नीलफामारी जिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

नीलफामारी

নীলফামারী
बङ्गलादेशको नक्सामा नीलफामारीको अवस्थिति
बङ्गलादेशको नक्सामा नीलफामारीको अवस्थिति
निर्देशाङ्क: २५°५७′N ८८°५७′E / २५.९५°N ८८.९५°E / 25.95; 88.95निर्देशाङ्कहरू: २५°५७′N ८८°५७′E / २५.९५°N ८८.९५°E / 25.95; 88.95
देशFlag of Bangladesh.svg बङ्गलादेश
विभागरङ्पुर
क्षेत्रफल
 • जम्मा१,५४६.५९ किमी (५९७.१४ वर्ग माइल)
जनसङ्ख्या
 (२०११)
 • जम्मा१,८३४,२३१
 • घनत्व१,२००/किमी (३,१००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशको प्रमाणिक समय)

नीलफामारी बङ्गलादेशको उत्तरमा पर्ने एक जिल्ला हो। सन् २०१० जनवरी २५ का दिन बङ्गलादेशको आठौँ विभागको रूपमा यो जिल्लालाई रङ्पुर विभाग अन्तर्गत राखिएको थियो। यो जिल्ला राजधानी सहर ढाकाबाट ४०० किलोमिटर उत्तर-पश्चिममा पर्छ। यो जिल्लाको सदरमुकाम तथा राजधानी नीलफामारी सहर हो।

नीलफामारी जिल्ला बङ्गलादेशको उत्तरमा पर्छ भने यो जिल्ला २५°४४' देखि २६°१९' उत्तर अक्षांश र ८८°४४' देखि ८९°१२' पुर्वी देशान्तरणमा अवस्थित छ। नीलफामारी जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १५८०.८५ वर्ग किलोमिटर ओगटेको छ। यस जिल्लालाई भारतको पश्चिम बङ्गाल राज्यले उत्तर, रङ्पुर जिल्लाले दक्षिण, लालमनिरहाट जिल्लाले पूर्व र दिनाजपुर जिल्लाले पश्चिमबाट घेरेको छ। टिस्टा, बुरुटिस्टा, इसामती, जमुनेश्वरी, चलरकाटा, सर्वमङ्गला आदि यस जिल्लाका प्रमुख नदीहरू हुन्।[१] [२]

शब्दको उत्पत्ति[सम्पादन गर्ने]

लगभग २०० वर्ष अगाडि ब्रिटिस शासनको समयमा ब्रिटिस शासकहरूले फुस्रे घाँस (बङ्गलादेशको स्थानीय भाषामा नील)को खेती गर्नको लागि यो ठाउँलाई उपयुक्त ठानेर यहाँ खेती सुरु गरेका थिए। फुस्रे घाँस खेती गर्नको लागि एकदमै उर्वर जमिन भएकोले ब्रिटिसहरूले यहाँ घाँस उत्पादन गर्नको लागि यस क्षेत्रका विभिन्न ठाउँहरूमा खेती सुरु गरिएको थियो। यस क्षेत्रमा बसोबास गर्ने मानिसका अनुसार 'निल खामारी' शब्द 'नील खामार' (त्यहाँको स्थानीय भाषा 'खामार'को अर्थ खेत हुन्छ)बाट आएको हो। त्यसैले वर्तमान नाम 'नीलफामारी' शब्द 'नील खामारी'बाट आएको हो।[३]

इतिहास[सम्पादन गर्ने]

नीलफामारी जिल्ला पहिले राजशाही विभागको अधीनमा थियो। नीलफामारी उपजिल्ला सन् १८७५ मा स्थापना भएको थियो भने पहिले यो उपजिल्ला रङ्पुर जिल्लाको एक भाग थियो। सन् १९८४ मा यस उपजिल्लालाई जिल्लामा परिणत गरिएको थियो। यस जिल्लामा हाल ३ नगरपालिका, ३३ वडाहरू, ६५ मुहल्ला, ६२ सङ्घ परिषद्, ३९० मौजा र ३७० गाउँहरू रहेका छन्।[४]

केही उतारचढावहरू[सम्पादन गर्ने]

