सामग्रीमा जानुहोस्

धितो ऋण

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

धितो ऋण वा बन्धक भन्नाले जग्गा-जमिन वा भवनलाई सुरक्षणको रुपमा प्रयोग गरी लिएको ऋणलाई जनाउँछ । धितो उत्पत्ति भनेर चिनिने प्रक्रियामार्फत ऋण लिनेको सम्पत्तिमा ऋण "सुरक्षित" हुन्छ। धितोको रुपमा प्रयोग गरिने यस्ता सम्पत्ति व्यक्तिहरको आवासिय भवनहरू वा व्यवसायिक भवन्हरू हुन सक्छन् । जस्तै उदाहरणको लागि, यदि घर निर्माणको लागि बाणिज्य बैंकबाट कर्जा लिँदा बैंकले भवन र सम्बन्धित जमिनलाई सुरक्षणको रुपमा प्रयोग गर्दछ भने, यस उदाहरणमा भवन तथा जग्गालाई धितो भनिन्छ । ऋणी अथवा सम्पत्तिको मालिकलाई बन्धककर्ता भनिन्छ र ऋणदातालाई बन्धकग्राही भनिन्छ । बन्धककर्ताले ऋण चुक्ता गर्न नसके बन्धकग्राहीले सुरक्षणका रुपमा प्रयोग गरेको धितोलाई आफ्नो नियन्त्रणमा लिई ऋण चुक्ता गर्न उपभोग गर्छ । सामान्यतय यस्तो ऋण ऋणीको ख्यातिर सुरक्षाणका रुपमा प्रयोग गरिएको सम्पत्तिको मूल्याङ्कनको आधारमा हुन्छ । तर कतिपय सन्दर्भमा ऋणलाई सुरक्षित गर्न ऋणदाताले धितो बीमा समेत माग गर्न सक्छ । धितो बीमाको लागत भने ऋणीले नै भुक्तानी गर्नुपर्छ ।[]

भुक्तानीको प्रकार

[सम्पादन गर्नुहोस्]

अमर्त्यकरण भन्नाले ऋणको मासिक किस्ता रकमलाई बुझिन्छ, जसमा सम्झौता बमोजिम ब्याजको भुक्तानी र आंशिक सावाँ भुक्तानी दुबै समाबेश हुन्छ । भुक्तानीको प्रकारको आधारमा ऋणलाई पूर्ण अमर्त्यकरण ऋण र ब्याज मात्र भुक्तानी ऋणमा बर्गीकरण गर्न सकिन्छ ।

पूर्ण अमर्त्यकरण ऋण

[सम्पादन गर्नुहोस्]

यसमा समान मासिक किस्ता (Equal Monthly Installment-EMI) गणना गरिन्छ र ऋणीले ऋण अवधि भरि हरेक EMI बराबरको रकम भुक्तानी गर्नुपर्ने हुन्छ । EMI लाई मासिक धितो ऋण भुक्तानी(Monthly Mortgage payment-MP) पनि भनिन्छ जुन निम्नानुसार गणना गरिन्छ ।

where:

  • मासिक किस्ता
  • सावाँ ऋण
  • ब्याजदर , मासिक किस्ताको लागी वार्षिक किस्ता/ १२
  • कर्जाको महिनाको संख्या

ब्याज मात्र भुक्तानी ऋण

[सम्पादन गर्नुहोस्]

यस्तो ऋणमा शुरुको केही निश्चित वर्षसम्म केवल ब्याज भुक्तानी गरिन्छ । ब्याज मात्र भुक्तानी गरिने उक्त अवधिलाई लक आउट अवधि (Lockout Period) भनिन्छ । यस अवधिको अन्त पछिऋण पूनर्मूल्याङ्कन गरिन्छ र परिपक्व हुन बाँकी अवधिका लागी मासिक किस्ता(EMI) गणना गरी भुक्तानी गरिन्छ । उदाहरणको लागि: मानौ तपाईंंले १५ वर्षको लागिब्याज मात्र भुक्तानी ऋण लिनु भएको छ र लक आउट पिरियड ३ वर्ष्सम्म केबल ब्याज मात्र भुक्तानी गर्नुपर्दछ । तेस्रो बर्षको समापन पछि बाँकी १२ वर्ष सम्म ऋण पूर्ण चुक्ता हुने गरी EMI भुक्तानी गर्नुपर्छ ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. वित्तीय बजार तथा संस्थाका आधारभूत सिद्धान्तहरू Foundations of Financial Markets & Institutions, Asmita Books Publishers & Distribution, २०७३ BS, पृ: 355, आइएसबिएन 978-9937-687-15-7