नन्दगोप
| नन्दगोप | |
|---|---|
नन्दले (दायाँ) कृष्णलाई पिङमा खेलिरहेको हेर्दै। | |
| धर्मग्रन्थहरू | भागवत पुराण, हरिवंश, विष्णु पुराण, महाभारत[१] |
| क्षेत्र | गोकुलम |
| वंशावली | |
| अभिभावकहरू |
|
| जीवनसाथी | यशोदा |
| सन्तानहरू | कृष्ण, बलराम (धर्मपुत्रहरू) योगमाया (जैविक छोरी) |
नन्द वा नन्दगोप हिन्दु धर्मग्रन्थहरूमा उल्लिखित एक पौराणिक पात्र तथा कथा अनुसार गोठालाहरूका प्रमुख हुन्[२][३][४] जसलाई भगवान कृष्णको पालनपोषण गर्ने पिताको रूपमा वर्णन गरिएको छ। उनको उल्लेख हरिवंश र पुराण जस्ता धर्मग्रन्थहरूमा गरिएको छ।[५] नन्दगोप ब्रज क्षेत्रका शासक तथा देवमिढका छोरा पर्जन्यका छोरा हुन्।[६][७][८] विभिन्न स्रोतहरूका अनुसार उनी एक गोठाला र गोकुलमका प्रमुख हुन्छन्[९] जुन यादवहरूको शक्तिशाली मण्डलहरू मध्ये एक हुन्छ।[१०][११]
विभिन्न स्रोतहरूका अनुसार वसुदेव र नन्द दाजुभाइ हुन्छन् जबकि केही स्रोतहरूले उनीहरूलाई सौतेनी दाजुभाइ र घनिष्ठ मित्रका रूपमा पनि उल्लेख गरेका छन्।[१२][१३][८][११][१४] नन्दले नवजात कृष्णको पालनपोषण गर्नु सकून् र उनलाई उनका मामा कंसबाट जोगाउन सकून् भन्ने उद्देश्यले वासुदेवले आफ्नो नवजात छोरा कृष्णलाई जन्मिएकै रातमा नन्दकहाँ पुर्याउँछन्। यशोदासँग विवाह गरेका गोकुल प्रमुख नन्दले कृष्ण र उनका दाजु बलराम दुवैलाई पालनपोषण गर्दछन्। नन्दले हुर्काएकै कारण कृष्णलाई नन्दनन्दन भनेर पनि चिनिन्छ।[१५][१६]
किंवदन्ती
[सम्पादन]
नन्द कृष्णका पालनपोषण गर्ने पिता हुन्। उनले बलरामलाई हुर्काउन पनि मद्दत गरेका हुन्छन्। धेरै शास्त्रहरूमा राजा नन्द भनेर चिनिने नन्द, वसुदेवका नातेदार र परम मित्र हुन्छन्।[१७][१८] श्रीपाद मध्वाचार्यका अनुसार, वसुदेव र नन्द सौतेनी दाजुभाइ हुन्छन्। अन्य केही स्रोतहरूले भने उनीहरू मित्र मात्र भएको सङ्केत गर्दछन्।[१९][२०][२१][२२][२३][२४] देवकीका भाइ तथा एक क्रूर तानाशाह कंसले आफ्ना पिता उग्रसेनलाई जेलमा हालेर सिंहासन कब्जा गरेका हुन्छन्। देवकीको आठौँ सन्तानले उनको हत्या गर्नेछ भन्ने ईश्वरीय आकाशवाणीका कारण, कंसले देवकीका सबै छोराहरूलाई जन्मनासाथ मार्ने व्यवस्था मिलाएका हुन्छन्। यसरी छ देवकीका छ सन्तान हरू मारिएका हुन्छन्।[२५]वसुदेवकी अर्की श्रीमती रोहिणीले बलरामलाई जन्म दिन्छिन् र कृष्ण स्वयंलाई वसुदेवले नन्दको हातमा सुम्पिन्छन्। कृष्ण र बलराम दुवैलाई गोठालोका मुखिया नन्द र उनकी श्रीमती यशोदाले हुर्काएका हुन्छन्।[२६][२७][२८]
भागवत पुराणको एउटा प्रसिद्ध कथामा नन्दको अपहरणको प्रसङ्ग उल्लेख गरिएको छ। एकादशीको व्रत बसेपछि, नन्दले भोलिपल्ट राति यमुनाको जलमा स्नान गर्न प्रवेश गर्छन्। उनले उक्त समय असुरहरूका लागि आरक्षित रहेको तथ्यलाई बेवास्ता गर्छन्। जलका देवता वरुणका एक सेवक असुरले उनलाई समातेर आफ्नो जलमग्न लोकमा पुर्याउँछन्। आफ्ना पालनपोषण गर्ने पितालाई बन्दी बनाइएको सुनेपछि, कृष्णले आफ्नो