नारायण प्रसाद दाहाल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search




सभासद् नारायणप्रसाद दाहाल 'सरल' माओवादी अध्यक्ष प्रचण्डको जन्मघर र हालको घर पनि एकै ठाउँका दाहालसँग दाजुभाइ नाता लाग्छ। ०२७ देखि विद्यार्थी राजनीतिबाट राजनीतमा जोडिनुभएको थियो। ०३१ देखि पुष्पलाल श्रेष्ठको पार्टीबाट वाम राजनीतिमा लाग्नुभएका दाहाल ०३४मा मजदूर किसान पार्टीमा र ०३५ देखि चौथो महाधिबेसनमा लाग्नुभएको थियो। उहाँ ०३७मा पार्टीको जिल्ला समितिमा पुग्नुभयो। र, उहाँ पूर्णकालीन हुनुभयो। उहाँ १८ वर्ष अखिल भारत नेपाली एकता समाजमा काम गर्दै प्रवासमा बिताउनुभयो। उहाँ समाजको अध्यक्ष पनि बन्नुभयो। क्षेत्रीय ब्युरो सदस्यहुँदै उहाँ ०६०मा माओवादी केन्द्रीय सदस्यसमेत बन्नुभयो। केन्द्रीय सदस्य बनेपछि जाजरकोट, सूर्खेत, डोल्पा, कास्की आदि जिल्लामा काम गर्नुभयो। अन्तरिम व्यवस्थापिका विधायकसमेत रहीसक्नुभएका दाहाल हाल राज्य समिति सचिवालय सदस्य हुनुहुन्छ।

आफ्नो क्षेत्रमा रहेका अल्पसंख्यक चेपाङ जातिको अधिकारलाई सुनिश्चित गर्नु उहाँको एउटा मुख्य एजेण्डा रहेको छ। जनतालाई सत्ताको मालिक बनाउने एजेण्डा बोकेर माओवादी चुनावमा गएको र आफू जनताप्रति समर्पित भएर लामो समयदेखि नै राजनीतिमा रहेकाले आफूलाई जिताएको उहाँको दाबी छ।[१]

सन्दर्भ[सम्पादन गर्ने]