नारीवादी आन्दोलन
नारीवादी आन्दोलन वा महिलावादी आन्दोलन भन्नाले सन्तानधारण सम्बन्धी अधिकार, घरेलु दुर्व्यवहार, मातृत्वकालीन छुट्टी, महिलाहरूको समान तलब, महिलाहरूको मतदान अधिकार, यौन उत्पीडन तथा यौन हिंसा जस्ता विषयहरूलाई सुधार गर्ने उद्देश्यका लागि गरिने निरन्तर राजनीतिक प्रचारको अभियानलाई बुझाउँछ। जाति र समुदायका आधारमा यस आन्दोलनमा प्राथमिकता दिइएका विषयहरू समय अनुसार फरक फरक हुन सक्छदन्।[१]

पश्चिमा देशहरूको केही भागमा महिला आन्दोलनले तीन चरणहरू पार गरिसकेको पाइन्छ जसमा पहिलो चरण मध्यमवर्गीय र उच्चवर्गीय गोरा महिलाहरूको सामाजिक स्थितिमा केन्द्रित थियो भने यस समयमा उनीहरूको मतदान अधिकार र पुरुषहरूसँग राजनीतिक समानता प्राप्त गर्ने विषयमा बढी ध्यान केन्द्रित गरिएको थियो।[२] दोस्रो चरणको नारीवादी आन्दोलनले महिलाहरूको सामाजिक र सांस्कृतिक भेदभावको विरुद्ध प्रतिरोध बढाउने प्रयास गरेको थियो। पहिलो चरणमा मुख्यतया मध्यमवर्गीय गोरा महिलाहरूको सहभागिता भएतापनि दोस्रो चरणको आन्दोलनले अश्वेत महिला र विकासशील देशका महिलाहरूमा एकता ल्याउने लक्ष्यका राखिएको थियो।[३] २१औँ शताब्दीको सुरुवाती दिनहरूमै तेस्रो चरणको नारीवादी आन्दोलन सुरु भएको थियो भने यसमा महिलाहरू विरुद्धको आर्थिक, सामाजिक र सांस्कृतिक भेदभावजस्ता विषयहरूसँगै राजनीतिमा र मिडियामा महिलाको प्रभावलाई अझ बढाउने विषयमा नयाँ रुपमा अभियान चलाइएको थियो।[४] महिलाहरूको गर्भधारण सम्बन्धी अधिकारमा विशेषगरी गर्भपतनको अधिकारलाई कायम राख्ने कुरामा नारीवादीहरूको प्रयास जारी रहेको पाइन्छ। चौथो लहरको आन्दोलनले शक्ति अन्तरसम्बन्धहरूको कुरालाई थप सशक्त बनाइएको थियो।[५]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Young, Stacey (२ जनवरी २०१४), Changing the Wor(l)d, Routledge, आइएसबिएन 978-1-136-66407-6, डिओआई:10.4324/9781315022079।
- ↑ "First Wave Feminism", The Routledge Companion to Feminism and Postfeminism (Routledge), २३ नोभेम्बर २००४: 26–35, आइएसबिएन 978-0-203-01101-0, डिओआई:10.4324/9780203011010-10, अन्तिम पहुँच १० जुलाई २०२१।
- ↑ Martha, Rampton (अक्टोबर २५, २०१५), "Four Waves of Feminism", www.pacificu.edu, मूलबाट २०१५-११-१९-मा सङ्ग्रहित।
- ↑ Mambrol, Nasrullah (२८ अक्टोबर २०१७), "Second Wave Feminism", Literary Theory and Criticism (en-USमा), मूलबाट १० जुलाई २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १० जुलाई २०२१।
- ↑ Mambrol, Nasrullah (२९ अक्टोबर २०१७), "Third Wave Feminism", Literary Theory and Criticism (en-USमा), मूलबाट १० जुलाई २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १० जुलाई २०२१।