समुदायलाई नन्दको सुरक्षाको आश्वासन दिन्छन् र वरुणलाई भेट्न जान्छन्। कृष्णको दर्शन पाउँदा अत्यन्तै प्रसन्न भएका वरुणले उनलाई साष्टाङ्ग प्रणाम गर्छन् र आफ्ना सेवकको कार्यका लागि क्षमा माग्दै नन्दलाई उनको गृहमा फिर्ता पठाइदिन्छन्। वरुण लोकको ऐश्वर्य र आफ्ना सुपुत्रको प्रभाव देखेर अचम्मित भएका नन्दले यो घटना गोकुलवासीहरूलाई पछि आएर सुनाउँछन्। यो सुनेपछि गोकुलका मानिसहरूले कृष्ण अवश्य पनि ईश्वर हुनुपर्छ भन्ने निष्कर्ष निकाल्छन्।[२९][३०]
एकपटक कालिया नागले कृष्णलाई बेरिरहेको हुन्छ र त्यो देखेर नन्द र उनका साथीहरूले उनलाई बचाउन यमुनामा हामफाल्ने प्रयास गर्छन् तर बलरामले उनीहरूलाई यसो गर्नबाट रोक्छन्। बलरामलाई आफ्ना भाइको वास्तविक स्वरूप र पहिचान पहिल्यैदेखि राम्रोसँग थाहा थियो।[३१][३२] अर्को एक प्रसङ्गमा, नन्द र ब्रजवासीहरूले अम्बिका वन नामक तीर्थस्थलको यात्रा गर्छन् जहाँ उनीहरूले शिव र पार्वतीको पूजा गरी सरस्वतीमा स्नान गर्छन्। उनीहरूले त्यो रात नदीको किनारमा नै बिताउँछन्। त्यहाँ एउटा विशाल अजिङ्गरले नन्दको खुट्टा समातेर उनलाई निल्न थाल्छ। उनको पुकार सुनेपछि कृष्ण र गोठालाहरू उनलाई बचाउन पुग्छन्। मानिसहरूले अजिङ्गरलाई भगाउन राँको प्रहार गरेतापनि अजिङ्गरलाई त्यसको कुनै असर भएन। कृष्णले पछि अजिङ्गरलाई आफ्नो खुट्टाले सुस्तरी छोएपछि त्यो जीव तत्कालै एक गन्धर्वको रूपमा परिवर्तित हुन्छ। ती गन्धर्वले आफ्नो नाम सुदर्शन रहेको बताउँछ। उनले आफ्नो विमानबाट केही ऋषिहरूको खिल्ली उडाएका कारण अजिङ्गर हुने श्राप पाएका हुन्छन् तर कृष्णको चरण स्पर्शले उनलाई उक्त श्रापबाट मुक्ति दिलाउँछ।[३३][३४]
सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ Brahmavaivarta Purana Sri-Krishna Janma Khanda (Fourth Canto) Chapter 13.Verse 224 English translation by Shantilal Nagar Parimal Publications Link: https://archive.org/details/brahma-vaivarta-purana-all-four-kandas-english-translation
- ↑ Bhatt, Dr G. P.; Gangadharan, N. (२०१३-०१-०१), The Agni-Purana Part 4: Ancient Indian Tradition and Mythology Volume 30 (अङ्ग्रेजीमा), Motilal Banarsidass, पृ: 1137, आइएसबिएन 978-81-208-3897-0।
- ↑ Books, Kausiki (२०२१-०७-१२), Bhagavatha Maha Purana 1st Skanda : English translation only without Slokas (अङ्ग्रेजीमा), Kausiki Books, पृ: 119।
- ↑ Case, Margaret H. (२०००-०४-२०), Seeing Krishna: The Religious World of a Brahman Family in Vrindaban (अङ्ग्रेजीमा), Oxford University Press, पृ: 3, आइएसबिएन 978-0-19-535153-8।
- ↑ His Divine Grace A. C. Bhaktivedanta Swami Prabhupad, Krsna, the Supreme Personality of Godhead- Chepter-5, The Bhaktivedanta Book Trust, आइएसबिएन 978-9171495587।
- ↑ Swarup Das (१९९९), Śrī Śrī 84 Krosh Vrajamaṇḍala, Samir Debanth।
