नर बहादुर विष्ट

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search




प्रत्यक्ष निर्वाचन प्रणालि अन्तरगत सुर्खेत ३बाट विजयी एकिकृत नेकपा माओवादी सभासद नरबहादुर विष्ट २०४५ सालदेखि राजनीतिमा पाइला सार्नुभएको थियो। परिवर्तन चाहने जनताको मतबाट आफू विजयी भएको विष्ट बताउनुहुन्छ।

२०५३ सालमा सुर्खेत क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनीयनको कोषाध्यक्ष समेत भएका विष्ट विद्यार्थी सङ्गठनको जिल्ला अध्यक्ष हुँदै भूमिगत हुनुभएको थियो। २०५७ सालमा माओवादी जिल्ला सदस्य हुँदै विष्टले शसस्त्र प्लाटुनको किमासार र २०५८ सालमा कम्पनी कमान्डरको जिम्मेवारी सम्हाल्नुभएको थियो।

२०६१ सालमा बटालियन र २०६२ सालमा बृगेड कमिसार भएका विष्ट, रम्भापुर ब्यारेक आक्रमणमा देब्रे हातमा तीन गोलीका लागेर घाइते हुनुभएको थियो। विष्टले मंगलसेन, भोजपुर, अर्घाखाची लगायत १७ वटा ठूला कारबाहीमा भाग लिनु भएको छ।

विष्ट परिवारका ५ जना सदस्य माओवादी पार्टीका पूर्णकालीन सदस्य छन्। विष्टका भाइ सुर्खेत जिल्ला वाइसीएलको जिल्ला अध्यक्ष, भाइबुहारी र विष्टकी भतिजी जनमुक्ति सेनामा छन् भने विष्टकी श्रीमती सपना घर्ती मगर वाइसीएलकी केन्द्रीय सदस्य हुनुहुन्छ। संविधान सभामा गरीब उत्पिडित नेपाली जनताको पक्षमा आवाज उठाउने र शासित वर्गको पक्षमा संविधान लेख्ने विष्टको योजना छ।[१]

सन्दर्भ[सम्पादन गर्ने]