निशा मेहता
निशा मेहता | |
|---|---|
![]() मेहताको तस्विर | |
| नेपालको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री | |
| पद बहाली १३ चैत २०८२ | |
| राष्ट्रपति | रामचन्द्र पौडेल |
| प्रधानमन्त्री | बालेन्द्र शाह |
| पूर्वाधिकारी | सुधा शर्मा |
| खानेपानी मन्त्री | |
| पद बहाली १३ चैत २०८२ | |
| पूर्वाधिकारी | राजेन्द्रसिंह भण्डारी |
| सांसद, प्रतिनिधि सभा | |
| पद बहाली १३ चैत २०८२ | |
| निर्वाचन क्षेत्र | समानुपातिक सूची |
| व्यक्तिगत विवरण | |
| जन्म | ७ अगस्ट १९८७[१] |
| नागरिकता | नेपाली |
| राजनीतिक दल | राष्ट्रिय स्वतन्त्र पार्टी |
| जीवनसाथी | डा. सरोज सिंह[१] |
निशा मेहता (जन्म: २०४४ साउन २२) एक नेपाली राजनीतिज्ञ र परिचारिका हुन्।[२] उनी हाल प्रधानमन्त्री बालेन्द्र शाहको मन्त्रिमण्डलमा स्वास्थ्य तथा जनसङ्ख्या र खानेपानी मन्त्रीका रूपमा कार्यरत छिन्।[३][४]
मेहता प्रतिनिधि सभा निर्वाचन, २०८२मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभामा निर्वाचित भएकी थिइन्। उनी मधेशी महिला क्लस्टर अन्तर्गत समानुपातिक सूचीबाट निर्वाचित भएकी थिइन्।[१]
प्रारम्भिक जीवन र शिक्षा
[सम्पादन गर्नुहोस्]मेहताको जन्म कोशी प्रदेशको सुनसरी स्थित इनरुवामा भएको थियो।[५] उनले भारतको मध्य प्रदेश स्थित जिवाजी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पोस्ट ग्रेजुएट कलेज अफ नर्सिङ, ग्वालियरबाट नर्सिङमा स्नातकोत्तर तहको शिक्षा हासिल गरेकी छिन्।[६]उनी कुशवाहा/कोइरी जातकी हुन्।
राजनीतिक वृत्ति
[सम्पादन गर्नुहोस्]नर्सिङ
[सम्पादन गर्नुहोस्]नेपाल फर्केपछि उनले धरान स्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्लिनिकल नर्सको रूपमा करिब तीन वर्ष काम गरेकी थिइन्। त्यसपछि उनी विराटनगरको विराट टिचिङ अस्पतालमा नर्स र सह-प्राध्यापकका रूपमा आबद्ध भएकी थिइन्।[१][२]
राजनीति
[सम्पादन गर्नुहोस्]उनी राष्ट्रिय स्वतन्त्र पार्टी स्थापनाकाल देखि नै सो पार्टीको साधारण सदस्य रहँदै आएकी थिइन्।[७] २०७९ को निर्वाचनमा पनि उनको नाम पार्टीको समानुपातिक सूचीमा समावेश थियो, यद्यपि सो समयमा उनी सांसद निर्वाचित हुन सकेकी थिइनन्।[८]
व्यक्तिगत जीवन
[सम्पादन गर्नुहोस्]मेहताले कोशी प्रदेश प्रहरी अस्पतालका प्रमुख तथा प्रहरी नायब उपरीक्षक डा. सरोज सिंहसँग विवाह गरेकी छिन्।[१]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- 1 2 3 4 5 Subedi, Arjun (२०२६-०३-२४), "दोस्रो प्रयासमा सांसद् बनेकी निशा मेहता", इकान्तिपुर (नेपालीमा), अन्तिम पहुँच २०२६-०३-२७।
- 1 2 "From Nurse to Minister: Nisha Mehta Takes Charge of Nepal’s Health Sector", Recent News Nepal (अङ्ग्रेजीमा), मार्च २७, २०२६, अन्तिम पहुँच २०२६-०३-२९।
- ↑ "15 ministers in Balendra Shah Cabinet finalised", काठमाडौँ पोस्ट (अङ्ग्रेजीमा), मार्च २७, २०२६, अन्तिम पहुँच २०२६-०३-२७।
- ↑ "Meet the five women ministers in Balen-led cabinet", अनलाइनखबर (अङ्ग्रेजीमा), मार्च २७, २०२६, अन्तिम पहुँच २०२६-०३-२७।
- ↑ "Nisha Mehta sssumes office as Health and Water Supply Minister", द हिमालयन टाइम्स (अङ्ग्रेजीमा), मार्च २७, २०२६, अन्तिम पहुँच २०२६-०३-२९।
- ↑ "Nisha Mehta Biography: From Nurse to Nepal's Health Minister (2026) - FameReports" (अङ्ग्रेजीमा), २०२६-०३-२८, अन्तिम पहुँच २०२६-०३-२८।
- ↑ "नर्स निशा मेहता बनिन् स्वास्थ्यमन्त्री", अनलाइनखबर (नेपालीमा), २०२६-०३-२८, अन्तिम पहुँच २०२६-०३-२९।
- ↑ Kami, Sudip (२०२६-०३-२७), "Facing a daunting task of revamping health sector", काठमाडौँ पोस्ट (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२६-०३-२९।
