नम्बी नारायणन
नम्बी नारायणन | |
|---|---|
२०१७ मा नारायणन | |
| जन्म | १२ डिसेम्बर १९४१ नेगरकोइल, त्रावणकोर राज्य, बेलायती भारत (हालको कन्याकुमारी, तमिलनाडु, भारत)[१] |
| मातृ शिक्षाप्रतिष्ठान | |
| पेशा | अन्तरिक्ष वैज्ञानिक |
| जीवनसाथी | मीना नारायणन |
| सन्तान | २ |
| आफन्त | सुबीय अरूणन (ज्वाइँ) |
| पुरस्कार | पद्म भूषण (२०१९) |
नम्बी नारायणन (जन्म: १२ डिसेम्बर १९४१)[२] भारतका एक अन्तरिक्ष वैज्ञानिक हुन् जसले भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) मा काम गरेका थिए। उनी इसरोका वरिष्ठ अधिकारी थिए र छोटो समयका लागि यसको क्रायोजेनिक्स विभागको नेतृत्व पनि गरेका थिए।[३] सन् २०१९ मार्चमा उनलाई भारतको तेस्रो सर्वोच्च नागरिक सम्मान पद्म भूषण प्रदान गरियो ।[४]
सन् १९९४ मा उनलाई झूटो आरोप लगाएर पक्राउ गरिएको थियो। तर केन्द्रीय अन्वेषण ब्यूरो (सीबीआई) ले सन् १९९६ अप्रिलमा यी आरोपहरू आधारहीन रहेको ठहर गर्यो।[५] त्यसपछि भारतको सर्वोच्च अदालत ले उनीमाथि लागेका सबै आरोप हटाइदियो र केरला सरकारलाई मुद्दा अघि बढाउन रोक लगायो। सन् २०१८ मा त्यतिबेलाका भारतका प्रधानन्यायाधीश दीपक मिश्रा नेतृत्वको सर्वोच्च अदालतको इजलासले नारायणनलाई ५० लाख रुपैयाँ (सन् २०१८ को मूल्यमा) क्षतिपूर्ति दिन आदेश दियो। पछि सन् २०१९ मा केरला सरकारले थप १.३ करोड रुपैयाँ क्षतिपूर्ति दियो।[६][७]उनको जीवनमा आधारित फिल्म रकेट्री: द नम्बी इफेक्ट, जसमा आर. माधवन ले अभिनय र निर्देशन दुवै गरेका छन्, सन् २०२२ जुलाईमा प्रदर्शन भएको थियो।
प्रारम्भिक एवं व्यक्तिगत जीवन
[सम्पादन गर्नुहोस्]सन् १९४१ को डिसेम्बर १२ का दिन तत्कालिन ब्रिटिस भारतको रियासत त्रावणकोरमा पर्ने नागरकोविलमा नम्बी नारायणनको जन्म भएको थियो। उनले आफ्नो विद्यालय शिक्षा उच्च माध्यमिक विद्यालय, नागरकोविल बाट हाँसिल गरेका थिए।[८][९] उनले मेकानिकल इन्जिनियरिङमा स्नातक गरे।[१०] मदुराईमा अध्ययनका क्रममा उनले आफ्नो पितालाई गुमाउनु पर्यो भने उनकी आमा पनि विरामी परिन्। उनका दुई बहिनीहरू छन्। नम्बीले भने मीना नारायणन सँग विवाह गरी दुई सन्तान जन्माए। उनका छोरा शङ्कर नारायणन पेशाले व्यवसायी हुन् भने उनको छोरी गीता अरूणन बैंङ्गोरको मन्टेश्वरी स्कूलमा शिक्षिकाको रूपमा काम गर्छिन्। गीताको विवाह इसरोका वैज्ञानिक सुवीय अरूणनसँग भयो जसले पद्मश्री प्राप्त गरेका थिए।[११]
करियर
[सम्पादन गर्नुहोस्]मदुराईमा मेकानिकल इन्जिनियरिङ अध्ययन पूरा गरेपछि सन् १९६६ मा नम्बी नारायणनले इसरोमा थुम्बा इक्वेटोरियल रकेट लन्चिङ्ग स्टेसनमा प्राविधिक सहायकको रूपमा आफ्नो करियर सुरू गरे। सन् १९६९ मा भारत सरकारको खर्चमा उनलाई प्रिन्स्टन विश्वविद्यालय पठाइयो, जहाँ उनले प्राध्यापक लुइजी क्रोक्को को निर्देशनमा रसायनिक रकेट प्रोपल्सनमा स्नातकोत्तर पूरा गरे। भारत फर्कँदा उनले लिक्विड प्रोपल्सनको महत्वपूर्ण ज्ञान लिएर आए, जुन बेला भारतीय रकेटहरू पूर्ण रूपमा सोलिड प्रोपेलेन्टमा मात्र निर्भर थिए।[१२] आफ्नो पुस्तकमा उनले लेखेका छन् कि उनले भारतीय अन्तरिक्ष कार्यक्रमका संस्थापक विक्रम साराभाईलाई समेत लिक्विड प्रोपल्सन प्रविधिको बारेमा सिकाउनु परेको थियो। सन् १९७४ देखि १९८० सम्म नम्बी नारायणनको नेतृत्वमा करिब १०० जना भारतीय वैज्ञानिकहरूको टोली (विभिन्न समूहमा) फ्रान्सको भेर्नोनमा रहेर फ्रान्सको कम्पनी सफ्रान वायुयान इन्जिन सँग मिलेर ६० टन थ्रस्ट भएको विकिङ्ग–३ इन्जिन विकास गरे। यो भारतको नवजात अन्तरिक्ष कार्यक्रमका लागि ठूलो छलाङ थियो। भारत फर्केपछि नम्बी र उनको इस्रो टोलीले त्यस इन्जिनलाई थप सुधार गरेर पूर्ण रकेट स्टेज बनाए, जुन भारतको विकासाधीन ध्रुवीय उपग्रह प्रमोचन वाहन (पि.