सन् १९४० को दशकमा यस जिल्लाको डोमर र डिमला उपजिल्लामा ऐतिहासिक तिभगा आन्दोलन फैलिएको थियो। सन् १९८० को दशकमा आसाम-बङ्गाल रेल सेवाको सयदपुर उपजिल्लामा स्थापना गरिएको थियो भने बिहारीउर्दु भाषा बोल्ने मानिसहरू यस उपजिल्लामा काम गर्नका लागि भित्रिएका थिए। ब्रिटिस शासनकालमा सयदपुरमा तात्कालिक शासकहरूले आसामबङ्गाल राज्यमा टेलिफोन सेवाको स्थापना गरेका थिए भने सयदपुर राजधानी ढाकाचट्टोग्राम पछिको तेस्रो ठूलो सहरको रूपमा परिचित थियो। सयदपुरमा उत्तर बङ्गालको पहिलो विमानस्थलको पनि स्थापना भएको थियो भने ब्रिटिस शासनकामा यस क्षेत्रमा सैनिक किल्लाहरूको पनि स्थापना गरिएको थियो।

बङ्गलादेश मुक्ति युद्ध[सम्पादन गर्ने]

सन् १९७१ मा बङ्गलादेशको स्वतन्त्रता युद्ध सुरु भएको थियो भने २३ मार्चका दिन सयदपुरमा बसोबास गर्ने बिहारीहरूले आक्रमण गरी थुप्रै बङ्गाली मानिसहरूको हत्या गरेका थिए। सन् १९७१ अप्रिल ७ का दिन पाकिस्तानी सेनाले सयदपुर उपजिल्लाका मानिसहरूलाई यातना दिने र सामूहिक हत्या गर्न सुरु गरेका थिए। ७ अप्रिलका दिन बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकुहरूले ३०० बन्दुक र १०,००० गोलीहरू युक्ति गरी जम्मा पारेका थिए। ८ अप्रिलका दिन पाकिस्तानी सेनाले नीलफामारी जिल्ला कब्जामा लिएका थिए। मे महिनामा पाकिस्तानी सेनाले किशोरगञ्ज उपजिल्लाका एक प्रख्यात व्यापारी रविन्द्रनाथ कुन्डालाई कब्जामा लिएर लामो समय यातना दिएपछि उनको हत्या गरिदिएका थिए। २३ जुनका दिन पाकिस्तानी सेनाले सयदपुरको गोलाहाट भन्ने ठाउँमा ३५० स्थानीय मानिसहरूको गोली हानेर सामूहिक हत्या गरेका थिए। ११ डिसेम्बरका दिन पाकिस्तानी सेनाले किशोरगञ्जका मुसफिजुर रहमानलाई कब्जामा लिएका थिए भने पछि उनको पनि हत्या गरिदिएका थिए। १४ डिसेम्बरका दिन पाकिस्तानी सेना र बङ्गलादेशको मुक्तिका लागि लडिरहेका सेनाबीच गोली हानाहान भएको थियो भने उक्त घटनामा परि २ लडाकुहरूको मृत्यु भएको थियो।

जनसङ्ख्या[सम्पादन गर्ने]

जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या १५,७१,६९० रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ८,१०,२६८ छ भने महिलाको जनसङ्ख्या ७,६१,४२२ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १३,११,९१४ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या २,५७,६३५ छ। त्यस्तै गरी बुद्ध धर्मवलम्बीको जनसङ्ख्या ८७७, इसाई धर्मको १५५ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या १,१०९ रहेको छ। यस जिल्लामा सन्तल जनजातिको बसोबास रहेको छ।[५]

अर्थतन्त्र[सम्पादन गर्ने]

नीलफामारी जिल्ला एक कृषि प्रधान जिल्ला हो। यस जिल्लामा मुख्यतः धान, आलु, गहुँ, सुर्ती र अन्य थुप्रै मौसम अनुसारका अन्नहरू उत्पादन हुन्छ। यस जिल्लाको मुख्य आय स्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ६८.५१% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै ३.९३% मजदुरी, व्यापार र उद्योगमा ०.६६%, वाणिज्यमा ११.७७%, सञ्चार र यातायातमा ३.०६%, रेमिटेन्समा ०.१७%, सरकारी कार्यलयहरूमा ४.४५%, धर्म सेवामा ०.२३% र अन्यमा ४.८५% रहेका छन्।[६]

