नयनराज पाण्डे
नयनराज पाण्डे | |
---|---|
राजु | |
जन्म | वि.सं. २०२३ जेठ २७ गते प्युखा, काठमाण्डौं |
वासस्थान | श्रीटोल, वसुन्धरा, काठमाण्डौं |
राष्ट्रियता | नेपाली |
शिक्षा | बी. एल |
पेशा | लेखन, चलचित्र निर्माण तथा निर्देशन |
चिनारीको कारण | कथा, उपन्यास, पटकथा लेखन |
उल्लेखनीय कार्य | उलार, लू, घामकिरी, सल्लीपिर, यार |
गृहनगर | काठमाडौँ |
जीवनसाथी | सानु पाण्डे |
सन्तान | नीलाभ राज पाण्डे, निशान्त राज पाण्डे |
मातापिता | स्व.डिल्लीराज पाण्डे, भगवतीदेवी पाण्डे |
नयनराज पाण्डे (अङ्ग्रेजी: Nayan Raj Pandey)(जन्म सन् १९६६, ९ जुन विक्रम सम्बत: २०२३, २७ जेठ)[१] चर्चित नेपाली साहित्यकार हुन् । उनी नेपाली कथाकार, चलचित्रका पटकथा लेखक तथा समकालीन परिस्थितिलाई चित्रात्मक शैलीमा प्रस्तुत गर्ने प्रसिद्ध उपन्यासकार हुन् ।[२] उलार, लू, घामकिरी र सल्लीपिर उपन्यास उनका चर्चित उपन्यासमा पर्दछन् भने निदाएँ जगदम्बा, खोरभित्रको जोकर र चकलेट नामक कथासङ्ग्रह पनि चर्चित छन् । आख्यानकार पाण्डेका संस्मरणमात्मक कृति पहिलो गैरआख्यान पुस्तक "यार" पनि प्रकाशित भएको छ ।[३][४][५][६]
प्रारम्भिक जीवन तथा शिक्षा
[सम्पादन गर्नुहोस्]पिता स्व.डिल्लीराज पाण्डे काठमाण्डौको सूचना विभागमा कार्यरत भएको बेला नयनराज पाण्डे माता भगवतीदेवी पाण्डेको कोखबाट काठमाडौँको प्युखा टोलमा जन्मिएका भए पनि केही समयपछि पिता नेपालगञ्जको एउटा माध्यमिक विद्यालयमा हेडमास्टरमा नियुक्त हुनुभएपछि माता पितासँगै उनी पनि नेपालगञ्ज पुगे र त्यहीँ नै उनको बाल्यकाल बित्न थाल्यो । विद्यालय स्तरदेखि प्रमाणपत्र तहसम्मको अध्ययन पनि उनको नेपालगन्ज मै सम्पन्न भएको हो । पछि कानुनमा स्नातक तहको अध्ययन गर्ने क्रममा उनी २०४४ सालमा काठमाण्डौ आए र त्यसपछि काठमाण्डौ मै रहेर साहित्य साधना गर्न थाले । तराई मधेशमा रहँदा त्यहाँको जनजीवन, समाज र संस्कृतिलाई नजिकबाट हेर्न र अनुभूत गर्न पाएकोले उनका रचनाहरूमा तराई मधेशका सुखदुख, समस्या, सरोकार र पीडा मुख्यरूपमा प्रस्तुत हुने गरेको छ ।[७]
कार्य जीवन
[सम्पादन गर्नुहोस्]मुलत:साहित्य लेखनलाई नै जीवनको अभिष्ठ बनाएका नयनराज पाण्डेको राजधानी आगमनसँगै श्रब्य-दृश्य माध्यममा पनि संलग्न भए । टेलिभिजनका लागि धारावाहिक लेखन र चलचित्र लेखनसँगै टेलिश्रृंखला र वृत्तचित्र निर्माण र निर्देशनमा पनि संलग्न हुनथाले । केही वर्ष नेपाल टेलिभिजनको लागि साहित्य र संस्कृतिप्रधान कार्यक्रम अभिव्यक्तिको निर्देशन र निर्माण पनि गरे । उक्त कार्यक्रमका प्रस्तोता पनि उनी आफैँ थिए । करिब दुई दशकसम्म श्रब्यदृश्य माध्यममा संलग्न रहेपछि उनी पुन: साहित्य सिर्जनामै केन्द्रित रहेर पूर्णकालीक लेखकको रूपमा हाल नेपाली साहित्यमा संलग्न छन् ।
