नुसरत भुट्टो
नुसरत भुट्टो | |
|---|---|
| نصرت بوتو (फारसी) نُصرت بُھٹّو (उर्दु) | |
नुसरत भुट्टो | |
| प्रथम पाकिस्तानको वरिष्ठ मन्त्री | |
| कार्यकाल ३१ मार्च १९८९ – ६ अगस्ट १९९० | |
| प्रधानमन्त्री | बेनजीर भुट्टो |
| पूर्वाधिकारी | जुल्फिकार अली भुट्टो |
| उतराधिकारी | राव सिकन्दर इक्बाल |
| पाकिस्तान पिपुल्स पार्टीको दोस्रो अध्यक्ष | |
| कार्यकाल ४ अप्रिल १९७९ – १० जनवरी १९८४ | |
| पूर्वाधिकारी | जुल्फिकार अली भुट्टो |
| उतराधिकारी | बेनजीर भुट्टो |
| पाकिस्तानको प्रधानमन्त्रीको जीवनसाथी | |
| कार्यकाल १४ अगस्ट १९७३ – ५ जुलाई १९७७ | |
| प्रधानमन्त्री | जुल्फिकार अली भुट्टो |
| पूर्वाधिकारी | नुरुल आमिन |
| उतराधिकारी | मुहम्मद खान जुनेजो |
| पाकिस्तानको प्रथम महिला | |
| कार्यकाल २० डिसेम्बर १९७१ – १४ अगस्ट १९७३ | |
| राष्ट्रपति | जुल्फिकार अली भुट्टो |
| पूर्वाधिकारी | अयुब खान |
| उतराधिकारी | फजल इलाही चौधरी |
| व्यक्तिगत विवरण | |
| जन्म | नुसरत इस्पहानी २३ मार्च १९२९ इस्पहान, इस्फान प्रदेश, फारस |
| मृत्यु | २३ अक्टोबर २०११ (उमेर ८२) दुबई, दुबई इमिरेट्स, संयुक्त अरब इमिरेट्स |
| तरिका | अल्जाइमर |
| चिहान | भुट्टो परिवारको चिहान |
| राष्ट्रियता |
|
| राजनीतिक दल | पाकिस्तान पिपुल्स पार्टी |
| जीवनसाथी | |
| सन्तान | |
| आफन्तहरू | भुट्टो परिवार हेर्नुहोस् |
| मातृ शिक्षाप्रतिष्ठान | कराची विश्वविद्यालय |
| जीवनवृति | राजनीतिज्ञ |
| उपनाम | मादरे जम्हुरियत ("लोकतन्त्रकी आमा") |
बेगम नुसरत भुट्टो (फारसी: نصرت بوتو; सिन्धी: نصرت ڀٽو; उर्दु: نُصرت بُھٹّو; जन्म उपनाम इस्पहानी [फारसी: اسپهانی]; २३ मार्च १९२९ – २३ अक्टोबर २०११) (जन्म: ) इरानी मूलकी पाकिस्तानी सार्वजनिक व्यक्तित्व थिइन् जसले सन् १९७१ देखि १९७७ सम्म पाकिस्तानको प्रथम महिलाको रूपमा सेवा गरेकी थिइन्। उनी पाकिस्तानको राष्ट्रपति र प्रधानमन्त्री जुल्फिकार अली भुट्टोकी पत्नी थिइन्। उनले सन् १९८८ देखि १९९० सम्म आफ्नी छोरी बेनजीर भुट्टोको सरकारमा सङ्घीय मन्त्रिपरिषद्को वरिष्ठ सदस्यको रूपमा पनि काम गरेकी थिइन्।
उनको जन्म इस्फहानमा कुर्द मूलको एक धनी व्यापारी परिवारमा भएको थियो[१][२] र बेलायती भारतको विभाजन पछि कराची सर्नु अघि उनको परिवार बम्बईमा बसोबास गरेको थियो। उनले सन् १९५० मा अर्धसैनिक महिला बलमा सामेल भएकी थिइन्, तर एक वर्ष पछि उनले जुल्फिकार अली भुट्टोसँग विवाह गरेपछि उनी त्यहाँबाट निस्किएकी थिइन्। उनी आफ्ना पतिसँग अक्सफोर्डसायर सरेकी थिइन्, जो त्यतिबेला कानुनी शिक्षा लिइरहेका थिए। उनी भुट्टोसँगै पाकिस्तान फर्किएकी थिइन् र पछि पाकिस्तानको विदेशमन्त्रीको रूपमा सेवा गरेकी थिइन्। उनका पतिले पाकिस्तान पिपुल्स पार्टी स्थापना गरेपछि, इस्फहानीले पार्टीको महिला शाखाको नेतृत्व गरेकी थिइन्।