नटराज
| नटराज | |
|---|---|
नृत्यका स्वामी | |
नटराजको रूपमा शिव, नृत्यका स्वामी (लगभग ९५०–१००० ईस्वी) | |
| अन्य नामहरू | आडल्वल्लन, कूथन, सबेसन, अम्बलवानन[१] |
| आबद्ध | शिव |
| प्रतीकहरू | आकाश |
| धर्मग्रन्थहरू | अंशुमदागम उत्तरकामिक आगम |
नटराज जसलाई आडल्वल्लन पनि भनिन्छ,[२] हिन्दु धर्मका मुख्य देवताहरूमध्ये एक शिवको चित्रण हो जसलाई ईश्वरीय ब्रह्माण्डीय नर्तकको रूपमा देखाइएको छ। यस प्रकारको नृत्यलाई ताण्डव भनिन्छ।[३] भगवान शिवको नटराज मुद्रा र कलाकृतिको वर्णन धेरै हिन्दु ग्रन्थहरूमा गरिएको छ जसमा तमिल भाषामा तेवारम र तिरुवासगम तथा संस्कृतमा अंशुमदागम र उत्तरकामिक आगम तथा अन्य ग्रन्थहरू समावेश छन्। यस नृत्यको मूर्ति शैव धर्मका सबै प्रमुख हिन्दु मन्दिरहरूमा देखाइएको छ भने यो यो भारतमा सुपरिचित मूर्तिकला प्रतीक तथा यसलाई भारतीय संस्कृतिको लोकप्रिय प्रतीकको रूपमा प्रयोग गरिन्छ।[४] यसलाई हिन्दु कलाको उत्कृष्ट उदाहरणहरू मध्ये एक मान्न सकिन्छ।[५][६] यो रूपलाई विभिन्न तमिल ग्रन्थहरूमा कूथन (तमिल: கூத்தன்), सबेसन (तमिल: சபேசன்) र अम्बलवानन (तमिल: அம்பலவாணன்) पनि भनिन्छ।[७][८][९]
यो मूर्ति नाटकीय कला र नृत्यका देवताका रूपमा शिवको प्रतीकात्मक अभिव्यक्ति हो,[१०] जसको शैली र अनुपात कला सम्बन्धी हिन्दु ग्रन्थहरू अनुसार निर्माण गरिएको छ। तिरुमुराई (दक्षिण शैव धर्मका बाह्र पुस्तकहरू) जस्ता तमिल भक्ति ग्रन्थहरूले उल्लेख गरे अनुसार नटराज शिवको त्यो रूप हो जसमा उनले सृष्टि, विनाश र संरक्षणका कार्यहरू सम्पादन गर्छन्; साथै उनलाई माया र आफ्ना भक्तहरूलाई आशीर्वाद दिने कार्यसँग पनि जोडिएको छ। यसरी, नटराजलाई तमिलनाडुमा शिवको सर्वोच्च रूपहरू मध्ये एक मानिन्छ र नटराजको मूर्ति वा काँसको प्रतिमा तमिलनाडुका लगभग सबै शिव मन्दिरहरूमा पुजिन्छ।[११]
यसले सामान्यतया नाट्य शास्त्रको एक मुद्रामा नृत्य गरिरहेका शिवलाई देखाउँछ जसले विभिन्न प्रतीकहरू धारण गरेका हुन्छन्।[११] यी प्रतीकहरू ऐतिहासिक काल र क्षेत्र अनुसार फरक-फरक हुने गर्छन्।[१२] मूर्तिमा शिवले एक होचो दानव (अपस्मार वा मुयलक[३]) लाई कुल्चिरहेको देखाइन्छ जसलाई आध्यात्मिक अज्ञानताको प्रतीक मानिन्छ।[११][१३]
छैटौँ शताब्दीमा महेन्द्रवर्मन प्रथमको समयमा निर्मित मूर्तिलाई भारतीय पुरातत्व सर्वेक्षण र तमिलनाडु पुरातत्व सर्वेक्षणले भारतकै सबैभन्दा पुरानो ज्ञात नटराज मूर्तिको रूपमा चिन्दछन्। छैटौँ शताब्दीको वरपरका एलोरा गुफा र बादामी गुफामा निर्मित ढुङ्गाका कलाकृतिहरू पनि भारतका पुराना नटराज मूर्तिहरूमध्येमा पर्दछन्।[१४] भक्ति आन्दोलनका क्रममा चार शैव सन्तहरू सम्बन्दर, अप्पर, माणिक्कवाचकर र सुन्दरर (जसलाई "नाल्वर" अर्थात् चार भनेर चिनिन्छ) ले रचना गरेका प्राचीन तमिल गीतहरूले नटराजको महिमा गान गर्दछन्। यी गीतहरूले नटराज मन्दिर, चिदम्बरमलाई नटराजको मुख्य वासस्थानको रूपमा वर्णन गर्छन् जसले नटराजको पूजा सातौँ शताब्दीभन्दा धेरै अघिदेखि भइरहेको पुष्टि गर्दछ।
