धिरागू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
धिवेही राजेजी गूलहन, पिएलसी (धिरागू)
मौलिक नाम
ދިރާގު
व्यवसाय प्रकार
सार्वजनिक
४१.८% माल्दिभ्स सरकारको स्वामित्वमा, ६२% बाटेल्कोको स्वामित्वमा र ६.२% सार्वजनिक स्वामित्वमा
उद्योगदूरसञ्चार
स्थापितअक्टोबर १, १९८८ – माल्दिभ्स सरकारकेबल एण्ड वायरलेस सञ्चारको संयुक्त उद्धम
केन्द्रीय कार्यालयमाले, माल्दिभ्स (प्रधान कार्यलय)
मुख्य व्यक्ति
श्री इमाइल रशिद – (कार्यकारी अधिकृत)
उत्पादनहरूटेलिफोन
निश्चित ब्रोडब्याण्ड
मोबाइल टेलिफोनी
मोबाइल ब्रोडब्याण्ड
राजश्व६९८ मिलियन – २०१७ [१]
कर्मचारी सङ्ख्या
४३०+ पूर्ण समय
मूल सङ्गठनबाटेल्को विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
वेबसाइटधिरागू.कम.एमवी

धिरागू (धिवेही: ދިރާގު) सन् १९८८ मा स्थापित माल्दिभ्सको पहिलो तथा प्रमुख दूरसञ्चार कम्पनी हो।[२]

धिरागूको, धिवेही राजेजी गूलहनको छोटो रूप हो। (धिवेही: ދިވެހިރާއްޖޭގެ ގުޅުން) – नेपालीमा अर्थ: माल्दिभ्सको जडान)

धिरागूले पानी माथी संसारको सबैभन्दा लामो मध्ये एक सूक्ष्मतरङ्ग सञ्चारण कायम राखेको छ। यो ६५ किलोमिटर लामो तरङ्गले भूमध्यरेखा हुँदै फुभामुलाह देखि गाफू धालूलाई जोड्दछ जसले गर्दा गाफू अलिफू पनि यसै तरङ्ग मार्फत जोडिन्छ।

इतिहास[सम्पादन गर्नुहोस्]

धिरागूको एक कार्यलय, बायाँको केबल एण्ड वायरलेस सञ्चारको झण्डा र बायाँको माल्दिभ्सको भण्डा

धिरागू माल्दिभ्सको पहिलो दूरसञ्चार कम्पनी भएता पनि यो दूरसञ्चार सेवा प्रदान गर्ने पहिलो कम्पनी भने हैन। दूरसञ्चार सेवा माल्दिभ्समा आधिकारिक रूपमा पहिलोपटक २३ डिसेम्बर १९४३ मा माल्दिभियाली सरकारले सुरु गरेको थियो। १७ मे १९७७ मा, केबल एण्ड वायरलेसले दूरसञ्चार सेवा प्रदान गरेको थियो। पछि, सन् १९८८ मा केबल एण्ड वायरलेर र माल्दिभियाली सरकार मिलेर संयुक्त कम्पनी धिरागूको स्थापना गरेका थिए जसले गर्दा यो पहिलो माल्दिभियाली दूरसञ्चार कम्पनी बनेको थियो। पछि यो सार्वजनिक कम्पनीमा रूपान्तर भएको थियो र यसमा हाल ४१.८% भागको स्वामित्व माल्दिभियाली सरकारको छ र ५२% भाग बहराइनको बाटेलको स्वामित्वमा छ भने ६.२% भाग सार्वजनिक स्वामित्व रहेको छ।[३][४]

महत्त्वपूर्ण घटनाहरू[सम्पादन गर्नुहोस्]

  • सन् १९८८ – अक्टोबर १, १९८८ मा धिरागू आधिकारिक रूपमा स्थापना भएको थियो [५]
  • सन् १९९१ – पेजिङ सेवाको थालनी गरियो।
  • सन् १९९६ – धिवेहीनेटको नाम मार्फत माल्दिभ्समा पहिलोपटक डायल-अप इण्टरनेट सेवाको उद्घाटन गरियो।.
  • सन् १९९७ – उन्नत मोबाइल फोन प्रणाली प्रविधिका साथसाथै मोबाइल फोन सेवा सार्वजनिक गरियो।
  • सन् १९९९ – मोबाइल फोन सेवा मञ्च विश्वव्यापी मोबाइल सञ्चार प्रणाली मा रूपान्तरण गरियो।
  • सन् २००५ – जून २३, २००५ मा, नयाँ लोगोको साथ धिरागूको पुनर्गठन गरियो।
  • सन् २००६ – धिरागूले माल्दिभ्समा एडिएसएल सेवा सञ्चालन गर्‍यो।
  • सन् २००६ - धिरागूले सबमरिन केबल मार्फत श्रीलङ्काको साथ जडान गर्‍यो।
  • सन् २००६ –