एस.एल.भी) रकेटमा जडान गर्न सकिन्थ्यो। नम्बीले त्यस इन्जिनको नाम विकास राखे – संस्कृतमा “विकास” को अर्थ “विकास” नै हुन्छ, तर यो उनले आफ्ना गुरु विक्रम साराभाईको सम्मानमा राखेको संकेत पनि थियो।भारतको पिएसएलभी रकेटको सफलता र विश्वसनीयताको ठूलो हिस्सा यसै विकास इन्जिनको देन हो, जुन इस्रो र फ्रान्सेली इन्जिनियरहरूले सँगै बनाएका थिए। इस्रोका वैज्ञानिक नम्बी नारायणन (जसलाई अहिले भारतमा लिक्विड प्रोपल्सन इन्जिन प्रविधिका जनक मानिन्छ) ले नै भारतलाई यो प्रविधिमा सशक्त बनाउन निर्णायक भूमिका खेलेका थिए। आज पनि पीएसएलभी र जिएसएलभी रकेटहरूमा यही विकास इन्जिन प्रयोग भइरहेको छ।[१३]
पुरस्कार
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Nambi Narayanan : R Madhavan's 'Rocketry: The Nambi Effect' will explore the untold story of scientist Nambi Narayanan. Here's what you need to know", The Economic Times, मूलबाट २०२२-०६-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०८-०२।
- ↑ Narayanan, Nambi; Ram, Arun (२०१८), Ready To Fire: How India and I Survived the ISRO Spy Case (अङ्ग्रेजीमा), Bloomsbury Publishing, आइएसबिएन 9789386826275, अन्तिम पहुँच २७ नोभेम्बर २०२५।
- ↑ "Nambi Narayanan sees U.S. hand in ISRO spy case", The Hindu (en-INमा), २०२१-०८-०६, आइएसएसएन 0971-751X, अन्तिम पहुँच २०२५-११-२७।
- ↑ President Kovind presents Padma Bhushan to Shri S. Nambi Narayanan (Englishमा), Government of India, १६ मार्च २०१९, अन्तिम पहुँच २७ नोभेम्बर २०२५।
- ↑ Aravind, Indulekha (२०१८-०६-१७), "Isro spy case: The scientist who came in from the cold", The Economic Times, अन्तिम पहुँच २०२५-११-२७।
- ↑ "Isro scientist Nambi Narayanan implicated in fake spy case to get Rs 1.3 crore from Kerala govt", India Today (अङ्ग्रेजीमा), Press Trust of India, डिसेम्बर २७, २०१९, अन्तिम पहुँच २०२५-११-२७।
- ↑ "Former ISRO scientist Nambi Narayanan to get ₹1.3 crore", The Hindu (en-INमा), २०१९-१२-२६, आइएसएसएन 0971-751X, अन्तिम पहुँच २०२५-११-२७।
- ↑ "Memories of a 'spy' who won - Framed scientist vindicated on milestone-eve", www.telegraphindia.com।
- ↑ "How Nambi Narayanan was framed in a fake Spy Case?", Taazakhabar News, १७ सेप्टेम्बर २०१८।
- ↑ "After 5 decades, TCE students come together for a reunion", The Hindu, ९ डिसेम्बर २०१४।
- ↑ Ram, Arun, "S Arunan: Man behind ISRO's Mars Orbiter Mission", The Economic Times, अन्तिम पहुँच २०२२-०७-०९।
- ↑ Ittyipe, Minu (१३ जुलाई २०१७), "A Gladiator in the Space-Ring", Outlook, अन्तिम पहुँच ३१ अक्टोबर २०१८।
- ↑ "Cannes 2022: Decoding Nambi Narayanans French Connection - From co-developing a rocket engine to his biopic premiere", Zee News (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२५-०८-२४।
- ↑ President Kovind presents Padma Bhushan to Shri S. Nambi Narayanan (Englishमा), Government of India, १६ मार्च २०१९, अन्तिम पहुँच २७ नोभेम्बर २०२५।