लेखनशैली
[सम्पादन गर्नुहोस्]आफ्ना कृतिहरूमा रमाइलो पारामा गम्भीर विषय उठान गर्न खप्पिस आख्यानकार पाण्डे उत्कृष्ट लेखन शैलीका कारण भाषाका जादूगर मानिन्छन् । कथा लेखनमा उनी समकालीन परिदृश्यमा आफ्नो आक्रामक तेवरसहित सरल, शिल्प, छरितो भाषा र तीक्ष्ण व्यङ्ग्यचेतका कारण सर्वथा पृथक् देखिन्छन् ।[८] उनी सधै समाजका सीमान्तकृत ‘सबाल्टर्न’ पात्रहरूलाई केन्द्रमा राखेर लेख्छन् । आजीविकाका लागि तिनले गर्ने दुःखको वरिपरि उपन्यासको हृदय घुमिरहन्छ ।[९]
गाउँमा मधेशको समाज, संस्कृति, मनोवृत्ति र राजनीतिको प्रतिबिम्ब उतार्न र विविध जाति, धर्म र समुदायका मानिस आवरणमा फरक देखिए पनि अन्तरहृदयबाट एक रहेको मन छुने चित्रण गर्न लेखक पाण्डे सफल छन् आफ्ना कृतिहरूमा । उनी नेपाली साहित्यमा मधेसीको सम्वेदना, सीमान्त मधेशीहरूका भावना पस्कन्छन् ।[१०][११] आफ्ना प्रमुख कृति उलारमा सीमान्त तहका जनताको संघर्षकथा, चर्चित उपन्यास लू मा भारतीय सीमावर्ती क्षेत्रको नेपाली जीवनलाई निकटबाट नियाल्ने काम गरेका छन् जसमा मधेशको कथा–व्यथालाई सार्थक औपन्यासिकतामा प्रस्तुत गर्छन् भने घामकिरीमा मिथकको उल्लेख गर्दै गौरवशाली कथावाचन परम्परालाई आधुनिक युगसँग जोडी स्वैरकल्पलाको उत्तम प्रयोग गर्दै पाठकलाई कथानकीय चटकतामा भुलाउन सफल छन् ।[१२][२][१३] पात्रको भाषा र परिवेशलाई आञ्चलिकताको रङ दिएर लेखिएको उनको उलार उपन्यास सामाजिक अध्ययनका दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण मानिन्छ त्यसैले उलारलाई त्रिभुवन विश्वविद्यालयको स्नातक तह, तृतीय वर्षको ऐच्छिक नेपालीको पाठ्यक्रममा समावेश गरिएको छ ।[२]
अघिल्लो उपन्यास ‘घामकिरी’ मा ‘म्याजिकल रियालिज्म’ को प्रयोग गरेका नयनराजले 'सल्लीपिर'मा यही सिद्धान्तको सहाराले किताब बोकेको चौंरी गाउँसम्म पुर्याएका छन् । यस्ता प्रयोग गरी आफ्ना उपन्यास ‘मोनोटोनस’ हुनबाट जोगाउन र पाठकहरूलाई नयाँ स्वाद थपिदिन सिपालु छन् लेखक । राजनीतिका कारण देशमा ‘पहाड भर्सेज मधेश’ मानसिकता विकसित भइरहेको बेला लेखकका रूपमा नयनराजले मानिस जहाँ भए पनि सीमान्तकृतको दुःख समान भएको अनुभूत गराउन सफल छन् । नयनको लेखनीमा विशिष्ट क्षमता भएकैले यो सम्भव भएको हो । सामाजिक सहिष्णुताका लागि एउटा लेखकले अपील गर्ने अर्को सम्यक् शैली नहोला ।[९]
लेखन एवम् प्रकाशन / मुख्य कृतिहरू
[सम्पादन गर्नुहोस्]उपन्यास
[सम्पादन गर्नुहोस्]- नांगो मान्छेको डायरी, २०४४[१४]
- विक्रमादित्य, एउटा कथा सुन, २०४४
- अतिरिक्त, २०५०
