सामग्रीमा जानुहोस्

नारीवादी आन्दोलनको दोस्रो लहर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नारीवादको दोस्रो लहर वा नारीवादी आन्दोलनको दोस्रो लहर सन् १९६० को दशकको सुरुवातमा संयुक्त राज्य अमेरिकाबाट सुरु हुँदै विस्तारै बाँकी पश्चिमी विश्व अन्य देशहरूमा फैलिएको एक सङ्गठित नारीवादी सक्रियताको दोस्रो लहर वा आन्दोलन थियो।[] संयुक्त राज्य अमेरिकामा यसको प्रभाव सन् १९८० को दशकको सुरुवातसम्म रहिरहेको थियो। यस आन्दोलनको प्रभाव विश्वका धेरै भागहरू जस्तै; युरोपटर्की, इजरायल र एसियाली क्षेत्रहरूमा परेको थियो। यो आन्दोलन सन् १९८० को दशकमा इजरायलबाट पनि सुरु हुँदा विभिन्न समयमा अन्य देशहरूमा पनि फैलिएको थियो।[]

गोरा जातिका नारीवादीहरूको आवाजले आन्दोलनको प्रारम्भिक दिनदेखि नै प्रभुत्व जमाएका कारण दोस्रो लहरको नारीवादी आन्दोलनका मुद्दाहरूमा प्रायः गोरो वर्णका मध्यवर्गीय र उच्च वर्गीय महिलाहरूले भोग्ने लिङ्गभेदमा केन्द्रित थिए। दोस्रो लहरको प्रारम्भिक दिनहरूमा काला जाति र अन्य जातीय समूहका महिलाहरूको अनुपस्थितिका र कामदार वर्गका महिलाहरूको अनुभवलाई समावेश गरिएको नभएतापनि काला र अन्य जातिका महिलाहरूले सन् १९७० को दशकमा नारीवादी प्रकाशन र राजनीतिक रूपमा सक्रिय समूहहरूको स्थापना गरि लेखन कार्य सुरु गरेका थिए।[][]

नारीवादको पहिलो लहरले महिलाहरूको मताधिकार र लैङ्गिक समानताका अन्य कानुनी अवरोधहरू हटाउन सक्रिय थियो।[] दोस्रो लहरले यस गतिविधिको दायरा विस्तार गर्दै यौनिकता, परिवार, कार्यस्थल, प्रजनन अधिकार, वास्तविक असमानता र संस्थागत कानुनी असमानता जस्ता अन्य धेरै मुद्दाहरू समावेश गरेको थियो।[] मुख्य रूपमा सक्रियताको दोस्रो लहरको परिणामस्वरूप मूलधारका महिलाहरूले विभिन्न व्यवसाय, सेना, सञ्चार माध्यम र खेलकुदमा काम गर्ने अवसरहरू प्राप्त गरिरहेका थिए भने दोस्रो लहरका नारीवादीहरू घरेलु हिंसा, वैवाहिक बलात्कार, बलात्कार आदिसँग सम्बन्धित मुद्दाहरूमा बढी चिन्तित थिए भने उनीहरूले बलात्कारसँग सम्बन्धित मामिलालाई कानुनी दायरामा ल्याउन, विभेदमा परेका महिलाहरूको पुनर्स्थापना गर्न, सम्बन्ध विच्छेद र सम्बन्धित कानूनमा संशोधनतर्फ पनि ध्यान आकर्षित गरेका थिए।[]यस आन्दोलनको मुख्य कार्यक्रम अमेरिकी संविधानमा समान अधिकार संशोधन विधेयक पारित गर्ने प्रयास थियो। सन् १९८० को दशकको नारीवादी यौनिकता बहसले संयुक्त राज्य अमेरिकामा नारीवादको दोस्रो लहरको अन्त्यलाई चिन्हित गरेको र यौनिकता र अश्लील चित्रणको बारेमा हुने गरेका लाका बहसहरूले सन् १९९० को दशकको सुरुवातमा नारीवादी आन्दोलनको तेस्रो लहरको नेतृत्व गरेको भन्ने धारणा थुप्रै इतिहासकारहरूको रहेको छ।[]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Douglas, Carol Anne (जुलाई १९९०), Love and Politics: Radical Feminist and Lesbian Theories, San Francisco, CA, USA: ISM PRESS, आइएसबिएन 9780910383172 
  2. Gilmore, Stephanie (२००४), "No Turning Back: The History of Feminism and the Future of Women, and: Tidal Wave: How Women Changed America at Century's End, and: Feminism in the Heartland (review)", NWSA Journal 16 (2): 190–196, आइएसएसएन 1527-1889, डिओआई:10.1353/nwsa.2004.0054 
  3. Thompson, Becky (२०१९-१२-३१), "2. Multiracial Feminism: Recasting the Chronology of Second Wave Feminism", No Permanent Waves (Rutgers University Press): 39–60, आइएसबिएन 9780813549170, डिओआई:10.36019/9780813549170-004, अन्तिम पहुँच २०२३-०५-१८ 
  4. Springer, Kimberly (२००५), Living for the Revolution: Black Feminist Organizations, 1968–1980 (अङ्ग्रेजीमा), Duke University Press, आइएसबिएन 978-0-8223-3481-1, डिओआई:10.1215/9780822386858 
  5. "women's movement (political and social movement)", Britannica Online Encyclopedia, अन्तिम पहुँच जुलाई २०, २०१२ 
  6. Whelehan, Imelda (१ जुन १९९५), Modern Feminist Thought: From the Second Wave to 'Post-Feminism', Edinburgh University Press, आइएसबिएन 978-0-7486-3208-4, डिओआई:10.1515/9780748632084 
  7. Pierceson, Jason, 1972- (२०१६), Sexual minorities and politics : an introduction, Lanham, Maryland, आइएसबिएन 978-1-4422-2768-2, ओसिएलसी 913610005 
  8. Mann, Susan Archer; Huffman, Douglas J. (२००५), "The Decentering of Second Wave Feminism and the Rise of the Third Wave", Science & Society 69 (1): 56–91, आइएसएसएन 0036-8237, जेएसटिओआर 40404229, डिओआई:10.1521/siso.69.1.56.56799