नारायणगञ्ज जिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
नारायणगञ्ज
নারায়ণগঞ্জ জেলা
—  जिल्ला  —
BD Narayanganj District locator map.svgबङ्गलादेशको नक्शामा नारायणगञ्ज जिल्लाको अवस्थिति
देश Flag of Bangladesh.svg बङ्गलादेश
विभाग ढाका विभाग
क्षेत्रफल
 - जम्मा ६८३.१४ किमी (२६३.८ वर्ग मी)
जनसङ्ख्या (सन् २०११ को राष्ट्रिय जनगणना अनुसार)
 - जम्मा २,९४८,२१७
 जनघनत्व ४,३१५.७/किमी (११,१७७.६/वर्ग मी)
समय क्षेत्र बङ्गलादेशी मानक समय (युटिसी+०६:००)
हुलाक कोड १४००

नारायणगञ्ज (बाङ्ला: নারায়ণগঞ্জ জেলা) बङ्गलादेशको मध्य भूभागमा पर्ने एक जिल्ला हो। यो जिल्ला ढाका विभाग अन्तर्गत पर्छ। यस जिल्लामा प्राचीन सहर सोनारगञ्ज पर्‍थ्यो। यो जिल्ला मेघना नदिको किनारमा अवस्थित छ भने यस जिल्लाको प्रमुख सहर नारायणगञ्ज सहर हो। नारायणगञ्ज बङ्गलादेशको सबैभन्दा पुरानो औद्योगिक जिल्लाहरू मध्ये एक हो। यस जिल्लामा मुख्यतः जुट र कपडाहरू प्रशोधन गरिन्छ। यस जिल्लाले बङ्गलादेशको अर्थतन्त्रमा ठूलो टेवा पुर्‍याउँदै आएको छ।[१]

भूगोल[सम्पादन गर्ने]

नारायणगञ्ज जिल्ला बङ्गलादेशको मध्य भागमा पर्छ भने यो जिल्ला २३°३३' देखि २४°५७' उत्तर अक्षांश र ९०°२६' देखि ९१°४५' पूर्वी देशान्तरणमा अवस्थित छ। नारायणगञ्ज जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ६८७.७६ वर्ग किलोमिटर अोगटेको। यस जिल्लालाई नरसिङ्दीगाजीपुर जिल्लाले उत्तर, मान्सुगञ्ज जिल्लाले दक्षिण,ब्रहम्मणबाडियाकुमिल्ला जिल्लाले पूर्व र ढाका जिल्लाले पश्चिमबाट घेरेको छ। धनेश्वरी धलु, मेघना, ब्रहम्मपुत्र यस जिल्लाको प्रमुख नदिहरू हुन्।[२]

इतिहास[सम्पादन गर्ने]

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ मा शुरू भएको थियो भने तात्कालिक समयमा नारायणगञ्ज जिल्ला क्षेत्र २ मा अवस्थित थियो। २८ मार्चका दिन पाकिस्तानी सेनाले नारायणगञ्ज सदर उपजिल्ला अन्तर्गत पर्ने उत्तर चासरा भन्ने ठाउँमा अचानक आक्रमण गरेका थिए जसका कारण कयौं मानिसहरूको मृत्यु भएको थियो। ३ अप्रिलका दिन पाकिस्तानी सेनाले बन्दर सदर उपजिल्ला अन्तर्गत पर्ने एक सिरादुवाला भन्ने ठाउँको एक खेलकुद मैदानमा ५४ जना मानिसको सामूहिक हत्या गरेका थिए। बङ्गलादेश मुक्ति अभियानमा बङ्गलादेशको मुक्तिकम लागि लडिरहेका लडाकुहरूले बबुरेल पुलमा ७ आतङ्कबादीको हत्या गरेका थिए। २९ नोभेम्बरका दिन पाकिस्तानी सेनाले नारायणगञ्ज सदर उपजिल्ला अन्तर्गत बुरिगङ्गा नदिको किनारमा १३९ सर्वसाधारणहरूको सामूहिक हत्या गरेका थिए भने त्यस सँगसँगै पाकिस्तानी सेनाले सोनारगाउँमा रहेका सानमण्डी, पिरोजपुर, चलरबाध अादि स्थानहरूमा पनि मानिसहरूको हत्या गरेका थिए।[३]

जनशाङ्खिकि[सम्पादन गर्ने]

जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या २१७३९४८ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ११६१९७१ छ भने महिलाको जनसङ्ख्या १०११९७७ रहेको छ। [४]धर्मका अाधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या २०५७३९८ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ११५१५१ छ।[५] त्यस्तै गरि बुद्ध धर्मवलम्बीको जनसङ्ख्या ६९५, इसाई धर्मको ३८५ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ३१९ रहेको छ। यस जिल्लामा ३०८० मस्जिद, २६९ मन्दिर र १० गृजाघरहरू र ४ बौद्ध गुम्बाहरू रहेका छन्। यस जिल्लामा गरो, होडी, बङ्शी, होदी अादि जनजातिहरू बसोबास गर्छन्।[६]

अर्थतन्त्र[सम्पादन गर्ने]

