नातिकाजी स्मृति समाज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search

नातिकाजी श्रेष्ठको ब्यक्तित्व र कृतित्वको ब्याख्या, बिशलेशन र चिन्तनका लागि २०६२ सालमा यस नातिकाजी स्मृति समाजको स्थापना भएको हो । यो संस्था एक अविछिन्न उत्तराधिकारवाला, संगठित, स्वशासित, गैर- नाफामुलक, गैर-राजनीतिक तथा गैर-सरकारी सामाजिक संस्था हो ।[१]

कार्यक्षेत्र[सम्पादन गर्ने]

यस संस्थाको कार्यक्षेत्र काठमाडौँ महानगरपालिका रहेको छ । आवश्यकता अनुसार सम्बन्धित जिल्लाको स्थानीय अधिकारीको स्वीकृति लिई  नेपाल अधिराज्य भित्र कार्यक्षेत्र विस्तार गर्न सकिने छ ।

उद्देश्य[सम्पादन गर्ने]

  • १. नेपाली सांगीतिक आकाशमा सुप्रशिद्ध संगीतकार नातिकाजी श्रेष्टको ब्यक्तित्व र कृतित्वको ब्याख्या, विश्लेषण र चिन्तन गर्ने
  • २. नातिकाजी श्रेष्ठको कार्य र कृतिको संरक्षण र सम्बर्द्धन गर्ने
  • ३. सांगीतिक स्रस्टाहरूको व्यक्तित्व र कृतित्वको अध्ययन , बिश्लेषण र अनुसन्धान गराउने
  • ४. नेपाली संगीत सम्बन्धी कृतिहरूको प्रकाशन गर्ने
  • ५. नेपाली संगीत सम्बन्धक व्यक्तित्वहरूको कदर र सम्मान गर्ने
  • ६. नेपाली संगीत गो , सभा, समारोहहरूको  आयोजना गर्ने
  • ७. नातिकजिका कृतिहरूको सङ्ग्रहालयको स्थापना गर्ने
  • ८. संगीत सम्बन्धि छात्रवृत्ति प्रदान गर्ने

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. नातिकाजी स्मृति समाज