धवलागिरि हिमाल
| धौलागिरि | |
|---|---|
![]() | |
| सर्वोच्च बिन्दु | |
| शिखर | ८,१६७ मी (२६,७९५ फिट) सातौँ स्थान |
| प्रमुखता | ३,३५७ मी (११,०१४ फिट)[१] ५५ औँ स्थान |
| मूल चुचुरो | के२ |
| सूचीकरण | आठ-हजारी Ultra |
| भूगोल | |
| अवस्थिति | |
क्षेत्र/विभाग | NP |
| मूल शृङ्खला | धौलागिरी हिमाल |
| आरोहण | |
| प्रथम आरोहण | मे १३, १९६० मा स्विस/अस्ट्रियाका दलद्वारा |
| सबभन्दा सजिलो मार्ग | उत्तर-पूर्वी चट्टानी बाटो |
धौलागिरि (वा धवलागिरि) संसारकै सातौँ अग्लो हिमाल हो। यो धौलागिरि हिमशृङ्खलाको पूर्वी छेउमा रहेको छ, जुन नेपाली हिमालयको मध्य भागतिर पर्छ। यो पोखराको उत्तरपश्चिममा अवस्थित छ। यसको पूर्वमा काली गण्डकीको गहिरो गल्छीको अर्कोपट्टि अन्नपूर्ण हिमाल पर्छ, तीमध्ये अन्नपूर्ण प्रथम ८००० मिटरभन्दा अग्लो छ। धौलागिरिको शाब्दिक अर्थ "सेतो पहाड" हुन्छ।
उल्लेखनीय आकृति
[सम्पादन गर्नुहोस्]सन् १८०८मा पश्चिमाहरूले पत्ता लगाएपछि धौलागिरिलाई ३० वर्षसम्म संसारकै अग्लो पर्वतका रूपमा लिइन्थ्यो तर कञ्चनजङ्घा पत्ता लागेपछि त्यो नै सर्वोच्च शिखर मान्न थालियो। स्थानीय भूधरातलमा भएको अग्लाइको आधारमा धौलागिरिजस्तो अर्को हिमाल संसारमा कुनै छैन। उदाहरणको लागि, यो दक्षिणपूर्वमा ३० किमिको तेर्सो दूरीमा कालीगण्डकीको गल्छीदेखि ७००० मिटरमाथि उठेको छ। धौलागिरि र अन्नपूर्णजस्ता दुई आठ-हजारी हिमाल नदी नजिकै गल्छी वारिपारि रहेकोले कालीगण्डकी गल्छीलाई अनौठो गल्छीको रूपमा लिइन्छ।
चित्रदीर्घा
[सम्पादन गर्नुहोस्]- धौलागिरी हिमाल
- धौलागिरी हिमालको एक दृश्य।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Greg Slayden, "Dhaulāgiri, Nepal", Peakbagger.com Peak Lists।
