सामग्रीमा जानुहोस्

नारिता अन्तर्राष्ट्रिय विमानस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नारिता अन्तर्राष्ट्रिय विमानस्थल जापानका दुई मुख्य अन्तर्राष्ट्रिय ढोका मध्ये एक हो, अर्को हानेदा अन्तर्राष्ट्रिय विमानस्थल हो। यो टोकियोको केन्द्रबाट करिब ६० किलोमिटर पूर्वमा चिबा प्रान्तको नारिता शहरमा अवस्थित छ। सन् १९७८ मा सञ्चालनमा आएको यो विमानस्थल हाल १,१३७ हेक्टर क्षेत्रफलमा फैलिएको छ र भविष्यमा करिब २,३०० हेक्टरसम्म विस्तार गर्ने योजना बनाइएको छ। यो जापानको सबैभन्दा व्यस्त अन्तर्राष्ट्रिय विमानस्थल हो र सन् २०२२ मा स्काइट्राक्स द्वारा विश्वको चौथो उत्कृष्ट विमानस्थलको रूपमा मूल्याङ्कन गरिएको थियो।[]

इतिहास र निर्माण

[सम्पादन गर्नुहोस्]

नारिता विमानस्थलको निर्माण जापानको सबैभन्दा विवादास्पद पूर्वाधार परियोजनामध्ये एक थियो। सन् १९६० तिर सरकारले सान्रिजुका र सिबायामा गाउँका खेतीयोग्य जमिनलाई बिना परामर्श विमानस्थलका लागि छनोट गर्दा स्थानीय बासिन्दाले तीव्र विरोध सुरु गरेका थिए, जसलाई सान्रिजुका सङ्घर्ष भनिन्छ। यस क्रममा किसान, विद्यार्थी कार्यकर्ता र प्रहरीबीच हिंसात्मक झडपहरू भएर केही मानिसको मृत्यु पनि भयो। सन् १९७८ मा उद्घाटनको केही दिनअघि प्रदर्शनकारीहरूले नियन्त्रण टावरमा घुस्दै उपकरण नष्ट गरेपछि विमानस्थलको उद्घाटन दुई महिनाका लागि स्थगित गर्नुपर्‍यो। अन्ततः मे २० मा जब विमानस्थल खुलेको थियो, हजारौँ प्रहरीको पहरा र फलामे बारले घेरिएको अवस्थामा सञ्चालनमा गरिएको थियो।[][]

यस द्वन्द्वका कारण सरकारले नयाँ सुरक्षा ऐन — New Tokyo International Airport सुरक्षा सुनिश्चितता सम्बन्धी आपतकालीन ऐन पारित गरेको थियो।[] पछि १९८० को दशकमा समेत आगजनी र हत्या-जस्ता हिंसात्मक घटनाहरू घटे। यी घटनाले जापानलाई समुद्रमा कृत्रिम टापुमा कान्साइ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न प्रेरित गर्‍यो, ताकि फेरि भूमि अधिग्रहणमा त्यस्ता समस्या नदोहरियोस्।[]

विकास र निजीकरण

[सम्पादन गर्नुहोस्]

नारिता खुलिसकेपछि जापान एयरलाइन्स, नर्थवेस्ट र प्यान अमेरिकनले आफ्नो अन्तर्राष्ट्रिय हब यहाँ सार्न थाले।[] लामो समयसम्म विमानस्थलमा प्रवेश गर्न पहिचान देखाउनुपर्ने अनिवार्यता थियो, जुन २०१५ मा हटाइयो।[]

सन् २००३ मा ऐन पारित गरी विमानस्थललाई निजीकरण गरी २००४ अप्रिल १ मा नयाँ कम्पनि को नियन्त्रणमा दिइयो।[] हाल यसको मुख्यालय विमानस्थलकै परिसरभित्र अवस्थित छ।[]

विस्तार र संरचना

[सम्पादन गर्नुहोस्]

मूल योजनाअनुसार पाँचवटा धावनमार्ग हुने भनिए पनि विरोधका कारण पहिलो चरणमा मात्र एउटा धावन मार्ग -ए निर्माण भयो। दोस्रो टर्मिनल सन् १९९२ मा सम्पन्न भयो,[१०] र दोस्रो धावनमार्ग- बी २००२ मा सञ्चालनमा आयो, जसलाई २००९ मा विस्तार गरिएको थियो।[११] आज पनि केही किसानहरूले आफ्नो पुर्ख्यौली जग्गा नछोडेका कारण धावनमार्गको आकार र सञ्चालनमा सीमितता रहेको छ।[१२]

यातायात सुविधा

[सम्पादन गर्नुहोस्]

नारिताको टोकियोबाट दूरीका कारण यातायात सुधार परियोजनाहरू आवश्यक परे। हाल जापान रेल को नारिता एक्सप्रेस र केईसेई रेल मार्फत टोकियोसम्म ४० मिनेटभित्र पुग्न सकिन्छ।[१३] विमानस्थल ४७ किमि लामो इन्धन पाइपलाइनमार्फत चिबा बन्दरगाहसँग पनि जडित छ।[१४]

यहाँ निप्पोन एयरलाईन्स र जापान एरलाईन का मुख्य कार्यलयहरू पनि रहेका छन्।[१५]

सन्दर्भ सामाग्री

[सम्पादन गर्नुहोस्]
  1. "Layout, Main Facilities at Narita Airport", naa.jp, अन्तिम पहुँच अक्टोबर १६, २०२३ 
  2. Crabbe, Robert (२० मे १९७८), "Fighting Rages Over Tokyo Airport", Nashua Telegraph 
  3. [https://archive.today/20130204085639/http://www.time.com/time/printout/0,8816,916179,00.html TIME, June 5, 1978.]
  4. "ja:成田国際空港の安全確保に関する緊急措置法" 
  5. New York Times, August 21, 1994.
  6. Matthews, Robert (१९९८), New US-Japan Bilateral Aviation Agreement 
  7. Kohase, Yusuke (२६ मार्च २०१५), "ja:成田空港、30日に検問廃止 ノンストップゲート実施へ" 
  8. "ja:成田国際空港株式会社法" 
  9. "A Member of the Community" 
  10. "[https://web.archive.org/web/20000901043748/http://www.narita-airport.or.jp/airport_e/prof_e/keii_e/dai2_1_e.html Second Passenger Terminal Opened on December 4, 1992]."
  11. [http://search.japantimes.co.jp/cgi-bin/nn20091023a3.html Japan Times, October 23, 2009.]
  12. Craft, Lucy; Novak, Analisa (२०२३-०८-२२), "Japanese farmer has fought for decades to stay on his ancestral land in the middle of Narita airport - CBS News"। 
  13. "Narita at 40 Faces Challenges from Haneda and Asia" 
  14. Yoshikawa, Tadayuki, "成田空港、千葉港とのパイプライン30周年" 
  15. "Nippon Cargo Airlines"