निरोली कोट

निरोली कोट डोटी जिल्लाको जोरायल गाउँपालिका–६ निरौलीमा अवस्थित एक किल्ला वा दरबार हो। विसं १४१९ मा तत्कालीन निरैपाल (निरय पाल) राजाले आफ्नो शासनकालमा निर्माण गरेको यो दरबार रैका नागी (नाग) मल्लले कब्जा गरेलगत्तै पाल शासनकाल समाप्त भएको र निरोली निरयपाल राजाका नामबाट पछि गएर यो ठाउँलाई निरौली (निरोली) नाम राखिएको भन्ने किंवदन्ती छ।[१] डोटी क्षेत्रमा अजयमेरु कोट उकु कोट रिसेडी कोट र निरोली कोट एक अर्कासंग सम्बन्धित छन्।
संरचना
[सम्पादन गर्नुहोस्]यस कोटको उचाइ अनुमानित १० देखि १५ फिट र २५.५ फिट उत्तर –दक्षिण चौडाई ३२ फिट पूर्व–पश्चिम लम्बाइ रहेको भग्न कोट घरमा अगाडीका कोठाको भित्रको भाग १२ फिट लम्बाई र ७ फिट चौडाइका दुई कोठा र पछाडिका कोठाको भित्रको भाग १२ फिट लम्बाइ र ११.५ फिट चौडाइका दुई कोठा गरेर जम्मा ४ कोठाहरू छन्। यो कोट ५ हात लामा कटुवा ढुङ्गाले निर्माण गरिएको छ। पूरानो मान्यताका आधारमा यस कोटघर निर्माण गरेको ढुङ्गालगेर आफ्नो घरको शिलान्यास गर्दा फलिफाप हुन्छ भन्ने मान्यता स्थानीयस्तरमा भएको कारणले त्यहाँका बासिन्दाहरू नयाँ घर निर्माण गर्दा त्यस कोटको ढुङ्गालगेर आफ्नो घरको शिलान्यास गर्ने गर्दछन्। यसै कारण कोटमा रहेका ढुङ्गाहरू क्रमिक घटदैे गइरहेका छन्। यस कोटको पश्चिम उत्तरतिर केहीदुरीमा पानी पिउने ठूला–ठूला दुई वटा नाउला (ना) छन्। त्यसमा राजा र रानीको मूर्ति ढुङ्गामा बनाउन लगाई नाउलामाथि राखिएको छ। कोटको माथि डाँडामा राजा निरयपालकै पालाको गौशाला छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ कार्तिकेयपुर् प्रमुख राजवंश अन्तर्गत डोटी बोगटानका बम राजन्यको वंशावली र इतिहास (२०८० फागुन ३) लेखक: लालबहादुर बम, रजवार ठकुरी, रिसेडी