धिरागूले डमेष्टिक फाइबर अप्टिक केबलको स्थापना गर्‍यो।

  • सन् २०१० – धिरागूले माल्दिभ्समा ३जी एचएसपिए सेवा सार्वजनिक गर्‍यो।
  • सन् २०१३ – धिरागूले माल्दिभ्समा ४जी एलटिई सेवा सार्वजनिक गर्‍यो।
  • सन् २०१४ – धिरागूले ब्राण्ड नाम अल्ट्राफास्ट ब्रोडब्याण्ड राखि माल्दिभ्समा भिडिएसएल सेवा सञ्चालन गर्‍यो।
  • सन् २०१५ – धिरागूले अनलाइन दूरदर्शनको सार्वजनिक गर्‍यो[६] जसको नाम "धिरागू टिभी वेब्याक मेसिन अभिलेखिकरण २०१९-०५-०९ मिति" राखिएको थियो।
  • सन् २०१५ – धिरागूले एफटिटिएच सेवाको परिचय गरायो।[७] to जसको ब्राण्ड नाम "धिरागू फाइबर ब्रोडब्याण्ड वेब्याक मेसिन अभिलेखिकरण २०१९-०५-१२ मिति" राखिएको थियो।
  • सन् २०१५ – धिरागूले माल्दिभ्स र दक्षिण एसियामै पहिलो व्यावसायिक रूपमा एलटिई उन्नतको सुरु गरेको थियो,[८]
  • सन् २०१७ – मे २५, २०१७, नयाँ लोगोको साथ धिरागूको पुनर्गठन गरिएको थियो।[९]

प्रतिस्पर्धीहरू[सम्पादन गर्नुहोस्]

राजी अनलाइन (आरओएल), सन् २००३ मा स्थापित माल्दिभ्सको दोस्रो दूरसञ्चार कम्पनी र धिरागूको यहिलो प्रतिस्पर्धी हो। आरओएल माल्दिभ्सको दोस्रो इण्टरनेट सेवा प्रदायक हो।

सन् २००५ मा, वाटनिया दूरसञ्चार कम्पनी – एक कतारी दूरसञ्चार कम्पनी हाल उरिदू समूह को अधिनमा रहेको छ जुन चाहिँ ओरिदू समुहमा समायोजन भएको थियो र यसले दोस्रो मोबाइल फोन सञ्चालक रूपमा इजाजतपत्र प्राप्त गरेको थियो। सुरुमा यसले वाटनिया दूरसञ्चार माल्दिभ्सको रूपमा सेवा सञ्चालन गरेको थियो र १ अगष्ट २००५ देखि दूरसञ्चार सेवा प्रदान गरेको थियो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "अक्टोबर देखि डिसेम्बर सम्मको प्रतिवेदन (२०१७)", धिरागू डटकम डट एमभी, अन्तिम पहुँच २७ मार्च २०१८  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०१-२६ मिति
  2. कर्पोरेट माल्दिभ्स (१ अक्टोबर २०१८), "धिरागू- माल्दिभ्सको प्रमुख दूरसञ्चार कम्पनी र डिजिटल सेवा प्रदायकले स्थापनाको ३० वर्ष पार गरेको छ", कर्पोरेट माल्दिभ्स, अन्तिम पहुँच ११ मे २०१९ 
  3. "धिरागू सार्वजनिक लिमिटेड कम्पनीको रूपमा दरता भएको छ", धिरागू डटकम डट एमभी, अन्तिम पहुँच २०१७-०५-२४  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०५-११ मिति
  4. "The Government of Maldives launches Dhiraagu IPO Prospectus", धिरागू डटकम डट एमभी, अन्तिम पहुँच २०१७-०५-२४  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०५-११ मिति
  5. "कोशेढुङ्गा र उपलब्धिहरू", धिरागू डटकम डट एमभी, अन्तिम पहुँच २०१७-०५-२४  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०५-११ मिति
  6. "धिरागू टिभी – मोबाइल र निश्चित ब्रोडब्याण्डमा उपलब्ध एक मात्र दूरदर्शन सेवा", धिरागूको आधिकारिक वेबसाइट, अन्तिम पहुँच २०१७-०५-२४  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०५-११ मिति
  7. "Dhiraagu Launches UltraFast Broadband Service to Hulhumale’ & Villimale’", धिरागूको आधिकारिक वेबसाइट, अन्तिम पहुँच २०१७-०५-२४  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०५-११ मिति
  8. "Dhiraagu Introduces LTE-Advanced for the First Time in Maldives", धिरागू डटकम डट एमभी, अन्तिम पहुँच २०१७-०५-२४  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०५-११ मिति
  9. "धिरागू – माल्दिभ्सको उत्कृष्ट दूरसञ्चार सेवा प्रदायक", धिरागू डटकम डट एमभी, अन्तिम पहुँच २०१७-०५-२४  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०५-१२ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]