[३] सन् १९७१ मा भुट्टो प्रधानमन्त्री निर्वाचित भएपछि, इस्फहानी पाकिस्तानको प्रथम महिला बनेकी थिइन् र सन् १९७७ मा उनका पतिलाई हटाइएसम्म सोही पदमा रहेकी थिइन्। उनकी छोरी, बेनजीर भुट्टोले तुरुन्तै पाकिस्तान पिपुल्स पार्टीको नेताको रूपमा आफ्नो बुबाको उत्तराधिकारी बनेकी थिइन्। घरमै नजरबन्दमा रहँदा, इस्फहानीले आफ्ना पतिको मृत्युदण्ड रोक्न असफल कानुनी लडाई लडेकी थिइन्। भुट्टोको मृत्युदण्ड पछि, इस्पहानी आफ्ना छोराछोरीहरू सहित लन्डन निर्वासनमा गरेकी थिइन्, जहाँबाट उनले सन् १९८१ मा जिया उल हकको शासनको अहिंसात्मक विरोध, लोकतन्त्र पुनर्स्थापना आन्दोलनको सह-स्थापना गरेकी थिइन्।[४]
सन् १९८६ मा छोरी बेनजीरको पुनरागमन गरेपछि उनी पाकिस्तान फर्किएकी थिइन्। सन् १९८८ मा पिपुल्स पार्टीको विजय पछि, उनी राष्ट्रिय सभामा लडकाना जिल्लाको प्रतिनिधित्व गर्दै बेनजीरको मन्त्रिपरिषद्मा बिना विभागीय मन्त्रीको रूपमा सामेल भएकी थिइन्।[५] सन् १९९० मा बेनजीरको सरकार खारेज नभएसम्म उनी मन्त्रिपरिषद्मा रहेकी थिइन्। पछि, उनका छोरा मुर्तजा र उनकी छोरी बेनजीर बीचको पारिवारिक विवादको क्रममा, उनले मुर्तजालाई बेनजीरलाई पार्टी नेताबाट बर्खास्त गर्न नेतृत्व गर्ने पक्षमा थिइन्।[६] सन् १९९६ मा उनकी छोरीको दोस्रो सरकारको समयमा प्रहरी मुठभेडको क्रममा मुर्तजाको हत्या भएपछि इस्पहानीले मिडियासँग कुरा गर्न बन्द गर्दै राजनीतिक संलग्नताबाट टाढा रहेकी थिइन्।[७][८]
इस्पहानी सन् १९९६ मा दुबई सरेकी थिइन् र उनी अल्जाइमर रोगबाट पीडित थिइन्।[९] २३ अक्टोबर २०११ मा उनको मृत्यु नहोउन्जेल बेनजीरले उनलाई जनताको नजरबाट टाढा राखेकी थिइन्। पाकिस्तानमा, इस्पहानीलाई पाकिस्तानमा महिला सशक्तिकरणमा उनको योगदान र पाकिस्तानमा लोकतन्त्रको वकालत गरेकोमा सम्झिन्छन्, जसको लागि उनलाई मादरे जम्हुरियत (नेपाली: "लोकतन्त्रकी आमा") भनेर चिनिन्छ, उनको मृत्युपछि संसदले उनलाई यो उपाधिले सम्मानित गरेको थियो।[१०]
प्रारम्भिक जीवन
[सम्पादन गर्नुहोस्]नुसरत इस्पहानीको जन्म २३ मार्च १९२९ मा फारसको इस्फहान (अहिले इरान) मा भएको थियो। उनका बुबा एक व्यापारी थिए जो इस्फहानको धनी फारसी हरिरी परिवारबाट आएका थिए।[१][४] उनकी आमा कुर्दिस्तानकी थिइन्। उनको जन्मको केही समय पछि, परिवार ब्रिटिश भारतमा सरेका थिए, जहाँ उनीहरू सुरुमा बम्बईमा बस्थे र त्यसपछि ब्रिटिस भारतको विभाजन र सन् १९४७ मा पाकिस्तानको स्थापना हुनुभन्दा अघि कराची सरेका थिए। उनी आफ्नो घरमा इरानी परम्पराहरूसँग हुर्किएकी थिइन् तर बाहिर भारतीय मुस्लिम संस्कृतिमा घुलमिल भएकी थिइन्।[४]
