नाइल नदी
| नाइल | |
|---|---|
युगान्डामा नाइल नदी | |
| स्थान | |
| राष्ट्रहरू | मिस्र, सुडान, दक्षिण सुडान, इथियोपिया, युगान्डा, कङ्गो, केन्या, तान्जानिया, रुवान्डा, बुरुन्डी |
| प्रमुख सहरहरू | जिन्जा, जुबा, खार्तुम, कायरो |
| भौतिक विषेशताहरू | |
| स्रोत | सेतो नाइल |
| • स्थान | बुरुन्डी |
| • भौगोलिक निर्देशाङ्क | ०२°१६′५६″द २९°१९′५३″पू / 2.28222°S 29.33139°E |
| • उन्नतांस | २,००० मी (६,६०० फिट) |
| दोस्रो स्रोत | निलो नाइल |
| • स्थान | ताना ताल, इथियोपिया |
| • भौगोलिक निर्देशाङ्क | १२°०२′०९″उ ०३७°१५′५३″पू / 12.03583°N 37.26472°E |
| मुख | भूमध्य सागर |
• स्थान | नाइल मुखद्वीप, इजिप्ट |
• भौगोलिक निर्देशाङ्क | ३०°१०′उ ३१°०९′पू / 30.167°N 31.150°E |
• उन्नतांस | समुन्द्री सतह |
| लम्बाइ | ६,६५० किमी (४,१३० माइल) |
| जलाधारकाे क्षेत्रफल | ३४,००,००० किमी२ (१३,००,००० वर्ग माइल) |
| चौडाइ | |
| • अधिकतम | २.८ किमी (१.७ माइल) |
| गहिराइ | |
| • औसत | ८–११ मी (२६–३६ फिट) |
| निकास | |
| • स्थान | अस्वान |
| • औसत | २,८३० मी3/सेक (१,००,००० घन फिट/सेक) |
| निकास | |
| • स्थान | कायरो |
| • औसत | १,४०० मी3/सेक (४९,००० घन फिट/सेक)[१] |
नाइल नदी (अरबी: النيل, An Nīl, प्राचीन मिस्री Iteru वा Ḥ'pī, कप्टिक ⲫⲓⲁⲣⲱ Piaro वा Phiaro, अम्हारिक: ዓባይ?; रूपान्तरित: ʿAbbai, तर उच्चारण Abbai) उत्तरी अफ्रिकाको उत्तर तिर बग्ने तथा विश्वको सबैभन्दा लामो नदी हो।
लगभग ६,६५० किमी (४,१३० माइल) लामो रहेको यो नदी विश्वको सबैभन्दा लामो नदी हो। यसको जल निकासी बेसिनले एघार देशहरूलाई समेट्दछ जसमा; प्रजातान्त्रिक गणतन्त्र कङ्गो, तान्जानिया, बुरुन्डी, रुवान्डा, युगान्डा, केन्या, इथियोपिया, इरित्रिया, दक्षिण सुडान, सुडान र इजिप्ट पर्दछन्। यसले यी राष्ट्रहरूको अर्थतन्त्रमा महत्त्वपूर्ण आर्थिक भूमिका खेल्दछ भने यो दक्षिण सुडान, सुडान र इजिप्टमा पानीको प्राथमिक स्रोत हो।
पानी बाँडफाँड विवाद
[सम्पादन गर्नुहोस्]नाइल नदीको पानीले धेरै दशकदेखि उत्तरपूर्वी अफ्रिका र नाइल बेसिनको जनसंख्या, संस्कृति, अर्थतन्त्र र राजनीतिलाई असर गर्दै आएको छ। सबैभन्दा पछिल्लो पानी बाँडफाँड विवाद भनेको इजिप्ट र इथियोपिया बीच ४.५ अर्ब डलरको ग्रान्ड इथियोपियन रिनाएन्स बाँधको विवाद हो, जुन दुवै देशमा राष्ट्रिय चासोको विषय बनेको छ, जसले देशभक्ति, गहिरो डर र युद्धको खतरा पनि जगाएको छ[२]। इजिप्ट र इथियोपिया दुवैमा नाइल नदी र ग्रान्ड इथियोपियन रिनाएन्स बाँध राष्ट्रिय पहिचानका अंश हुन्। इथियोपियामा यसलाई बढ्दो विकासको बाटोको रूपमा हेरिन्छ, जबकि इजिप्टमा खडेरी र पानीको अभावको डर व्याप्त छ।[३] इजिप्टको लागि, नाइल नदीको पानीमा यसको अत्यधिक पहुँचलाई औचित्य दिन, १९०२, १९२९ र १९५९ मा हस्ताक्षर गरिएका तीन सन्धिहरू प्रयोग गरिन्छ, जसको आलोचना गरिन्छ। १९०२ र १९२९ का सन्धिहरू उपनिवेशवादबाट धेरै प्रभावित थिए किनभने ब्रिटिश साम्राज्यले अफ्रिकी उपनिवेशहरूलाई ब्रिटिश इजिप्टको फाइदाको लागि नाइल नदीको पानीमा सम्झौता गर्न बाध्य पारेको थियो। उपनिवेशवादको अन्त्य र उत्तर-उपनिवेशवादको उदयसँगै, यी सन्धिहरूलाई औपनिवेशिक उपजको रूपमा हेरिन्छ, जसले आफ्नो वैधता गुमाइसकेका छन्।[४] सन्धिहरूमा नाइल नदीको पानीको वितरणले नाइल नदीको बेसिनमा सुडान र इजिप्टको गठबन्धनको जग पनि खडा गर्छ। दुवै राज्यले १९५९ को सम्झौतामा लगभग सबै नाइल नदीको पानी आपसमा बाँडेका थिए र अझै पनि नाइल नदीको पानीको सम्बन्धमा आफ्नो राजनीतिलाई पङ्क्तिबद्ध गर्छन्। [५][६] ग्रान्ड इथियोपियाली रिनाएन्स बाँधको घोषणा पछि, सुडान र इजिप्टले सँगै तीनवटा सैन्य अभ्यास गरेका थिए।[७][८]