नारायणगञ्ज जिल्ला व्यापारिक धागो र रङ्गीन वस्तुहरूमा अग्रगामी गरेका छन्। यस जिल्लामा यस्ता खालका साना, मझौला तथा ठूला उद्योगहरू सञ्चालनमा रहेका छन्। यस जिल्लाको मुख्य अाय श्रोत भनेको कृषि पेशा हो। बङ्गलादेश राष्ट्रिय बैंकको अनुसार जिल्ला सकल राष्ट्रिय आय (जीएनआई) र सम्पत्तिको स्वामित्वमा यो जिल्ला तेस्रो स्थान रहेको छ।

यस जिल्लाको मुख्य अाय श्रोतको बाटो भनेको वाणिाज्य हो जसमा जिल्लाकै २३.८७% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै कृषिमा १४.३८%, मजदुरीमा ३.९१, व्यापार र उद्योगमा ७.३१%, सञ्चार र यातायातमा ६.३४%, रेमिटेन्समा ३.७७%, निर्माण क्षेत्रमा २.५३%, अन्य क्षेत्रमा १०.५५%, धार्मिक सेवा ०.२८% र अन्य १४.५६% रहेका छन्।

प्रशासन[सम्पादन गर्ने]

प्रशासकीय नारायणगञ्ज उप विभागको स्थापना सन् १८८२ मा भएको थियो भने पछि सन् १९८४ मा यसलाई जिल्लामा परिणत गरिएको थियो। यस जिल्लामा हाल ५ उपजिल्लाहरू रहेका छन् जसमध्ये सबैभन्दा ठूलो उपजिल्ला आडाइहाजार (१८३.३५ वर्ग किलोमिटर) हो भने सबैभन्दा सानो उपजिल्ला बन्दर (५५.८४ वर्ग किलोमिटर) हो। नरायणगञ्ज सहर निगमको स्थापना सन् २०११ मे ५ का दिन गरिएको थियो। यस जिल्लाका ५ उपजिल्ला यस प्रकार छन्:

शिक्षा[सम्पादन गर्ने]

यस जिल्लाको कुल साक्षरता दर ५१.७% रहेको छ जसमध्ये पुरुषको साक्षरता दर ५४.९% छ भने महिलाको साक्षरता दर ४६.९% रहेको छ। यस जिल्लामा १६ कलेज, २ प्राविधिक क्याम्पस, २ व्यावसायिक शिक्षण संस्था, १२७ माध्यमिक विद्यालय, ४५८ प्राथमिक विद्यालय, १ सैनिक क्याम्पस, ५६ मदरसाहरू रहेका छन्। यस जिल्लाका केही उत्कृष्ट विद्यालयहरू यस प्रकार छन्; सरकारी तोलाराम कलेज (सन् १९३७), नारायणगञ्ज सरकारी मोहिला कलेज (सन् १९६४), सोनारगाउँ डिग्री कलेज (सन् १९६९), मुरापार डिग्री कलेज, आडाइहाजार सरकारी डिग्री कलेज, कदम रसल कलेज, नारायणगञ्ज कानून क्याम्पस (सन् १९६६), नारायणगञ्ज उच्च विद्यालय (सन् १८८५), आडाइहाजार पाइलट विद्यालय (सन् १८९७), सोनारगञ्ज जेआर शिक्षण संस्था (सन् १९००), बिएम संयुक्त उच्च विद्यालय (सन् १९१०), दुप्तारा सिसी उच्च विद्याल (सन् १९१२), नारायणगञ्ज सरकारी उच्च विद्यालय (सन् १९५६), बन्दर कन्या उच्च विद्यालय, गोपालदी फजल मदरसा (सन् १९५२), दारुसुन्हा कमिल मदरसा, आदि।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. ভূঁইয়া, মোকাম্মাল এইচ (2012). "নারায়ণগঞ্জ জেলা". In ইসলাম, সিরাজুল; জামাল, আহমেদ. বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण). বাংলাদেশ এশিয়াটিক সোসাইটি. http://en.banglapedia.org/index.php?title=Narayanganj_District. 
  2. "নারায়ণগঞ্জ, বাংলাদেশের ভৌগলিক সমন্বয়সমূহ। অক্ষাংশ, দ্রাঘিমাংশ এবং নারায়ণগঞ্জের সমুদ্র স্তর থেকে উচ্চতা", २०१९-१०-२२। 
  3. ইসলাম (सन् २०१२). "পাট শিল্প". In ইসলাম; জামাল, Ahmed A.. বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण). বাংলাদেশ এশিয়াটিক সোসাইটি. http://en.banglapedia.org/index.php?title=Jute_Industry. 
  4. "আদমশুমারি ও গৃহগণনা-২০১১" (ইংরেজিमा), বাংলাদেশ পরিসংখ্যান ব্যুরো, ২২ অক্টোবর ২০১৯। 
  5. ফিডব্যাক বিশ্ব (৬ মার্চ ২০১৭), "দেশ তুলনা: জনসংখ্যা" (ইংরেজিमा), কেন্দ্রীয় গোয়েন্দা সংস্থা। 
  6. "আদমশুমারি ও গৃহগণনা-২০১১" (ইংরেজিमा), বাংলাদেশ পরিসংখ্যান ব্যুরো, ২২ অক্টোবর ২০১৯। 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]