नित्यराज पाण्डे
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
नित्यराज पाण्डे (वि.सं. १९८८ - ) मदन पुरस्कार प्राप्त गर्ने व्यक्तित्त्व हुन्।
जीवनी
[सम्पादन गर्नुहोस्]पाण्डेको जन्म वि.सं. १९८८ साल पौष २० गतेका दिन बालमन्दिर क्षेत्र, भगवतीबहाल, नक्साल, काठमाडौंमा भएको हो। बाबुको नाम सिद्धिराज पाण्डे हो भने आमाको विद्याकुमारी हो। उनले नेपालीमा एम्.ए. र जनप्रशासनमा पोष्ट ग्य्राजुयट गरे। सरकारी सेवामा लामो समय बिताएका पाण्डेले नेपाल, भारत, बङ्गलादेश, थाइल्याण्ड आदि देशको भ्रमण गरे।
कृतिहरू
[सम्पादन गर्नुहोस्]उनको पहिलो रचना वि.सं. २०११मा गोरखापत्र प्रकाशित "लुम्बिनी बगैंचा" शिर्षकको लेख हो। जीवनी र समालोचनामा कलम चलाउने उनका मौलिक कृतिहरूः
१. बौद्ध दिग्दर्शन (लेख सङ्ग्रह)
२. महाकवि देवकोटा (समालोचना, वि.सं. २०१६)
३. काश्यपगोत्रीय पाण्डेको वंशावली
४. विद्याकुमारी पाण्डेले लेखेको कृष्णलीला पट
उनले मोती स्मृति ग्रन्थ, निजामति सेवा पत्रिका र राष्ट्रभाषा (वार्षिक पत्रिका)को सम्पादन पनि गरे। पाण्डेले नेपाली शिक्षा परिषद्को सदस्य र रुद्रराज साहित्य समितिको सचिव भएर पनि काम गरे।
पुरस्कार
[सम्पादन गर्नुहोस्]उनले महाकवि देवकोटा शीर्षकको समालोचनासम्बन्धी ग्रन्थका लागि २०१६ सालमा गद्यतर्फको मदन पुरस्कार प्राप्त गरेका हुन्।