सामग्रीमा जानुहोस्

निन्जा हतोरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
निन्जा हतोरीको चित्र कोरिएको रेल

निन्जा हतोरी-कुन जापानीः(忍者ハットリくん) फुजिको ए. फुजिओद्वारा लिखित तथा चित्राङ्कित एक जापानी मङ्गा शृङ्खला हो। यो माङ्गा १९६४ र १९८८ को बीचमा क्रमबद्ध गरिएको थियो।

यसलाई पछि टेलिभिजन नाटक, १९८१ को एनिमे शृङ्खला, भिडियो गेम र लाइभ-एक्सन चलचित्रमा रूपान्तरण गरियो।

१० वर्षीय केनिची मित्सुबा विद्यालय जाने एक औसत बालक हो र ऊ आफ्नो पढाइमा कम्जोर छ। ऊ धेरै जिद्दी र अल्छी छ, त्यसैले सधैं आफ्ना आमाबाबु र शिक्षकहरूलाई निराश पार्छ।

यसैबीच, कान्जो हत्तोरी नामको बालक निन्जा केनिचीको सबैभन्दा राम्रो साथी बन्छ। हतोरी आफ्नो भाइ सिन्जो र निन्जा कुकुर शिशिमारुसँगै मित्सुबा परिवारको एक हिस्सा बन्छ। हतोरीले केनिचीलाई उनको समस्याको समाधान गर्न मद्दत गर्छ, उनलाई राम्रो साथीको रूपमा निरन्तर नजर राख्छ। युमिकोलाई केनिचीको प्रेमिकाको रूपमा चित्रण गरिएको छ।

मुख्य प्रतिनायकहरू एक कोगा निन्जा केमुमाकी र उनको निन्जा-बिरालो कागेचियो हुन्। केमुमाकीले केनिची र हतोरीका लागि सधैं समस्या सिर्जना गर्छ, कहिलेकाहीँ हतोरी विरुद्ध लड्न नयाँ उपकरणहरू आविष्कार गर्छ तर सधैं दुर्घटनामा समाप्त हुन्छ। हत्तोरी असल साथी भएतापनि केमुमाकीले बनाएको गलत बुझाइका कारण केनिची कहिलेकाहीँ ऊसँग झगडा गर्छ।

यस शृङ्खलाका पाँच मुख्य स्थानहरू: टोकियो शहर, शिन्टो मन्दिर, इगा प्रान्त, इगा पर्वत, र कोगा उपत्यका हुन्।

  • कान्जो हतोरी (ハットリ カンゾウ or 服部 貫蔵)
उनी ११ वर्षको बालक हुन् र, आफ्नो उमेरको बावजुद, एक कुशल निन्जा हुन्। उनले टोकियोमा तालिम लिन इगामा रहेको आफ्नो घर छोडे, टोकियोमा उनी मित्सुबा परिवारसँग बसेका छन्। हत्तोरी-को मुख्य कमजोरी भनेको उनी भ्यागुतासँग डराउँछन् (रानिडाफोबिया)।
  • केनिची मित्सुबा (三葉 ケン一)
  • सिन्जो हत्तोरी (ハットリ シンゾウ or 服部 心蔵)
  • युमिको कवाइ (河合 夢子)
  • सिसिमारु (獅子丸)
  • केमुजोउ केमुमाकी (ケムマキ・ケムゾウ)
  • कागेकियो (影千代)

सहायक पात्र

[सम्पादन गर्नुहोस्]
  • आइको-सेन्सेइ (愛子先生)
  • कोइके-सेन्सेइ (小池先生)
केनिची, युमिको, केमुमाकीका शिक्षक
  • केन्तारो मित्सुबा (三葉 健太郎)
केनिचीका पिता। उनी प्रायः धुम्रपान गर्छन् र साँझ ढिलो आफ्नो कार्यालयबाट आउँछन्।
  • ताएको मित्सुबा (三葉 妙子)
केनिचीकी आमा। केनिचीको लगातार खराब ग्रेड र अध्ययन भन्दा बढी खेल्ने उनको बानीले उनलाई निराश बनाउँछ।
  • सुबामे (ツバメ)
उनी हतोरीलाई मन पराउँछिन् र उनीसँग विवाह गर्न चाहन्छिन्। उनलाई केमुमाकी र कागेकियो मन पर्दैन। उनले गुलाबी रङको निन्जा पोशाक लगाउँछिन्।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]