सामग्रीमा जानुहोस्

नग्नजिती

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नग्नजिती
अष्टभार्याको सदस्य
नाग्नजिती र कृष्णका अन्य अष्टभार्याहरू, मैसुर चित्रकला।
अन्य नामहरूसत्या, नप्पिन्नै
आबद्धदेवी, नीलादेवीको अवतार, अष्टभार्या, लक्ष्मी
वासस्थानद्वारका
धर्मग्रन्थहरूविष्णु पुराण, भागवत पुराण, हरिवंश, महाभारत
वंशावली
अभिभावकहरू
  • नग्नजित (पिता)
जीवनसाथीकृष्ण
सन्तानहरूवीर, चन्द्र, अश्वसेन, चित्रगु, वेगवान, वृष, आम, शङ्कु, वसु, र कुन्ती
वंशसूर्यवंश, यदुवंश (विवाह पश्चात्)

नाग्नजिती, जसलाई सत्यानप्पिन्नै (तमिल: நப்பின்னை, शाअ'सुन्दर कपाल भएकी') का रूपमा पनि चिनिन्छ,[] हिन्दु देव कृष्णका आठ प्रमुख पत्नीहरू अर्थात् अष्टभार्यामध्येकी पाँचौँ पत्नी हुन्।[]

वैष्णव ग्रन्थहरूका अनुसार, नाग्नजितीलाई लक्ष्मीको तेस्रो स्वरूप नीलादेवीको अवतार मानिन्छ।[] द्वापर युगमा, नीलादेवीले कोशलका राजा नग्नजितको छोरी सत्याको रूपमा पृथ्वीमा जन्म लिएकी थिइन्। कृष्णले नग्नजितद्वारा आयोजित स्वयम्भरमा प्रतिस्पर्धा गरेका थिए। निर्धारित नियम अनुसार, उनले सातवटा भयानक साँढेहरूलाई प्रत्येकको घाँटीमा पाश (डोरी) बाँधेर नियन्त्रणमा लिएका थिए र यसरी सत्यालाई आफ्नो पत्नीको रूपमा प्राप्त गरेका थिए।[]

दक्षिण भारतमा, जब सन्त कवयित्री श्रीगोदाम्बाले 'तिरुप्पावै' र 'नाच्चियार तिरुमोली' रचना गरिन्, उनले राजा नग्नजित (जो कृष्णकी पालनपोषण गर्ने आमा यशोदाका दाजु थिए) की "सुन्दर कपाल भएकी" छोरी नप्पिन्नैको उल्लेख गरेकी छिन्। नप्पिन्नैलाई नाग्नजितीकै तमिल रूप मानिन्छ। नप्पिन्नैलाई पनि विष्णुको अर्धाङ्गिनी नीलादेवीकै स्वरूप मानिनुले यस कुराको पुष्टि गर्दछ।[]

विष्णु पुराण, भागवत पुराणहरिवंश मा उनलाई 'सत्या नाग्नजिती' भनिएको छ। टीकाकारहरूले प्रायः 'सत्या' लाई उनको जन्मको नाम र 'नाग्नजिती' लाई पितृनाम अर्थात् नग्नजित की छोरी मान्दछन्। यद्यपि, कहिलेकाहीँ यसलाई सत्या' शब्दको अर्थको आधारमा 'गुणवती नाग्नजिती' को रूपमा पनि अनुवाद गरिन्छ। उनका पिता नग्नजित कोशलका राजा थिए, जसको राजधानी अयोध्या थियो। नग्नजितलाई 'कोशल-पति' (कोशलका स्वामी) र 'अयोध्या-पति' (अयोध्याका स्वामी) को रूपमा वर्णन गरिएको छ। भागवत पुराण मा नाग्नजितीलाई 'कौशल्या' (कोशलकी राजकुमारी) उपनामले पनि सम्बोधन गरिएको छ, जसले उनी कोशलकी राजकुमारी भएको पुष्टि गर्दछ।[][] महाभारतमा पनि सत्या नाम गरेकी कृष्णकी एक पत्नीको उल्लेख गरिएको छ।[]