खतरा
[सम्पादन गर्नुहोस्]बाढी पछि हुने बालीनालीको विनाश, भोकमरी, रोग र अनिकाल सहित - सबै प्राकृतिक प्रकोपहरूमध्ये आन्तरिक बाढीका घटनाहरूले सबैभन्दा बढी हताहत निम्त्याउँछन्। यसअघि एउटै बाढीका घटनाका कारण लाखौं मानिसहरूको मृत्यु भइसकेको छ।
वारपार
[सम्पादन गर्नुहोस्]सन्दर्भ समाग्री
[सम्पादन गर्नुहोस्]- ↑ Struglia, Maria Vittoria; Mariotti, Annarita; Filograsso, Angelo (१५ डिसेम्बर २००४), "River Discharge into the Mediterranean Sea: Climatology and Aspects of the Observed Variability", Journal of Climate 17 (24): 4740–4751, डिओआई:10.1175/JCLI-3225.1, बिबकोड:2004JCli...17.4740S।
- ↑ Walsh, Decian (९ फेब्रुअरी २०२०), "For Thousands of Years, Egypt Controlled the Nile. A New Dam Threatens That", The New York Times, मूलबाट १० फेब्रुअरी २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १० फेब्रुअरी २०२०।
- ↑ Yihdego, Zeray (२०१७-०५-२५), "The Fairness 'Dilemma' in Sharing the Nile Waters: What Lessons from the Grand Ethiopian Renaissance Dam for International Law?", Brill Research Perspectives in International Water Law 2 (2): 2–3, आइएसएसएन 2352-9350, डिओआई:10.1163/23529369-12340006।
- ↑ Milas, Seifulaziz Leo (२०१३), Sharing the Nile: Egypt, Ethiopia and the geo-politics of water, London: Pluto Press, पृ: 65–68, 72–73, आइएसबिएन 978-1-84964-813-4।
- ↑ Ranjan, Amit (२०२४-०१-०२), "Grand Ethiopian Renaissance Dam dispute: implications, negotiations, and mediations", Journal of Contemporary African Studies (अङ्ग्रेजीमा) 42 (1): 18, 23–24, आइएसएसएन 0258-9001, डिओआई:10.1080/02589001.2023.2287425।
- ↑ Matthews, Ron; Vivoda, Vlado (२०२३-०७-०४), "'Water Wars': strategic implications of the grand Ethiopian Renaissance Dam", Conflict, Security & Development (अङ्ग्रेजीमा) 23 (4): ३३९, आइएसएसएन 1467-8802, डिओआई:10.1080/14678802.2023.2257137।
- ↑ Matthews, Ron; Vivoda, Vlado (२०२३-०७-०४), "'Water Wars': strategic implications of the grand Ethiopian Renaissance Dam", Conflict, Security & Development (अङ्ग्रेजीमा) 23 (4): ३४९, आइएसएसएन 1467-8802, डिओआई:10.1080/14678802.2023.2257137।
- ↑ İlkbahar, Hasan; Mercan, Muhammed Hüseyin (२०२३), "Hydro-Hegemony, Counter-Hegemony and Neoclassical Realism on the Nile Basin: An Analysis of Egypt's Response to the Grand Ethiopian Renaissance Dam (GERD)", Journal of Asian and African Studies (अङ्ग्रेजीमा) 60 (2): 7–8, आइएसएसएन 0021-9096, डिओआई:10.1177/00219096231188953।