- उलार, पहिलो संस्करण २०५३, २०५५, दोस्रो संस्करण २०६५, तेस्रो संस्करण मोटो गातामा २०७१ [१५][१०][१६][१७],२० वर्षे संस्करण, २०७२[१८], (त्रि.वि.वि.को स्नातक तह, तृतीय वर्षको ऐच्छिक नेपालीको पाठ्यक्रममा समावेश गरिएको)
- लू, २०६८ [१९][१६][२०] [११]
- घामकिरी, २०७० ।[२१][१६]
- सल्लीपिर, चैत्र २०७२[९][२२][२३][२४][२५]
कथा सङ्ग्रहः
[सम्पादन गर्नुहोस्]संस्मरण कृति
[सम्पादन गर्नुहोस्]बालसाहित्य
[सम्पादन गर्नुहोस्]- सन्तोष र हराएको सूर्य, २०७१ (चित्रकथा)[२९]
- जरायोको साइकल,२०७३ (चित्रकथा)
चलचित्र क्षेत्र/पटकथा लेखन
[सम्पादन गर्नुहोस्]चलचित्र लेखन
[सम्पादन गर्नुहोस्]दुई दर्जन चलचित्रको लेखन ।
|
|
|
टेलिश्रृंखला लेखन
[सम्पादन गर्नुहोस्]
|
|
|
टेलिचलचित्रका करीब २ हजार भन्दा बढी श्रृंखलाहरूको लेखन ।
स्तंभ लेखन
[सम्पादन गर्नुहोस्]कान्तिपुर दैनिक, नयाँ पत्रिका, राजधानी, नागरिक लगायतका दैनिक, साप्ताहिक पत्रपत्रिकामा नियमित रूपमा साहित्यिक तथा साँस्कृतिक विषय वस्तुमा समसामयिक लेख तथा स्तंभ लेखन ।
निर्माण तथा निर्देशन
[सम्पादन गर्नुहोस्]ठूलो पर्दाको चलचित्रको निर्देशन
[सम्पादन गर्नुहोस्]- निर्मोही [३०]
टेलिश्रृंखला निर्देशन
[सम्पादन गर्नुहोस्]- सुप्रसिद्ध नाटककार स्व. गोपालप्रसाद रिमालको बहुचर्चित नाट्यकृति “मसान”मा आधारित टेलिश्रृंखलाको निर्देशन । नेपाल टेलिभिजनबाट प्रसारित यो टेलिश्रृंखला “साँस्कृतिक संस्थान”(नाचघर)बाट २०५३ सालमा निर्माण गरिएको हो।
- सङ्गीत, चेष्टा, अर्थ लगायतका टेलिश्रृंखलाहरूको लेखन तथा निर्देशन ।
वृत्तचित्र निर्देशन तथा निर्माण
[सम्पादन गर्नुहोस्]- युनिसेफ, आइ.एल.ओ., डि.एफ.आइ.डि, बाल विकास समाज, एबीसी नेपाल, तामाकोशी सेवा समिति, प्रतिलिपी अधिकार रजिष्टारको कार्यालय(नेपाल सरकार) लगायतका संस्थाका लागि दर्जनौ वृत्तचित्रहरूको निर्माण तथा निर्देशन ।
- टेलिभिजन कार्यक्रम उत्पादन -
- नेपाल टेलिभिजनका लागि विगतमा पटक पटक “अभिव्यक्ति”नामक साहित्यिक एवं साँस्कृतिक कार्यक्रमको निर्माण, निर्देशन र सञ्चालन ।
पुरस्कार तथा सम्मान
[सम्पादन गर्नुहोस्]- सर्वश्रेष्ठ नाटक लेखन पुरस्कार— नेपाल प्रज्ञा प्रतिष्ठान, २०४५
- राष्ट्रिय प्रतिभा पुरस्कार, २०५३
- सारस्वत सम्मान, महेन्द्र पुस्तकालय, नेपालगञ्ज, २०५३
- लोकेन्द्र साहित्य पुरस्कार, २०५८
- सर्वश्रेष्ठ पटकथाका लागि मोशन पिक्चर अवार्ड, २०५८
- रामराज पन्त स्मृति पुरस्कार, २०६०
- तन्नेरी सम्मान, २०६१
- गरिमा सम्मान पुरस्कार, २०६२ (साझा प्रकाशन)
- पहलमानसिंह स्वाँर स्मृति सम्मान, २०६५
- मैना चलचित्रको पटकथाका लागि राष्ट्रिय पुरस्कार, २०६७
