नुवाकोट आदर्श क्याम्पस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नुवाकोट आदर्श बहुमुखी क्याम्पस नुवाकोट जिल्लाको नुवाकोटबिदुर नगरपालिका वडा नं ४ बट्टार बजारमा अवस्थित एक सामुदायिक कलेज हो । यसले त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन लिएको छ । नुवाकोट जिल्ला कै शैक्षिक धरोहरका रूपमा स्थापित यश कलेजमा हाल स्नातकोत्तर तह सम्मको पठनपाठन भइरहेको छ ।शिक्षा , वाणिज्य र मानविकी सङ्कायका विभिन्न विषयहरु पठनपाठन भइरहेको यश क्याम्पसमा स्नातकोत्तर तहमा भने शिक्षा र वाणिज्य सङ्कायमा मात्र पठनपाठन हुन्छ । शिक्षा शास्त्र सङ्काय तर्फ स्नातकोत्तर तहमा नेपाली , अङ्ग्रेजी , जनसङ्ख्या र शिक्षा योजना तथा व्यबस्थापन बिभागका विषय अध्यापन हुन्छ ।[१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. त्रिभुवन विश्वविद्यालय सम्वन्धित क्याम्पसहरू वेब्याक मेसिन अभिलेखिकरण २०१३-०७-२४ मिति