निसासी
| निसासी | |
|---|---|
| अन्य नामहरू: | स्वासप्रस्वासमा अवरोध |
| निसासी भएको अवस्थामा चित्रमा देखाइएको जसरी गर्न सकिने एक प्रभावकारी प्राथमिक उपचार | |
| विभाग: | आकस्मिक चिकित्सा, नाक, कान, घाँटी सम्बन्धि |
| लक्षणहरू: | स्वासप्रस्वासमा अवरोध पुग्नु, स्वार फेर्दा ठूलो आवास निस्कनु, बोल्न नसक्नु, आत्तिनु आदि खोकी, घाँटीमा खसखस |
| जटिलता: | न्युमोनिया वा ब्रोन्काइक्टेसिस |
| लक्षण सुरुवात: | केही मिनेटदेखि दिनसम्म पनि |
| कारण: | खानाको टुक्रा वा अन्य कुनै बाह्य वस्तु घाँटीमा अड्किई स्वासप्रस्वासमा अवरोध पुग्ने |
| पहिचान विधि: | लक्षणमा आधारित |
| उपचार: | घाँटीमा अड्किएको खाद्य पदार्थ वा बाह्य वस्तु निकाल्ने वा निल्न सहज बनाउने क्रिया |
निसासी वा स्वास अवरोध स्वासप्रस्वासको एक अप्राकृतिक अवरोध हो। यस निसासीको प्रक्रियामा खानाको टुक्रा वा अन्य कुनै कडा वस्तु जस्ता बाह्य वस्तुहरू अड्किँदा श्वासनलीमा हावाको आपूर्ति बन्द हुन गई मृत्युसम्म पनि हुन सक्छ। सामान्यतया, साना बालबालिका र वृद्धहरूमा श्वासनली अवरोधका कारण मृत्युको जोखिम बढी हुन्छ। निसासीको केही प्राथमिक उपचारहरू पनि रहेका छन् प्राथमिक उपचारबाट पनि समस्य हल नहुने अवस्था रह्यो भने आपतकालीन चिकित्सा सेवाहरू तुरुन्तै लिनुपर्ने हुन्छ।
निल्ने क्रममा हुने निसासी विरुद्ध प्राथमिक उपचार
[सम्पादन]खाना घाँटीमा अड्किएको खण्डमा हातेविधिद्वारा खानाको टुक्रालाई मुखबाट बाहिर निकाल्न वा निल्नमा सहयोग पुर्याउन सकिन्छ भने यसबाहेक यसका केही प्राथमिक उपचारहरूमा उपकरणहरूको पनि प्रयोग गर्न सकिन्छ।
प्राथमिक उपचार
[सम्पादन]खानाको टुक्रा वा अन्य खाद्य वस्तु घाँटीमा अड्किई स्वासप्रस्वासमा अवरोध पुर्याएको खण्डमा, खोकी एक प्राथमिक उपचार हो। यदि पीडितले खोक्न सकिरहेको छैन भने, तल देखाइएको जसरी हाते विधि अपनाउन सकिन्छ।[१]
सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ American Red Cross, "Conscious Choking", redcross.org, अन्तिम पहुँच २०२५-११-२५। अभिलेखिकरण २०२०-०२-१० वेब्याक मेसिन