assam Himalaya, Punjab Himalaya, Bhutan Himalaya, Garwhal Himalaya, Ganesh Himal", अन्तिम पहुँच २२ अक्टोबर २०२४।
  2. ↑ Elite Explorer, "Dhaulagiri", elitexplorer.com, मूलबाट २४ जनवरी २०२५-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ अगस्ट २०२६।
  3. ↑ उद्दरण त्रुटी: अवैध <ref>चिनो; "wikimapia" नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  4. ↑ उद्दरण त्रुटी: अवैध <ref>चिनो; "aj_1971" नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  5. ↑ "The Alpine Club", अन्तिम पहुँच २१ अप्रिल २०११।
  6. ↑ "Himalayan Index", U.K. Alpine Club, मूलबाट २२ जुन २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ अप्रिल २०११। अभिलेखिकरण २२ जुन २०१४ वेब्याक मेसिन
  7. 1 2 Neate "High Asia"
  8. ↑ उद्दरण त्रुटी: अवैध <ref>चिनो; "aaj_1985" नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  9. 1 2 Finnmap (topographic map) of Dhaulagiri Himal