नारी हत्या
| को शृङ्खलाको भाग हो। |
| महिला विरुद्धका हिंसा |
|---|
| हत्या |
| यौन आक्रमण र बलात्कार |
| विकृति |
| अन्य मुद्दाहरू |
| यौन हिंसाको अन्तर्राष्ट्रिय रूपरेखा |
| सम्बन्धित विषयहरू |
सामान्य अर्थमा कुनै पुरूषले नारीलाई नारी भएकै कारणले हत्या गर्छ भने त्यसलाई नै नारी हत्या भनिन्छ। अर्थात् कुनै पुरूषले मर्दाङ्गी (पुरूषत्वको सोच) वा नारी-विरोधी मानसिकता (स्त्रीद्वेष) राखी कुनै नारीको हत्या गर्दछ भने त्यसलाई नै नारी हत्या भनिन्छ। 'नारी हत्या'को कसुर हुनका लागि पुरूष द्वारा नै नारीको हत्या भएको हुनुपर्छ भन्ने केही विद्वानहरूको मत छ। यद्यपि दक्षिण एसियाका नारीवादीहरू नारीद्वारा नारीको हत्या हुनुलाई पनि 'नारी हत्या'को श्रेणीमा राख्नुपर्छ भन्ने मत व्यक्त गर्छन्। यसरी हेर्दा नारी हत्याको परिभाषामा विद्वानहरूको नै मतऐक्यता देखिँदैन।
यसलाई अत्यन्त गम्भीर अपराध मानिन्छ जुन समाज र संस्कृतिमा कायम रहेको विभेदपूर्ण तथा लैङ्गिक हिंसाको वातावरणमा घट्ने गरेको पाइन्छ। यस्तो हत्या गर्दा महिलालाई पुरूषले यातना दिने, शरीरका अङ्गहरू काटिदिने, जिउँदै जलाउने, अत्याचार गर्ने, यौन हिंसा गर्ने लगायतका अति क्रुर, बर्बर एवं अमानवीय व्यवहार गर्ने गरेको पाइन्छ।
डायना रसेलका अनुसार नारी हत्या महिलाहरूको जीवनमा चल्ने लामो आतङ्कको अन्तिम र चरम विन्दु हो। यस क्रममा महिलाहरूले किसिम किसिमका शारीरिक र मानसिक अत्याचार सहनु पर्ने बाध्यात्मक परिस्थिति देखा पर्छन्—जस्तै: बलात्कार, यातना, यौन दासता (विशेषगरी वेश्यावृत्ति को रूपमा), सन्तानमाथी यौन शोषण (परिवार भित्र वा बाहिरका व्यक्तिबाट), शारीरिक मारपीट र मानसिक उत्पीड़न आदि।
कतिपय देशहरूले नारी हत्यालाई फौजदारी संहितामा अपराधको रूपमा राखेपनि यससम्बन्धी कानूनी परिभाषाहरू अलग-अलग हुन सक्छन्। नारी हत्या सम्बन्धी कानूनहरू मेक्सिको र निकारागुवामा बनाइएका र फेरि खारेज गरिएका थिए।[१]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ García-Del Moral, Paulina; Neumann, Pamela (जुन २०१९), "The Making and Unmaking of Feminicidio/Femicidio Laws in Mexico and Nicaragua [मेक्सिको र निकारागुवामा नारीहत्या सम्बन्धी कानूनहरूको निर्माण र विघटन]", Law & Society Review 53 (2): 452–486, डिओआई:10.1111/lasr.12380।