आठौँ देखि दसौँ शताब्दीको वरपर तमिलनाडुमा चोल काँस मूर्तिहरूको रूपमा यसको सबैभन्दा परिपक्व र प्रसिद्ध स्वरूप देखा परेको थियो। यी मूर्तिहरूको उचाइ सामान्यतया चार फिटभन्दा कम हुन्छ,[११] तर केही भने त्यो भन्दा अग्ला पनि छन्। नटराजका ढुङ्गे कलाकृतिहरू दक्षिण-पूर्व एसियाका धेरै भागहरू जस्तै अङ्कोरवाट, बाली, कम्बोडिया र मध्य एसियामा पनि भेटिएका छन्।[१०][१५][१६]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "கூத்தன் சபேசன் அம்பலவாணன் நடராஜன்Sagarva Bharath Foundation", Sagarva Bharath Foundation, २० जुलाई २०२०, मूलबाट १४ अक्टोबर २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ अक्टोबर २०२२। अभिलेखिकरण १४ अक्टोबर २०२२ वेब्याक मेसिन
- ↑ Rajarajan, R. K. K. (जनवरी २०१८), "If this is Citambaram-Nataraja, then where is Tillai-Kūttaṉ? An Introspective Reading of Tēvāram Hymns", In Pedarapu Chenna Reddy, ed. History, Culture and Archaeological Studies Recent Trends, Commemoration Volume to Prof. M.L.K. Murthy, Vol. II, Delhi: B.R. Publishing Corporation, Pp. 613-634, PLS. 54.1-6. (अङ्ग्रेजीमा)।
- 1 2 Encyclopædia Britannica (2015)
- ↑ Anna Libera Dallapiccola (२००७), Indian Art in Detail, Harvard University Press, पृ: २८, आइएसबिएन 978-0-674-02691-9।
- ↑ David Smith (२००३), The Dance of Siva: Religion, Art and Poetry in South India, Cambridge University Press, पृ: 1–2, आइएसबिएन 978-0-521-52865-8।
- ↑ Frank Burch Brown (२०१४), The Oxford Handbook of Religion and Arts, Oxford University Press, पृ: 489–490, आइएसबिएन 978-0-19-517667-4।
- ↑ ValaiTamil, "அம்பலவாணன், Ambalavanan, Boy Baby Name (Tamil Name), complete collection of boy baby name, girl baby name, tamil name", ValaiTamil, अन्तिम पहुँच २०२२-१०-३१।
- ↑ "General Compendium-5 - GKToday", www.gktoday.in, अन्तिम पहुँच २०२२-१०-३१।
- ↑ "The Lord (or King) of Dance", www.speakingtree.in, अन्तिम पहुँच २०२२-१०-३१।
- 1 2 Saroj Panthey (१९८७), Iconography of Śiva in Pahāṛī Paintings, Mittal Publications, पृ: 59–60, 88, आइएसबिएन 978-81-7099-016-1।
- 1 2 3 4 T. A. Gopinatha Rao (१९९७), Elements of Hindu Iconography, Motilal Banarsidass, पृ: 223–229, 237, आइएसबिएन 978-81-208-0877-5।
- ↑ T. A. Gopinatha Rao (१९९७), Elements of Hindu Iconography, Motilal Banarsidass, पृ: 236–238, 247–258, आइएसबिएन 978-81-208-0877-5।
- ↑ Shiva as Lord of the Dance (Nataraja), Chola period, c. 10th/11th century The Art Institute of Chicago, United States
- ↑ Archana Verma (२०१२), Temple Imagery from Early Mediaeval Peninsular India, Ashgate Publishing, पृ: 150–151, आइएसबिएन 978-1-4094-3029-2।
- ↑ Banerjee, P. (१९६९), "A Siva Icon from Piandjikent", Artibus Asiae 31 (1): 73–80, जेएसटिओआर 3249451, डिओआई:10.2307/3249451।
- ↑ Mahadev Chakravarti (१९८६), The Concept of Rudra-Śiva Through the Ages, Motilal Banarsidass, पृ: १७८ with footnotes, आइएसबिएन 978-81-208-0053-3।