यातायात[सम्पादन गर्ने]

नीलफामारी जिल्ला राजधानी ढाकासँग सिधै गाडी र रेल मार्फत जोडिएको छ। नीलफामारी जिल्लामा निलसागर एक्सप्रेस, बरेन्ड्रो एक्सप्रेस, टुटिमिर एक्सप्रेस, रुप्सा एक्सप्रेस र सिमन्टो एक्सप्रेस रेल सेवाहरू उपलब्ध रहेका छन्। यस जिल्लाका मुख्य सडक यातायात आयोगहरू; ग्रिन लाइन, नविल ट्राभल्स, सायामोली ट्राभल्स, हानिफ ट्राभल्स, एसए ट्राभल्स, बब्लु ट्राभल्स, अगोमनी ट्राभल्स आदि हुन्। यस जिल्लामा केही विमानस्थलहरू पनि रहेका छन्।[७]

शिक्षा[सम्पादन गर्ने]

सन् २०११ को राष्ट्रिय जनगणना अनुसार यस जिल्लाको कुल साक्षरता दर ३८.८% रहेको छ जसमध्ये पुरुषको साक्षरता दर ४४.७% छ भने महिलाको साक्षरता दर ३२.६% रहेको छ। यस जिल्लामा ९५ क्याम्पस, २९५ माध्यमिक विद्यालय, ९४० प्राथमिक विद्यालय, २ सरकारी र १७ गैर सरकारी प्राविधिक शिक्षा संस्था र ११५ मदरसाहरू रहेका छन्। यस जिल्लाका केही उत्कृष्ट विद्यालयहरू यस प्रकार छन्; नीलफामारी सरकारी क्याम्पस (सन् १९८६), किशोरगञ्ज डिग्री क्याम्पस (सन् १९७१), जलढाका डिग्री क्याम्पस (सन् १९७२), सैदपुर मोहिला डिग्री क्याम्पस (सन् १९८१), डिम्ला स्लामी डिग्री क्याम्पस (सन् १९८३), सैदपुर क्याम्पस (सन् १९५३), मसिउर रहमान क्याम्पस (सन् १९५८), सरकारी महिला क्याम्पस (सन् १९७२), डिम्ला मोहिला क्याम्पस (सन् १९९८), नीलफामारी सरकारी उच्च विद्यालय (सन् १८८२), सैदपुर पाइलट कन्या उच्च विद्यालय (सन् १९०४), सैदपुर पाइलट उच्च विद्यालय (सन् १९०६), खागा खरिबारी उच्च विद्यालय (सन् १९०७), नौतारा उच्च विद्यालय (सन् १९११), नीलफामारी सरकारी छात्र उच्च विद्यालय (सन् १९१४), तुलसीराम कन्या उच्च विद्यालय (सन् १९१४), डिम्ला राना बृन्दा सरकारी उच्च विद्यालय (सन् १९१७), डोमर बहुभाषि उच्च विद्यालय (सन् १९१९), मगुरा उच्च विद्यालय (सन् १९२३), जलढाका पाइलट उच्च विद्यालय (सन् १९३९), किशोरगञ्ज बहुभाषी उच्च विद्यालय (सन् १९२३), नीलफामारी सरकारी कन्या उच्च विद्यालय (सन् १९४५), समुलबारी उच्च विद्यालय आदि हुन्।

केही प्रसिद्ध स्थानहरू[सम्पादन गर्ने]

