सामग्रीमा जानुहोस्

निगाता

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

निगाता प्रान्त (新潟県, निगाता केन) जापानको होन्शू द्वीपको चूबू क्षेत्रमा रहेको एक प्रान्त हो। निगाता प्रान्तको जनसङ्ख्या २,१३१,००९ (१ जुलाई २०२३ अनुसार) छ र यो जापानको पाँचौँ सबैभन्दा ठुलो प्रान्त हो। यसको भौगोलिक क्षेत्रफल १२,५८४.१८ वर्ग किमि रहेको छ। निगाता प्रान्तले टोयामा प्रान्त र नगानो प्रान्तलाई दक्षिण-पश्चिममा, गुन्मा प्रान्तलाई दक्षिणमा, फुकुसिमा प्रान्तलाई पूर्वमा, र यामागाता प्रान्तलाई उत्तर-पूर्वमा सिमाना जोडेको छ।[]

निगाता सहर निगाता प्रान्तको राजधानी र सबैभन्दा ठुलो सहर हो, र अन्य प्रमुख शहरहरूमा नागाओका, ज्योएत्सु, र सञ्जो पर्दछन्।

निगाता प्रान्तमा निगाता महानगरको जनसङ्ख्या १,३९५,६१२ रहेको छ।[] यो जापानी समुन्द्रको तटमा रहेको सबैभन्दा ठुलो महानगर हो र जापानको बारहौं ठुलो सहर हो। निगाता प्रान्त ऐतिहासिक रुपमा होकुरिकु क्षेत्रको हिस्सा थियो र यसमा साडो द्वीप पर्छ, जुन जापानको क्षेत्रफलका हिसाबले छैठौ ठुलो द्वीप हो।

निगाता प्रान्त जापानी समुन्द्रको किनारमा फैलिएको छ, र यसको तटीय क्षेत्र लगभग २४० किमी लामो छ। यहाँ पहाड र समुद्रको बीचमा तटीय मैदान रहेको छ। सादो टापु समूह पनि यस प्रान्तमा पर्छ। प्रान्तलाई प्रायः होकुरिकु वा कोसिएत्सु क्षेत्रको हिस्सा मानिन्छ। निगाता प्रान्त सामान्यतया चार भूगोलिक क्षेत्रहरूमा विभाजित गरिएको छ:

  • जोएत्सु क्षेत्र (उपरी दक्षिण)
  • चुएत्सु क्षेत्र (केन्द्र)
  • काएत्सु क्षेत्र (उत्तरी भाग)
  • सादो टापु

जापानको सबैभन्दा लामो सिनानो नदीको मुख निगाता प्रान्तमा पर्छ। २०१४ सम्म प्रान्तको २५% क्षेत्र प्राकृतिक पार्कको रूपमा घोषणा गरिएको थियो।[]

निगाता प्रान्त पहिले इचिगो प्रान्त र सादो प्रान्त मा विभाजित थियो। सेंगोको युग (१५वीं–१६वीं शताब्दी) मा, नागाओ कुल ले निगाता प्रान्तको पश्चिमी भाग, खासगरी कसुगायामा किल्ला बाट शासन गर्थे।[]

निगाता प्रान्तको फुजी रक सङ्गीत उत्सव को आयोजनास्थलको रूपमा प्रसिद्ध छ, जुन नाएबी स्की रिसोर्ट मा हुने गर्छ। यो तीन दिने सङ्गीत महोत्सवमा २०० भन्दा बढी जापानी र अन्तर्राष्ट्रिय कलाकारहरूको सहभागिता हुन्छ र यो जापानको सबैभन्दा ठुलो बाहिरी सङ्गीत महोत्सवहरू मध्ये एक मानिन्छ।

निगाता प्रान्तको अर्थतन्त्र मुख्य रूपमा कृषि, वनजङ्गल, र माछापालनमा निर्भर छ। यहाँ धान उत्पादन प्रमुख कृषि गतिविधि हो, र जापानका अन्य प्रान्तहरू भन्दा निगाता धान उत्पादनमा पहिलो स्थानमा पर्छ। विशेषगरी यहाँ उनोमु क्षेत्र मा कोसिहिकारी जातको धानको उत्पादन प्रसिद्ध रहेको छ, जसलाई जापानको उच्चतम गुणस्तरको धान मानिन्छ।[]

निगाता प्रान्तमा साके, सेनबेई, मोजी, र आरारे जस्ता खाद्य उत्पादनहरू पनि प्रख्यात छन्। साके उत्पादनमा निगाता गुनमा र क्योटो पछि तेस्रो स्थानमा पर्छ। यस प्रान्तमा सजावटी कार्प उत्पादन पनि लोकप्रिय छ। फूल उत्पादनमा, एजेलिया र कट लिलीको सबैभन्दा ठुलो उत्पादन यहाँ हुन्छ, र ट्युलिपको उत्पादनमा तोयामा प्रान्तसँग प्रतिस्पर्धा गर्दछ।

खनिज र निर्माण उद्योग पनि महत्वपूर्ण छन्। यहाँ क्रूड तेल उत्पादन हुन्छ, यद्यपि जापान मुख्यतः तेल आयातमा निर्भर छ। सादो टापुमा रहेको किनजान सुन खानी १९८९ सम्म सक्रिय थियो। सान्जो र चुबामे शहरहरूले जापानमा उत्पादित चादीको सामान उत्पादन गर्छन्।[]

आणवीक उर्जा पनि यहाँको मुख्य उत्पादन थियो। तर फुकुसिमा दाइची दुर्धटना पछि यो बन्द गरिएको छ।

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "2020年度国民経済計算(2015年基準・2008SNA) : 経済社会総合研究所 – 内閣府", 内閣府ホームページ (जापानीमा), अन्तिम पहुँच २०२३-०५-१८ 
  2. Statistics Bureau of Japan
  3. "General overview of area figures for Natural Parks by prefecture", Ministry of the Environment (Japan), १ अप्रिल २०१४, अन्तिम पहुँच १४ फेब्रुअरी २०१५ 
  4. Nussbaum, "Provinces and prefectures" at p. 780, पृ. 780, गुगल बुक्स मा
  5. "お米Q&A : お米の都道府県別生産量上位10位はどこですか? – 米ネット", अन्तिम पहुँच डिसेम्बर १५, २०२४ 
  6. "Japanese Anti-nuclear Candidate Wins Election at Site of World's Biggest Atomic Power Station", The Guardian, Reuters, १७ अक्टोबर २०१६, अन्तिम पहुँच १७ अक्टोबर २०१६