सामग्रीमा जानुहोस्

नारायणी डेभलपमेन्ट बैङ्क

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नारायणी डेभलपमेन्ट बैङ्क
व्यवसाय प्रकार
'ख' वर्गको इजाजतपत्र प्राप्त संस्था
उद्योगबैङ्किङ
स्थापित२०५८ असोज १२
केन्द्रीय कार्यालयसाझा पेट्रोल पम्प पछाडि, भरतपुर- १०, चितवन
सेवा क्षेत्र
नेपाल
मुख्य व्यक्ति
चन्द्रमान मलेकु (अध्यक्ष)
विष्णु रेग्मी (कार्यकारी अधिकृत)[]
कुल सम्पत्ति२६.२५ करोड
वेबसाइटndbl.com.np

नारायणी डेभलपमेन्ट बैङ्क नवलपरासी, चितवन र मकवानपुर गरि ३ जिल्लामा सेवा सञ्चालन गर्ने अनुमति प्राप्त गरेको एक विकास बैङ्क हो।[] यसले नेपाल राष्ट्र बैंकबाट 'ख' वर्गको इजाजतपत्र प्राप्त गरेको छ।[]

नारायणी विकास बैंक लिमिटेडले सुरुमा २०५८ असोज १२ देखि जिल्ला स्तरीय "ख" वर्गको इजाजतपत्र प्राप्त वित्तीय संस्थाको रुपमा नारायणी ‌‌औधोगिक विकास बैंक लिमिटेडको नामबाट कारोबार सञ्चालन गरेको थियो र पछि यसको नाम परिवर्तन गरी नारायणी डेभलपमेन्ट बैंक लिमिटेड राखिएको। बैंकको प्रधान कार्यालय चितवनको भरतपुर–१० मा रहेको छ। बैंकको टाँडी, यज्ञपुरी क्यान्सर अस्पताल, भरतपुर अस्पताल, नारायणगढ र पर्सा गरी पाँच वटा शाखा रहेका छन् ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "नारायणी डेभलपमेन्ट बैंकको अध्यक्षमा चन्द्रमान मलेकु", अनलाइन पाना (नेपालीमा), १४ वैशाख २०८१।
  2. "नारायणी डेभलपमेन्ट बैंकको साधारणसभा", नागरिक दैनिक (नेपालीमा), १४ वैशाख २०८१।
  3. "List of Banks and Financial Institutions (Licensed by NRB)", नेपाल राष्ट्र बैंक, अन्तिम पहुँच ५ चैत २०८०
  4. "Introduction", नारायणी डेभलपमेन्ट बैंक, अन्तिम पहुँच ५ चैत २०८०