निबुवाको लेदो अचार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
निबुवाको लेदो अचार

आवश्यक सामग्री

निबुवाको बिजुला ४०० ग्राम

हरियो खर्ुसानी ३०० ग्राम (टुक्रा पारेको)

अदुवा २०० ग्राम (टुक्रा पारेको)

लसुन १०० ग्राम (टुक्रा पारेको)

खर्ुसानीको धूलो ५ ग्राम

नुन २५ ग्राम

वीरेनुन ५ ग्राम

कालो जिरा ५ ग्राम

जिराको धूलो ५ ग्राम

धनिया"को धूलो २० ग्राम

रायोको धूलो २० ग्राम

मूलाको बीउको

धूलो २० ग्राम

सुप १० ग्राम

टिम्मुरको धूलो ३ ग्राम

बेसार १० ग्राम

हिङ ५ ग्राम

ज्वानो १० ग्राम (पिसेको)

मेथी १५ ग्राम (पिसेको)

ल्वाङ, सुकमेल,

दालचिनी १० ग्राम

तेल ६०० मि.ली.

बनाउने विधि :

 प्यानमा तेल तताउने, हरियो खर्र्सानी फ्राई गर्ने र क्रमशः लसुन, अदुवाको साथै मरमसला र नुन फ्राई गरेपछि झिकेर छोपेर राख्ने ।

 अर्को पेनमा निबुवा पकाउने, बिजुला लेदो भएपछि झिकेर सेलाउने ।

 फ्राई गरेको मरमसला राखेर राम्ररी फिट्ने र सफा सिसिमा राखेर बिर्को बन्द गर्ने ।

 यो ताजै खादा पनि हुन्छ । अथवा लामो समयसम्म पनि राखेर खान सकिन्छ ।


अचार