- ↑ A. W. Entwistle (१९८७), Braj: Centre of Krishna Pilgrimage, E. Forsten, आइएसबिएन 978-90-6980-016-5।
- 1 2 Viśvanātha Cakravartī (२००४), Sārārtha Darśini: Tenth Canto Commnetaries [of] Srimad Bhagavatam, Mahanidhi Swami।
- ↑ Lach, Donald Frederick; Kley, Edwin J. Van (१९९३), South Asia (अङ्ग्रेजीमा), University of Chicago Press, पृ: 1052, आइएसबिएन 978-0-226-46754-2।
- ↑ Taken by Vasudeva and given to Nanda, the cow-herd, who was asked to accept him as his adopted child., Gendun Chopel (२०१४-०१-१७), Grains of Gold: Tales of a Cosmopolitan Traveler (अङ्ग्रेजीमा), University of Chicago Press, आइएसबिएन 978-0-226-09202-7।
- 1 2 Gopal Chowdhary (२०१४), The Greatest Farce of History, Partridge Publishing, पृ: 119, आइएसबिएन 978-1482819250, "कृष्णका पिता वसुदेव र गोकुलका प्रमुख नन्दगोप दाजुभाइ हुन्। नन्दगोपले नेतृत्व गरेको गोकुल मण्डल यादवहरूको सबैभन्दा शक्तिशाली शाखाहरू मध्ये एक मानिन्छ।"
- ↑ When Vasudev, his stepbrother, learned Nanda had arrived, he went at once to tell him how his wife and he survived. As Nanda greeted Vasudev, embracing him with love, he felt he had regained his life and thanked the stars above., Carl Woodham (२०११-०७-२०), A God Who Dances: Krishna for You (अङ्ग्रेजीमा), Torchlight Publishing, आइएसबिएन 978-0-9817273-6-3।
- ↑ Prabhupāda, A. C. Bhaktivedanta Swami (१९९९), Śrīmad Bhāgavatam: pt. 1-4. The summum bonum (अङ्ग्रेजीमा), Bhaktivedanta Book Trust, आइएसबिएन 978-0-89213-261-4।
- ↑ Lok Nath Soni (२०००), The Cattle and the Stick: An Ethnographic Profile of the Raut of Chhattisgarh, Anthropological Survey of India, Government of India, Ministry of Tourism and Culture, Department of Culture, Delhi: Anthropological Survey of India, Government of India, Ministry of Tourism and Culture, Department of Culture, 2000 Original from the University of Michigan, पृ: 16, आइएसबिएन 978-8185579573।
- ↑ John Stratton Hawley (२०१४), At Play with Krishna: Pilgrimage Dramas from Brindaran, Princeton Legacy Library: Princeton University Press, पृ: 316, आइएसबिएन 978-1400859122।
- ↑ Charles Barnett (२०१४), Blazing Sadhus or Never Trust a Holy Man Who Can't Dance, Charles Barnett, पृ: III, आइएसबिएन 978-1632958624।[स्थायी मृत कडी]
- ↑ Sehgal, Sunil (१९९९), Encyclopaedia of Hinduism (अङ्ग्रेजीमा), Sarup & Sons, पृ: 1084, आइएसबिएन 978-81-7625-064-1।
- ↑ Prem ságar; or, The ocean of love, Oxford University, १८६७, पृ: 18।
- ↑ Srimad-Bhagavatam, Tenth Canto: The Summum Bonum (अङ्ग्रेजीमा), The Bhaktivedanta Book Trust, १९७७-१२-३१, आइएसबिएन 978-91-7149-643-0।
