नेटभिगेटर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेटभिगेटर
उत्पादनको प्रकारइन्टरनेट सेवा प्रदायक
मालिक
Produced byपिसिसिडब्ल्यू
देश हङकङ (प्रधान कार्यालय)
सम्बन्धि ब्राण्डपिसिसिडब्ल्यु
बजारहङकङ
संयुक्त अधिराज्य (पूर्व)
वेबसाइटwww.netvigator.com
नेटभिगेटर
परम्परागत चिनियाँ 網上行

नेटभिगेटर (सरलीकृत चिनियाँ: 網上行), हङकङको एक आवासीय इण्टरनेट सेवा प्रदायक हो, यो हङकङ दूरसञ्चार ब्राण्डको रूपमा सञ्चालित छ र पिसिसिडब्ल्यूको सहायक कम्पनी हो। कम्पनीले अन्तर्क्रियात्मक चलचित्र दूरदर्शन सञ्जाल जसले प्रयोगकर्ताहरूलाई माग अनुसार उनीहरूको दूरदर्शन पर्दामा चलचित्रहरू हेर्न अनुमति दिने इण्टरनेट दूरदर्शन पनि प्रस्ताव गर्दछ।[१] सेवा २००२ मा निष्कृय भएको थियो। कम्पनीले हङकङ केबल दूरदर्शन र नाउ टिभीको प्रतिस्पर्धीको रूपमा यसलाई बजारमा ल्याएको थियो।[२]

कम्पनीको बारेमा[सम्पादन गर्नुहोस्]

अनुवादित - पिसिसिडब्ल्यु अन्तरक्रियात्मक बहु सञ्चार माध्यम, पूर्व हङकङ दूरसञ्चार अन्तरक्रियात्मक बहु सञ्चार माध्यम सेवाले १८ अप्रिल १९९६ मा इण्टरनेट सेवा ब्राण्ड नाम "नेटभिगेटर इण्टरनेट लाइन" को प्रयोग गर्दै डायल अप जडान प्रदान गरेको थियो।[३] यसले हङकङको पहिलो दूरसञ्चार सेवालाई इन्टरनेट मार्फत पहुँच योग्य बनाउनका लागि डायल-अप जडान प्रदान गर्दछ। सन् १९९८ म यसलाई तत्कालीन सबैभन्दा ठूलो इण्टरनेट सेवा प्रदायक ष्टारलाइट अन्तर्राष्ट्रिय सञ्जालले अधिग्रहण गरेको थियो।

नेटभिगेटर हङकङमा गृह विस्तृत पट्टि प्रस्ताव गर्ने हङकङको पहिलो इण्टरनेट सेवा प्रदायक हो। यसले मे १९९८ मा "नेटभिगेटर" को नाममा सम्बन्धन प्राप्त अन्तरक्रियात्मक दूरदर्शन आईटिभीको सुरुवात १.५ मेगाबाइट इण्टरनेट गतिका साथ सुरुवात गरेको थियो। इण्टरनेट पहुँच सेवाहरूको व्यवसाय सङ्गठन, विस्तृत पट्टि सेवाहरू सुरुमा एटिएम जडानमा आधारित थिए। सन् १९९९ मा कम्पनीले स्वतन्त्र विस्तृत पट्टी इण्टरनेट सेवाको सुरूवात गरेको थियो।[३]

नेटभिगेटरको पहुँच[सम्पादन गर्नुहोस्]

नेटभिगेटरले एचएसपिए+, चौथो पुस्ता, वाइ-फाई लगायतका तीनवटा अति लोकप्रिय सेवाहरूको सञ्चालन गर्दछ जसलाई पिसिसिडब्ल्युले प्रदान गर्दछ। २२ अगष्ट, २०९७ मा यसलाई एकीकृत सेवा योजना मार्फत, तीन सञ्जालहरू स्वचालित रूपमा प्रसारण सञ्जाल चयन गर्न संयुक्त गरिएको थियो। पिसिसिडब्ल्युले हाल, सपिङ मल, ठूला संस्था, दूरभाष सञ्चालन केन्द्र लगायतका विभिन्न ठाउँहरूमा १०,११८ वटा वाइ-फाई हटस्पोट्स जडान तथा सञ्चालन गरेको छ जसलाई पिसिसिडब्ल्यू वाइ-फाईको रूपमा नामाकरण गरिएको छ।[४]

विवाद तथा आलोचनाहरू[सम्पादन गर्नुहोस्]

यसको अनलाइन बैङ्किङ सेवा प्रणालीहरूलाई विशेष बजारहरूमा कारण विना मूल्य वृद्धिको लागि आलोचना गरिएको थियो जसमा यसले मूल्य ५०% देखि ७०% सम्म वृद्धि गरेको थियो। असममित अङ्कीय ग्राहक सञ्जाल विस्तृत पट्टि सेवाहरूको लागि यसले महँगो मासिक शुल्कमा मात्र ३ देखि ५ मेगाबाइट प्रति सेकेण्डको इण्टरनेट गति प्रदान गरेको थियो। यो सहरी क्षेत्रमा १०० मेगाबाइट प्रति सेकेण्डको गतिको फाइबर विस्तृत पट्टि सेवा भन्दा उल्लेखनीय रूपमा कम हो। केहि प्रयोगकर्ताहरूले वाइ-फाई इण्टरनेट पहुँच साझेदारी गर्न आफ्नो मोबाइलबाट चौथो पुस्ता सञ्जाल प्रयोग गर्न छनौट गरेका थिए।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]