नवमी बजार
नवमी बजार जितपुर, इलाम( Nawami Bazar Jitpur,Ilam)
इलाम सदरमुकामबाट पश्चिमी दिशामा अव्यवस्थित देउमाइ नगरपालिका - ९, (साविक जितपुर -४) पर्दछ ।इलाम जिल्लाको मुख्य व्यापारीक केन्द्र मध्ये नवमी बजार पनि एक हो । यहाँ पहिले प्रतेक १५ दिन नवमीको दिनमा हटिया लाग्ने भएकोले नवमी बजार भनिएको हो । हाल यहाँ प्रतेक शुक्रबार हटिया लाग्ने गर्छ र रामनवमी को दिनमा मेला लाग्छ । जितपुर गाबिस हुदा गबिस को कार्यालय यहिँ थियो र अहिले वडा कार्यालय पनि यहीँ छ। यहाँको अधिक्तम तापक्रम ३० डिग्री सेलसियस र न्युनतम तापक्रम ३ डिग्री सेलसियस सम्म छ।
यहाँ जितपुर मा.वि. र सयपत्री विद्यामन्दिर बोर्डिङ स्कुल छ भने एउटा स्वास्थ्य चौकी, प्रहरी चौकी र हुलाक पनि रहेको छ ।
यहाँको मुख्य बासिन्दाहरू लिम्बू ,राई, मगर, भुजेल, नेवार, विश्वकर्मा, परियार, बाहुन, क्षेत्री, गिरी आदि हुन्।
यहाँ मुख्य बोलिने भाषामा नेपाली, लिम्बु ,राई , मगर भाषा आदि हुन् ।
यहाँ मानिने धर्महरूमा किराँत,हिन्दू , वौद्व आदि हुन।
यहाँ १६ औँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेन ज्यू ले स्थापना गर्नु भएको नाम्गेत्यक माङहिम ( शिवालय मन्दिर ) पनि यहाँ रहेको छ ।
यहाँ को मुख्य खेती मा मकै, कोदो, तोरी, अदुवा, अलैंची, अम्लिसो, आलु, चिया खेती तथा पशुपालन हो । यहाँ एउटा चिया उद्योग र थुप्रै धन पिसनी मिलहरू छन ।
यहाँ साक्षरता ९९.९९ प्रतिशत छ ।
यातायातको राम्रो सुविधा छ। यहाँ बाट दैनिक देउमाइ नगरपालिका को कार्यालय, सदरमुकाम इलाम, झापाको विर्तामोड आदि स्थानमा साना जिप तथा बसहरू छुट्टदछन्।
यहाँ जितपुर मा.वि. को आफ्नै ठुलो खेलमैदान छ।तर यहाँ अन्य खेलमैदान नभएकाले यहाँ हुने साना देखि अन्तर जिल्ला स्तर सम्मको खेलहरू यहाँ खेलाइन्छ। यहाँ खेलाइने प्रमुख खेल भनेको फुटबल नै हो र अन्य खेलहरू पनि थोरै मात्रा खेलाइन्छ।
यहाँका पुराना मुख्य व्यापारीमा गोविन्द गिरी, दुर्गा पराजुली, प्रकाश गिरी आदि हुन भने । अन्य व्यापारी हरूमा गोपाल अधिकारी, गोपाल पौड्याल, नेत्र दहाल, याम तुम्बाङफे लिम्बु, बेल व. पत्रे लिम्बु, अर्जुन राई, दिपक मगर आदि हुन् ।
यहाँका चिया उद्योगपति सुरेश मरहाङ लिम्बू हुन् ।
राजनितीज्ञय तथा बुद्धिजीवी हरू :-
मणिकुमार लिम्बु( पुर्व संसद नेकपा एमाले )
क्या असल बहादुर मरहाङ लिम्बु(समाजसेवी)
गोविन्द गिरी ( क्षेत्रीय सभापति नेपाली काङ्ग्रेस )
काले दमाई (समाजसेवी )