- ↑ Cows Are Cool (अङ्ग्रेजीमा), Golden Age Media, २०१८-०१-०१, आइएसबिएन 978-81-909760-4-6।
- ↑ had the embryo transferred to the womb of Rohini, a second wife of Vasudeva who lived in the encampment of his friend Nanda., Alan W. Entwistle (२०२५-०२-१०), Braj, Centre of Krishna Pilgrimage (अङ्ग्रेजीमा), BRILL, आइएसबिएन 978-90-04-64659-9।
- ↑ Carl Olson (२००७), Hindu Primary Sources: A Sectarian Reader, Rutgers University Press, पृ: 240–, आइएसबिएन 978-0-8135-4070-2, अन्तिम पहुँच २१ अगस्ट २०१७, "when he heard that his brother Nanda had arrived and learnt that he had paid taxes to his king, Vasudeva went to Nandas residential quarters."
- ↑ Jīva Gosvāmī (२००६), Śrī Kr̥ṣṇa-sandarbha, Rasbiharilal & sons, पृ: २९९, आइएसबिएन 978-81-8403-018-1, अन्तिम पहुँच २१ अगस्ट २०१७।
- ↑ The Complete Mahabharata Volume 1 to 12 (Englishमा), पृ: 2034।
- ↑ Carl Woodham (२०११), A God Who Dances: Krishna for You, Torchlight Publishing, पृ: 84, आइएसबिएन 978-0981727363।
- ↑ Carl Woodham (२०११), A God Who Dances: Krishna for You, Torchlight Publishing, पृ: 103–121, आइएसबिएन 978-0981727363।
- ↑ Winthrop Sargeant, Christopher Key Chapple (१९८४), The Bhagavad Gita: Revised Edition, SUNY Press, पृ: 9, 14, आइएसबिएन 978-0873958318।
- ↑ Jürgen Neuß (२०१२), Narmad?parikram? - Circumambulation of the Narmad? River: On the Tradition of a Unique Hindu Pilgrimage Volume 42 of Brill's Indological Library, BRILL, पृ: 265, आइएसबिएन 978-9004228573।
- ↑ Dutt, Manmatha Nath (१८९६), A Prose English Translation of Srimadbhagavatam (अङ्ग्रेजीमा), M.N. Dutt, पृ: 128–129।
- ↑ Dikshitar, V. R. Ramachandra (१९९५), The Purāṇa index. 2. (From T to M) (अङ्ग्रेजीमा), Motilal Banarsidass Publishers, पृ: 435, आइएसबिएन 978-81-209-1274-8।
- ↑ Hudson, D. Dennis (२००८-०९-२५), The Body of God: An Emperor's Palace for Krishna in Eighth-Century Kanchipuram (अङ्ग्रेजीमा), Oxford University Press, पृ: 215, आइएसबिएन 978-0-19-045140-0।
- ↑ Leeming, David (२००५-११-१७), Oxford Companion to World Mythology (अङ्ग्रेजीमा), Oxford University Press, पृ: 232, आइएसबिएन 978-0-19-028888-4।
- ↑ Venkatesananda, Swami (२०१०-०३-३१), The Concise Srimad Bhagavatam (अङ्ग्रेजीमा), State University of New York Press, पृ: 270, आइएसबिएन 978-1-4384-2283-1।
- ↑ Vanamali (२०१२-०५-२२), The Complete Life of Krishna: Based on the Earliest Oral Traditions and the Sacred Scriptures (अङ्ग्रेजीमा), Simon and Schuster, पृ: 97, आइएसबिएन 978-1-59477-690-8।