- नेपाल चलचित्र सङ्घले २०६९ सालमा चलचित्र लेखनमा योगदान पुर्याए वापत डायमण्ड शमशेर स्मृति लेखन सम्मान।२०६९
- मैनाली कथा पुरस्कार,२०७२[३१][३२]
- पद्मश्री साहित्य पुरस्कार, २०७४[३३][३४][३५][३६]
- पूर्णिमा साहित्य रत्न,२०७४, हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान, कोहलपुर[३७]
- महाकवि देवकोटा पुरस्कार, २०७५, नेपाल सरकार, संस्कृति तथा पर्यटन मन्त्रालय [३८]
प्रशासनिक सम्बद्धता
[सम्पादन गर्नुहोस्]- चलचित्र विकाश बोर्ड सदस्य (२०६४–६५) नेपाल सरकारबाट नियुक्त ।
- साझा प्रकाशनको निर्वाचित संचालक सदस्य (२०६५ देखि २०७१सम्म)
- हालको आवद्दता - आर्को सिनेमा प्रालि
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]- जियरा- झननयाँ डट नयापत्रिकाडेली डटकम
- nayanrajpandey.blogspot.com
चित्र दीर्घा
[सम्पादन गर्नुहोस्]-
आमासँग नयनराज पाण्डे
सन्दर्भ सूची
[सम्पादन गर्नुहोस्]- ↑ नयनराज पाण्डे, न-बाट लेखकहरूको नामावली, नेपाली लेखकहरूको वैयित्तिक विवरण पुस्तकालय वेब्याक मेसिन अभिलेखिकरण २०१६-०९-१६ मिति
- ↑ २.० २.१ २.२ "‘उलार’ उपन्यासको समाजपरक समालोचना - बिन्दु शर्मा", .samakalinsahitya.com।
- ↑ ३.० ३.१ "‘यार’ लिएर नयनराज", kantipurdaily.com, कान्तिपुर, पुस ३०, २०७४, अन्तिम पहुँच २०१८-०२-०४।
- ↑ ४.० ४.१ "‘यार’ लिएर आइपुगे नयनराज पाण्डे", deshsanchar.com, देश सञ्चार, पुस २९, २०७४, अन्तिम पहुँच २०१८-०२-०४।
- ↑ ५.० ५.१ "नयनराज पाण्डेको संस्मरणात्मक कृति ‘यार’ सार्वजनिक", everesttimesnews.com, एभरेष्ट टाइम्स, जनवरी १३, २०१८, अन्तिम पहुँच २०१८-०२-०४।
- ↑ ६.० ६.१ "नयनको ‘यार’", http://annapurnapost.com/, अन्नपूर्ण पोष्ट, शनिवार, पुस २९, २०७४, अन्तिम पहुँच २०१८-०२-०४। वेब्याक मेसिन अभिलेखिकरण २०१८-०१-१३ मिति
- ↑ शरद चिराग, चगा समात्न पोखरीमा, कान्तिपुर,'कोपिला', मिति २०७० कार्तिक १७ गते.
- ↑ Chaklet (चकलेट)by Nayan Raj Pandey
- ↑ ९.० ९.१ ९.२ "सल्लीपिर: अक्षरको अभिव्यञ्जना - शंकर तिवारी. हिमालखबर. सोमबार, बैशाख २७, २०७३", .himalkhabar.com। वेब्याक मेसिन अभिलेखिकरण २०१६-०५-१० मिति
- ↑ १०.० १०.१ किताब: उलार, कान्तिपुर-कोसेली -२०७१ असार १४ शनिवार.
- ↑ ११.० ११.१ धीरेन्द्र प्रेमर्षि, साहित्यमा मधेशको संवेदना, हिमाल खबर पत्रिका-मंसिर १-१५,२०६९.
- ↑ धनराज गिरी, ‘घामकिरी’ मा विचरण गर्दा, चितवन पोष्ट, जनवरी ४,२०१४.
- ↑ Bindesh, घामकिरीका सम्बन्धमा लागेका कुरा
- ↑ नाङ्गो मान्छेको डायरी : केही अंश - नयनराज पाण्डे[स्थायी मृत कडी]
- ↑ Komal Prasad Phuyal, An Eddy in the Maze: Subaltern Subject in Pandey's Ular, Literary Studies, 26 (March 2012): 63-66.