তিস্তা ব্যারেজ

निलसागर : निलसागर नीलफामारी जिल्लामा रहेको एक ऐतिहासिक ठूलो पोखरी हो जुन धोबाडाङ्गा मौजामा अवस्थित छ भने यो पोखरी नीलफामारी जिल्लाको सदरमुकामबाट १४ किलोमिटर उत्तर पश्चिममा रहेको छ। राजा विराटको शासन कालमा यस क्षेत्रका किसानहरूले थुप्रै गाईहरू पालेका थिए जसका कारण राजा विराटले गाईहरूका लागि यस क्षेत्रमा ठूलो पोखरीको निर्माण गरेका थिए। बङ्गलादेश स्वतन्त्र भए पश्चात् यस पोखरीको नाम निलसागर राखिएको थियो। यस पोखरीको पूर्वी किनारमा एक हिन्दु मन्दिर र पश्चिममा एक मस्जिद अवस्थित छ। यस पोखरी २१.४४९ हेक्टरमा फैलिएको छ भने यसको गहिराइ ७ देखि १२ मिटरसम्म रहेको छ। यस पोखरीलाई चारैतिरबाट इँटाका पर्खालहरूले घेरिएको छ। यस पोखरीको भ्रमणका लागि वर्षेणी विदेशी पर्यटकहरू र आगन्तुक चराचुरुङ्गीहरू समेत आउने गरेका छन् भने यस स्थानमा विभिन्न साँस्कृतिक कार्यक्रम पनि आयोजना हुँदै आएको छ।[८]

प्रशासन[सम्पादन गर्ने]

प्रशासकीय नीलफामारी उपजिल्लाको स्थापना सन् १८७५ मा भएको थियो भने पछि सन् १९८४ मा यसलाई जिल्लाको रूपमा परिणत गरिएको थियो। यस जिल्लामा हाल ६ उपजिल्लाहरू रहेका छन् जसमध्ये सबैभन्दा ठूलो उपजिल्ला नीलफामारी सदर (३७३.०९ वर्ग किलोमिटर) हो भने सबैभन्दा सानो उपजिल्ला सैदपुर (१२१.६८ वर्ग किलोमिटर) हो।

उपजिल्ला जनसङ्ख्या पुरुष महिला
नीलफामारी सदर (बङ्गाली: নীলফামারী সদর) ४३५१६५ २१९०८० २१७०८२
सैयदपुर उपजिल्ला (बङ्गाली: সৈয়দপুর २६५४६१ १३४७३७ १३१७२४
जलढाका (बङ्गाली: জলঢাকা) ३४१६७२ १७१४६६ १६९२०६
किशोरगञ्ज (बङ्गाली: কিশোরগঞ্জ) २६१०६९ १३०९३१ १३०१३८
दोमार (बङ्गाली: ডোমার) २४९४२९ १२५३३८ १२४०९१
डिमला (बङ्गाली: ডিমলা) २८३४३८ १४२४१२ १४१०२६
जम्मा १८३४२३१ '९२२९६४ ९११२६७

स्रोत बङ्गलादेश राष्ट्रिय जनगणना तथ्याङ्क (सन् २०११)[९]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "नीलफामारी जिल्लाका नदिहरू"बङ्गलादेश राष्ट्रिय पोर्टल 
  2. "नीरफामारी जिल्ला जानकारी"। बाङ्लापिडिया। 
  3. "नीरफामारी जिल्लाको पृष्ठभूमि"बङ्गलादेश राष्ट्रिय पोर्टल 
  4. "নীলফামারী জেলা - বাংলাপিডিয়া" [नीलफामारी जिल्ला- बाङ्लापिडिया], बाङ्लापिडिया, अन्तिम पहुँच २०२०-०८-१२ 
  5. "नीलफामारी जिल्लाको झलक", बङ्गलादेश राष्ट्रिय पोर्टल (बङ्गालीमा), अन्तिम पहुँच २०२०-०८-१२ 
  6. "नीलफामारी जिल्ला"बङ्थलादेश राष्ट्रिय पोर्टल 
  7. "नीलफामारी जिल्लाको यातायात प्रणाली"बङ्गलादेश राष्ट्रिय पोर्टल 
  8. निलसागर बङ्गलापिडियाबाट, अन्तिम पहुँच मिति: ६ डिसेम्बर २०१४
  9. "जिल्ला तथ्याङ्क"बङ्गलादेश राष्ट्रिय जनगणना विभाग। सङ्ग्रह मिति २०१९-०५-०२ 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]