पाकिस्तान बसाइँ सर्नुअघि, नुसरतले कराची विश्वविद्यालयमा अध्ययन गरेकी थिइन् जहाँ उनले सन् १९५० मा मानविकीमा कला स्नातक (बी.ए.) प्राप्त गरेकी थिइन्।[४]
राजनीतिक जीवन
[सम्पादन गर्नुहोस्]सन् १९७३ देखि १९७७ सम्म प्रथम महिलाको रूपमा, नुसरत भुट्टोले एक राजनीतिक कार्यकर्ताको रूपमा काम गरेकी थिइन् र आफ्ना पतिसँगै धेरै विदेश भ्रमणहरूमा पनि गएकी थिइन्।[४] सन् १९७९ मा, उनको पतिको मुद्दा र मृत्युदण्ड पछि, उनले आफ्नो पतिलाई पाकिस्तान पिपुल्स पार्टीको नेताको रूपमा जीवनभर अध्यक्षको रूपमा उत्तराधिकारी बनेकी थिइन्। उनले जनरल मोहम्मद जिया-उल-हकको शासन विरुद्ध पाकिस्तान पिपुल्स पार्टीको अभियानको नेतृत्व गरेकी थिइन्। उनकी छोरी बेनजीर भुट्टोसँगै, उनलाई धेरै पटक पक्राउ गरिएको थियो भने उनलाई घरमै नजरबन्द पनि गरिएको थियो र सिहालामा कारागारमा राखिएको थियो। भीडले भुट्टोको पक्षमा नारा लगाउन थालेसँगै, लाहोरको गद्दाफी रङ्गशालामा क्रिकेट खेलमा भाग लिने क्रममा नुसरत भुट्टोमाथि प्रहरीले लाठीले आक्रमण गरेको थियो। सन् १९८२ मा, क्यान्सरबाट बिरामी, उनलाई जनरल जिया-उल-हकको सैन्य सरकारले लन्डनमा उपचारको लागि देश छोड्ने अनुमति दिएको थियो, जहाँ उनकी छोरी बेनजीर भुट्टो पार्टीको कार्यवाहक नेता बनेकी थिइन्, र सन् १९८४ सम्ममा पार्टी अध्यक्षको रूपमा रहेकी थिइन्।[११][१२]
सन् १९८० को दशकको अन्त्यतिर पाकिस्तान फर्केपछि, उनले सिन्धको लडकानाको पारिवारिक निर्वाचन क्षेत्रबाट राष्ट्रिय सभाको संसद सदस्यको रूपमा दुई कार्यकाल सेवा गरेकी थिइन्। उनकी छोरी बेनजीरको प्रशासनको क्रममा, उनी मन्त्रिपरिषदमा मन्त्री र वरिष्ठ सङ्घीय मन्त्री बनेकी थिइन्। सन् १९९० को दशकमा, पारिवारिक विवादको क्रममा नुसरतले आफ्नो छोरा मुर्तजाको पक्ष लिँदा उनी र बेनजीर अलग्गिएका थिए तर पछि मुर्तजाको हत्या पछि उनीहरूको मेलमिलाप भएको थियो। उनले आफ्नो जीवनको अन्तिम केही वर्ष संयुक्त अरब इमिरेट्सको दुबईमा आफ्नी छोरीको परिवारसँग बिताएकी थिइन् र पछि स्ट्रोक र अल्जाइमर रोगको संयुक्त प्रभावबाट ग्रस्त भएकी थिइन्।[४]
व्यक्तिगत जीवन, रोग र मृत्यु
[सम्पादन गर्नुहोस्]आफ्नो मातृभाषा फारसी बाहेक, भुट्टो उर्दू र सिन्धीमा बोल्ने गर्दथिन्।[१३] नुसरतले कराचीमा जुल्फिकार अली भुट्टोलाई भेटेकी थिइन् जहाँ पछि उनीहरूले ८ सेप्टेम्बर १९५१ मा विवाह गरेका थिए।[४] उनी जुल्फिकार अली भुट्टोकी दोस्रो पत्नी थिइन्, र उनीहरूका बेनजीर, मुर्तजा, सनम र शाहनवाज गरि चार सन्तानहरू थिए। सनम बाहेक, उनी आफ्ना सन्तानभन्दा बढी बाँचेकी थिइन्। बेनजीरकी विधुर पत्नी र नुसरतकी ज्वाइँ आसिफ अली जरदारी ९ सेप्टेम्बर २००८ देखि ८ सेप्टेम्बर २०१३ र मार्च २०२४ देखि हालसम्म पाकिस्तानको राष्ट्रपति हुन्।[१४]
