सामग्रीमा जानुहोस्

नाजी सलाम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सन् १९३५ मा नाजी पार्टीद्वारा आयोजित एक सभामा हिटलरद्वारा नाजी सलाम गरिँदाको दृश्य, नुर्मबर्ग, जर्मनी
जर्मनीको बर्लिनमा हिट्लयुङ्गेटका सदस्यहरूद्वारा नाजी सलाम प्रस्तुत गरिँदै, सन् १९३३

नाजी सलाम जसलाई हिटलर सलाम {{efn|जर्मनेली: Hitlergruß, शाअ'हिटलर सलाम', IPA: [ˈhɪtlɐˌɡʁuːs] , [] वा जिग हाइल सलाम पनि भनिन्छ, नाजी जर्मनीमा अभिवादनको क्रममा प्रयोग गरिने एक गतिशील गतिप्रतिक्रिया वा एक सलाम हो। यस प्रकारको सलाम गर्नका लागि दायाँ हात टाउको बराबर माथि उठाइन्छ र बुढी औँला थोरै मोडेर अन्य औँलाहरूलाई सिधा पारि हत्केलालाई तलतिर फर्काइन्छ। यो सलाम प्रायः "हाइल हिटलर!" ('हिटलरको जय!'), "हाइल, माइन फ्युअ!" ('मेरो नेता जय!'), वा "जिग हाइल!" ('विजय जय!') भन्ने उद्घोषसँगै गरिन्छ।[]

इटालेली राष्ट्रिय फासिस्ट पार्टीका सदस्यहरूले प्रयोग गर्ने फासिस्ट सलामबाट प्रेरित भएर नाजी सलामलाई नाजी पार्टीले सन् १९२६ मा आधिकारिक रूपमा अपनाइएको भएतापनि यस सलामलाई पार्टीभित्र सन् १९२१ बाटै प्रयोग गरिँदै आइएको थियो।[] यस सलामले पार्टीका नेता एडल्फ हिटलरको आज्ञापालन जनाउने र जर्मन राष्ट्र र पछि जर्मनेली युद्ध प्रयासको महिमाको सङ्केत गर्दथ्यो। यो सलाम सर्वसाधारण नागरिकहरूका लागि अनिवार्य थियो भने सन् १९४४ जुलाई २० का दिन मा हिटलरमाथि भएको असफल हत्या प्रयास हुनुअघि परम्परागत सैनिक सलाम कायम राखेका हुनाले यो सलाम सैनिकहरूका लागि प्रायः वैकल्पिक थियो।[]

यस सलामको प्रयोग आधुनिक जर्मनी (स्ट्राफगेजेच्चबुख धारा ८६ आ), अस्ट्रियास्लोभाकियामा गैरकानुनी छ।[] सलामीसँग सम्बन्धित कुनै पनि नाजी वाक्यांशको प्रयोग गर्न पनि निषेध गरिएको छ। इटालीमा यदि यसलाई 'अप्रचलित राष्ट्रिय फासिस्ट पार्टीलाई पुनर्स्थापना गर्ने' उद्देश्य वा यसको विचारधारा वा सदस्यहरूलाई प्रशंसा वा प्रवर्धन गर्न प्रयोग गरिन्छ भने मात्र यो आपराधिक अपराध मानिन्छ।[] क्यानडा र अधिकांश युरोपेली देशहरूमा (चेक गणतन्त्र, फ्रान्स, नेदरल्यान्ड, स्विडेन, स्विट्जरल्यान्ड, बेलायत, युक्रेनरूससहित), सलामको प्रदर्शन गर्नुलाई आपराधिक क्रियाकलाप नमानिने भएतापनि यदि यसलाई नाजी विचारधाराको प्रचारका लागि प्रयोग गरियो भने कार्वाही हुने प्रावधान रहेको छ।[] अस्ट्रेलियामा धार्मिक, शैक्षिक, कलात्मक, साहित्यिक वा वैज्ञानिक उद्देश्यका लागि मात्र प्रयोग नगरी अन्य उद्देश्यका साथ सार्वजनिक रूपमा सलाम प्रदर्शन गर्नुलाई अवैध मानिन्छ।[]

  1. IPA: [ziːk haɪ̯l]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Determinative compound Hitlergruß: Hitler see Krech/Stock/Hirschfeld, Deutsches Aussprachewörterbuch, Walter de Gruyter, 2009, p. 587, IPA: [ˈhɪtlɐ]; Gruß: hear Duden: Gruß अभिलेखिकरण १२ अप्रिल २०२३ वेब्याक मेसिन and see Krech/Stock/Hirschfeld, Deutsches Aussprachewörterbuch, Walter de Gruyter, 2009, p. 557: IPA: [ɡʁuːs]
  2. Albrecht Tyrell (Hrsg.): Führer befiehl … Selbstzeugnisse aus der „Kampfzeit“ der NSDAP. Grondrom Verlag, Bindlach 1991, S. 129 f.
  3. Büchner, Alex (१९९१), German Infantry Handbook, 1939–1945: Organization, Uniforms, Weapons, Equipment, Operations, Schipper Publishing, आइएसबिएन 978-0-88740-284-5
  4. Sehmer, Alexander (२० जुलाई २०१५), "Countries where Nazi salute is illegal", The Times of India, मूलबाट २३ जुलाई २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ जुन २०१८
  5. "German gig shut down by police after crowd chants Nazi slogan 'sieg heil'", Sky News, मूलबाट १२ अप्रिल २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ जुलाई २०२३
  6. "Saluto fascista, la Cassazione: "Non è reato se commemorativo" e conferma due assoluzioni a Milano", La Repubblica (इटालेलीमा) (Milan), २०१८-०२-२०, मूलबाट ९ नोभेम्बर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-०१-०३
  7. Jackson, Lewis (८ जनवरी २०२४), "Australia bans Nazi salute and public display of terror group symbols", Reuters, अन्तिम पहुँच ११ जनवरी २०२४

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]