- ↑ १६.० १६.१ १६.२ Of creativity, motives, and missions, Republica, November 8,2013.
- ↑ Ular (hardcover)by Nayan Raj Panday वेब्याक मेसिन अभिलेखिकरण २०१६-०१-३० मिति,
- ↑ -श्यामल, ‘उलार’ को २० वर्ष - टाँगा अझै उलार भइरहेछ, प्रेमललवा ?, अन्नपूर्ण पोस्ट, शनिबार, २५ पुष २०७२.
- ↑ Loo by Nayan Raj Pandey वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-२४ मिति
- ↑ "लूः सानो गाउँको ठूलो कथा, -जीवन क्षेत्री", ८ नोभेम्बर २०१२।
- ↑ "Nayan Raj Pandey releases घामकिरी" (नेपालीमा)। वेब्याक मेसिन अभिलेखिकरण २०१४-०८-०८ मिति
- ↑ लेखकका सबै कुरा एकनासले प्रिय नहुन सक्छन् : नयनराज पाण्डे, पहिलोपोस्ट, १८ बैशाख २०७३
- ↑ नयनराज पाण्डे भन्छन्- 'आलोचक भनेका मापसे चेक गर्ने ट्राफिक प्रहरीजस्तै हुन्, पहिलोपोस्ट, १९ बैशाख २०७३
- ↑ दीपक सापकोटा. मन्त्र जपिरहेका याकहरू. अन्नपूर्ण. २०७३ बैशाख १८ शनिबार वेब्याक मेसिन अभिलेखिकरण २०१६-०५-०३ मिति
- ↑ नयनराज पाण्डेले लिए आामाको अन्तर्वार्ता, २१ बैखाख २०७६
- ↑ Chaklet (चकलेट) by Nayan Raj Pandey
- ↑ [[#CITEREFRajkumar Baral, Bittersweet chocolate, Republica daily-Dec.20,2013 Friday|Rajkumar Baral, Bittersweet chocolate, Republica daily-Dec.20,2013 Friday]].
- ↑ "नयनराजका कथाहरूको मञ्चन, -मधु शाही,", पुस १, २०७२। वेब्याक मेसिन अभिलेखिकरण २०१५-१२-१९ मिति
- ↑ [१] वेब्याक मेसिन अभिलेखिकरण २०१६-०५-१० मिति
- ↑ Nepali movie - Nirmohi वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति
- ↑ मैनाली कथा पुरस्कारबाट कथाका साधक सम्मानित. साहित्य ससार. काठमाडौँ, १९ चैत, २०७२ वेब्याक मेसिन अभिलेखिकरण २०१६-०५-०३ मिति
- ↑ वनमालीलाई मैनाली कथा सम्मान, पाण्डेलाई मैनाली कथा पुरस्कार. रिपोर्टर्स नेपाल. काठमाडौँ, ७ चैत, Posted 2016/03/20 वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-२२ मिति
- ↑ "पद्मश्री साहित्य पुरस्कार पाण्डे र शर्मालाई प्रदान", himalpost.com, २०७५, ७ कार्तिक, अन्तिम पहुँच २०१८-१०-२५।
- ↑ "‘यार’लाई पद्यश्री साहित्य पुरस्कार", kantipurdaily.com, कार्तिक ७, २०७५, अन्तिम पहुँच २०१८-१०-२५।
- ↑ "संस्मरण विधाको सम्मान भयो : पद्मश्री विजेता पाण्डे", onlinekhabar.com, ०७५ कार्तिक ७ गते, अन्तिम पहुँच २०१८-१०-२५।
- ↑ "नयनराज पाण्डेको ‘यार’लाई पद्मश्री पुरस्कार", setopati.com, कात्तिक ४, २०७५, अन्तिम पहुँच २०१८-१०-२५।
- ↑ नयनराजलाई पूर्णिमा साहित्य रत्न-कान्तिपुरडेली डटकम
- ↑ महाकवि देवकोटा पुरस्कार ५ साहित्यकारलाई-नेपालखबर डटकम
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- Nayan Raj Pandey, WikiNepal: faces & places of Nepal वेब्याक मेसिन अभिलेखिकरण २०१६-०४-१० मिति
- उफ् ! कति छन् कति यो मनभित्र कुराहरु
- https://www.goodreads.com/author/show/4671548.Nayan_Raj_Pandey
- फेसबुकमा नयनराज