सन् १९८२ मा भुट्टोलाई क्यान्सरको शङ्का लागेको थियो, त्यसैले उनलाई उपचारको लागि पाकिस्तान छोड्न अनुमति दिइएको थियो। उनले देश बाहिरबाट आफ्नो राजनीतिक गतिविधिहरू जारी राख्दै, उनले पार्टीको शासन आफ्नी छोरी बेनजीरलाई हस्तान्तरण गरेकी थिइन्।[१५] तीन वर्ष पछि, उनका कान्छा छोरा शाहनवाज फ्रान्सको कान सहरमा मृत फेला परेका थिए। विशेष गरी सन् १९९६ मा उनका छोरा मुर्तजाको मृत्यु पछि उनी सार्वजनिक जीवनबाट अलग भएकी थिइन्, जुन केहीले उनलाई अल्जाइमर रोगको सुरुवातसँग मेल खान्छ भन्ने सुझाव दिन्छन्।[१६] उनकी छोरी बेनजीर भुट्टोको हत्याको समयमा, रोगबाट यति ग्रसित थिइन् कि उनले छोरीको हत्यालाई समेत बुझ्न सकिनन्।[१७][१८]
भुट्टोले आफ्नो अन्तिम दिनहरूमा भेन्टिलेटर प्रयोग गरेकी थिइन्। २३ अक्टोबर २०११ मा ८२ वर्षको उमेरमा इरानी अस्पताल दुबईमा उनको मृत्यु भएको थियो। उनका ज्वाइँ, तत्कालीन पाकिस्तानी राष्ट्रपति आसिफ अली जरदारीले उनको शव दुबईबाट पाकिस्तान पुर्याउन जोर्डनको आफ्नो आधिकारिक यात्रा छोट्याएका थिए।[१७] उनका नातिनातिनाहरू, बिलावल भुट्टो जरदारी, बख्तावर भुट्टो जरदारी र असिफा भुट्टो जरदारी लन्डनबाट आएका थिए। प्रधानमन्त्री युसुफ रजा गिलानीले भोलिपल्ट सार्वजनिक बिदाको साथै दस दिनको शोक अवधिको घोषणा गरेका थिए। उनका पतिद्वारा स्थापित सत्तारूढ पाकिस्तान पिपुल्स पार्टीले उनको मृत्युको शोक मनाउन आगामी ४० दिनसम्म सबै राजनीतिक गतिविधिहरू स्थगित गर्ने घोषणा गरेको थियो।[१७]
उनको पार्थिव शरीरलाई भोलिपल्ट लडकाना जिल्लाको गढी खुदा बख्शमा अन्त्येष्टि गरिएको थियो। हजारौँ शोक मनाउनेहरूको उपस्थितिमा भुट्टो परिवारको समाधिस्थलमा उनको पति र बच्चाहरूको छेउमा उनलाई गाडिएको थियो।
पाकिस्तान अन्तर्राष्ट्रिय एयरलायन्सले अन्त्येष्टिमा भाग लिन चाहनेहरूका लागि इस्लामाबाद, लाहोर र कराचीबाट सख्खरसम्म विशेष उडानहरू सञ्चालन गरेको थियो।[१७]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- 1 2 "Begum Nusrat Bhutto: First Lady of Pakistan who fought to keep her", Independent.co.uk, ३० अक्टोबर २०११।
- ↑ "Bhutto", bhutto.org, मूलबाट ६ फेब्रुअरी २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ जनवरी २०२२। अभिलेखिकरण ६ फेब्रुअरी २०१९ वेब्याक मेसिन
- ↑ "Nusrat Bhutto's death – end of an era", Dawn, २०११-१०-२४, अन्तिम पहुँच २०१६-१०-३०।
- 1 2 3 4 5 6 7 "Bhutto", मूलबाट ६ फेब्रुअरी २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच १ नोभेम्बर २०१०। अभिलेखिकरण ६ फेब्रुअरी २०१९ वेब्याक मेसिन