भागवत पुराण ले नाग्नजितीको विवाहको कथा वर्णन गर्दछ। कुम्भगन नामले पनि चिनिने नग्नजित एक धार्मिक राजा थिए जसले अत्यन्त भक्तिपूर्वक वैदिक शास्त्रहरूको पालना गर्दथे। उनले सत्याको विवाहका लागि एउटा सर्त राखेका थिए—उनको पतिले युद्धमा उनका सातवटा भयानक साँढेहरूलाई पराजित गरेर उनलाई जित्नुपर्नेछ। यद्यपि, यो कार्यका लागि चुनौती दिने कुनै पनि राजकुमारले सात साँढेहरूलाई नियन्त्रणमा लिएर सत्याको हात जित्न सकेका थिएनन्। यस चुनौतीको बारेमा थाहा पाएपछि, कृष्ण ठूलो दलबलसहित कोशल राज्यतर्फ प्रस्थान गर्छथ्। जब कृष्ण नग्नजितको दरबारमा पुग्छन् तब राजाले आफ्नो सिंहासनबाट उठेर कृष्णलाई उपहारहरूद्वारा सम्मान गरी कोशलमा न्यानो स्वागत गर्छन्। नाग्नजिती पनि कृष्णलाई देखेर निकै हर्षित हुन्छिन् र कृष्ण नै आफ्नो पति बनून् भनि प्रार्थना गर्छिन्। राजा र उनकी छोरी दुवै कृष्णको दिव्यताको बारेमा सचेत थिए। नग्नजितले कृष्णप्रति आफ्नो श्रद्धा अर्पण गरे र उनको आगमनको उद्देश्य सोध्छन्। जब कृष्णले आफू सत्यासँग विवाह गर्न इच्छुक रहेको घोषणा गर्छन् तब राजाले आफ्नी छोरीका लागि कृष्णभन्दा उत्तम पति अरू कोही नहुने बताएतापनि तर उनले सात साँढेहरूलाई नियन्त्रणमा लिने साहसी राजकुमारसँग मात्र छोरीको विवाह गरिदिने प्रतिज्ञा गरेको कुरा पनि सुनाउँछन्। राजाले कृष्णको वीरताको प्रशंसा गर्छन् जसले ती सात साँढेहरूलाई सजिलै वशमा पार्न सक्दथे। यसअघि प्रयास गर्ने अन्य राजकुमारहरूलाई ती साँढेहरूले लगभग क्षत-विक्षत पारेका थिए।[][१०]

पछिल्लो जीवन

[सम्पादन गर्नुहोस्]

नाग्नजितीका; वीर, चन्द्र, अश्वसेन, चित्रगु, वेगवान, वृष, आम, शङ्कु, वसु, र कुन्ती गरि १० पुत्रहरू थिए।[११] विष्णु पुराण का अनुसार भद्रविन्दबाट उनका धेरै छोराहरूको जन्म हुन्छ।[] कृष्णको मृत्यु र उनको वंशको अन्त्यको वर्णन गर्ने भागवत पुराण मा, नाग्नजिती र अन्य प्रमुख रानीहरूले कृष्णको चितामा हाम हालेर आत्मदाह (सती) गरेको उल्लेख छ।[१२]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Dalal, Roshen (२०१०), Hinduism: An Alphabetical Guide (अङ्ग्रेजीमा), Penguin Books India, पृ: 282, आइएसबिएन 978-0-14-341421-6
  2. Mani, Vettam (१९७५), Puranic Encyclopaedia: a Comprehensive Dictionary with Special Reference to the Epic and Puranic Literature, Motilal Banarsidass Publishers, पृ: ६२, आइएसबिएन 978-0-8426-0822-0
  3. Rajan, K. V. Soundara (१९८८), Secularism in Indian Art (अङ्ग्रेजीमा), Abhinav Publications, पृ: 17, आइएसबिएन 978-81-7017-245-1
  4. Varadpande, Manohar Laxman (२००९), Mythology of Vishnu and His Incarnations (अङ्ग्रेजीमा), Gyan Publishing House, पृ: 144, आइएसबिएन 978-81-212-1016-4
  5. The Brahmavadin (अङ्ग्रेजीमा), K.S. Ramaswami, १९७२, पृ: 7।
  6. 1 2 Horace Hayman Wilson (१८७०), The Vishńu Puráńa: a system of Hindu mythology and tradition, Trübner, पृ: 79–82, 107, अन्तिम पहुँच २२ फेब्रुअरी २०१३
  7. Prabhupada, "Bhagavata Purana 10.58", Bhaktivedanta Book Trust, मूलबाट २६ अगस्ट २०१३-मा सङ्ग्रहित। अभिलेखिकरण २६ अगस्ट २०१३ वेब्याक मेसिन
  8. Mani, Vettam (१९७५), Puranic Encyclopaedia: a Comprehensive Dictionary with Special Reference to the Epic and Puranic Literature, Motilal Banarsidass Publishers, पृ: ७०४, आइएसबिएन 978-0-8426-0822-0
  9. "Five Queens married by Krishna", Krishnabook.com, अन्तिम पहुँच २५ जनवरी २०१३
  10. Prabhupada, "Bhagavata Purana 10.58.32", Bhaktivedanta Book Trust, मूलबाट १४ जुन २०१४-मा सङ्ग्रहित।
  11. Prabhupada, "Bhagavata Purana 10.61.13", Bhaktivedanta Book Trust, मूलबाट २१ अक्टोबर २०१०-मा सङ्ग्रहित। अभिलेखिकरण २१ अक्टोबर २०१० वेब्याक मेसिन
  12. Prabhupada, "Bhagavata Purana 11.31.20", Bhaktivedanta Book Trust, मूलबाट १३ जुन २०१०-मा सङ्ग्रहित। अभिलेखिकरण १३ जुन २०१० वेब्याक मेसिन