- ↑ "Begum Nusrat Bhutto: First Lady of Pakistan who fought to keep her", The Independent (en-GBमा), २०११-१०-२८, अन्तिम पहुँच २०१६-१०-३०।
- ↑ Ali, Tariq (२००७-१२-१३), "Daughter of the West", London Review of Books, पृ: 3–9, आइएसएसएन 0260-9592, अन्तिम पहुँच २०१६-१०-३०।
- ↑ "Nusrat goes with many historic secrets", The News International, मूलबाट १३ मार्च २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-१०-३०।
- ↑ "Touched by tragedy: Exclusive extracts from Fatima Bhutto's new book", The Times of India, अन्तिम पहुँच २०१६-१०-३०।
- ↑ Leading News (२५ अक्टोबर २०११), "Mother of Democracy Nusrat Bhutto laid to rest", Pakistan Tribune, मूलबाट १३ मार्च २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ नोभेम्बर २०११। अभिलेखिकरण १३ मार्च २०१७ वेब्याक मेसिन
- ↑ Gilani, MBBS, Syed Nazir, "Death in six instalments", Pakistan Observer, मूलबाट २४ अप्रिल २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ नोभेम्बर २०११।
- ↑ "Miss Benazir Bhutto, the daughter of the former Prime Minister, Zulfikar Bhutto, and chairman of the Pakistan People's Party has been released from detention and has gone to Paris to be with her cancer-stricken mother", Financial Times, ११ जनवरी १९८४।
- ↑ Hall, Carla (४ अप्रिल १९८४), "The April of her freedom five years later, Benazir Bhutto's plea for Pakistan", The Washington Post।
- ↑ Sadeghi, Shirin (२६ अक्टोबर २०११), "The death of an icon", The Express Tribune, अन्तिम पहुँच ३० अक्टोबर २०२४।
- ↑ "Special Report: After the assassination 2008-2013", Dawn (en-USमा), २०१७-१२-०२, अन्तिम पहुँच २०१८-०३-१४।
- ↑ Ahmad, Imtiaz (२५ अक्टोबर २०११), "Nusrat Bhutto passes away", Hindustan Times, अन्तिम पहुँच ३० अक्टोबर २०२४।
- ↑ Malik, Rehman (२३ नोभेम्बर २०२१), "Uncovering the mystery Shahnawaz Bhutto's murder", The Nation (Pakistan), अन्तिम पहुँच ३० अक्टोबर २०२४।
- 1 2 3 4 Tunio, Hafeez (२३ अक्टोबर २०११), "Nusrat Bhutto, doyenne of MRD, dies at 82", The Express Tribune, अन्तिम पहुँच ३० अक्टोबर २०२४।
- ↑ Keleny, Anne (२८ अक्टोबर २०११), "Begum Nusrat Bhutto: First Lady of Pakistan who fought to keep her", The Independent (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०३-१४।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- सहिद जुल्फिकार अली भुट्टो
- अहमद, इम्तियाज (२५ अक्टोबर २०११), "नुसरत भुट्टोको निधन", हिन्दुस्तान टाइम्स।