सामग्रीमा जानुहोस्

नेत्रविज्ञान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेत्रविज्ञान
ओप्थाल्मोलोजी
अपरेटिङ माइक्रोस्कोप प्रयोग गरेर मोतियाबिन्दुको शल्यक्रिया गर्दै गरेका नेत्र विशेषज्ञहरू
प्रणालीआँखादृष्टि प्रणाली
महत्त्वपूर्ण रोगहरूमोतियाबिन्दु, रेटिनाको रोग (मधुमेह आँखा रोग र अन्य प्रकारका रेटिनोपेथी सहित), जलविन्दु, कर्नियाको रोग, श्रेणी:परेला र आँखाको ढकनी सम्बन्धि विकारहरू, युभिआइटिस, डेढो आँखा र आँखाका मांसपेशीका विकारहरू, आँखाको ट्युमर (घातक, क्यान्सर वा सामान्य ट्युमर), न्युरो-अप्थाल्मोलोजिक विकारहरू (अप्टिक नर्भका विकारहरू सहित)
महत्त्वपूर्ण जाँचहरूओप्थालमोस्कोपी, दृष्टि क्षेत्र परीक्षण, अप्टिकल कोहरेन्स टोपोग्राफी
विशेषज्ञनेत्र रोग विशेषज्ञ
नेत्र रोग विशेषज्ञ
पेशा
नामचिकित्सक शल्यचिकिल्सक
पेशाको किसिम
विशेषज्ञता
क्रियाकलाप क्षेत्र
चिकित्सा, शल्यक्रिया
विवरण
शैक्षिक आवश्यकता
चिकित्साशास्त्रमा स्नातकोत्तर (एमडी), डाक्टर अफ अस्टियोप्याथिक मेडिसिन (डिओ), चिकित्साशास्त्र र शल्यचिकित्सामा स्नातक (एमबिबिएस),
रोजगारीको
क्षेत्र
अस्पताल, क्लिनिक

नेत्रविज्ञान जसलाई नेत्रचिकित्सा विज्ञान पनि भनिन्छ,[] चिकित्सा विज्ञानको एक शाखा हो जसले आँखाका रोग र विकारहरूको निदान, उपचार र शल्यक्रियासँग सरोकार राख्दछ।[]

एक नेत्र रोग विशेषज्ञ त्यस्तो चिकित्सक हुन्छ जसले आँखाको औषधि र शल्यक्रियात्मक हेरचाहमा उप-विशेषज्ञता तालिम प्राप्त गरेको हुन्छ।[] चिकित्साशास्त्रमा स्नातकोत्तर हासिल गरेपछि, नेत्रविज्ञानमा विशेषज्ञता हासिल गर्न चाहने चिकित्सकले सोही क्षेत्रमा स्नातकोत्तर रेसिडेन्सी तालिम पूरा गर्नुपर्छ। संयुक्त राज्य अमेरिकामा, मेडिकल विद्यालयबाट स्नातक गरेपछि, नेत्र विशेषज्ञ बन्नका लागि अप्थाल्मोलोजीमा चार वर्षको रेसिडेन्सी पूरा गर्नुपर्छ। रेसिडेन्सी पछि, आँखाको रोगको कुनै खास पक्षमा थप विशेषज्ञता तालिम लिन सकिन्छ।[]

आँखा विशेषज्ञहरूले आँखाका रोगहरू जस्ता समस्याहरूको उपचारका लागि औषधिहरू लेख्ने, लेजर थेरापी लागू गर्ने र आवश्यक परेमा शल्यक्रिया गर्ने गर्दछन्।[] उनीहरूले प्राथमिक र विशेषज्ञ दुवै प्रकारका आँखा हेरचाह—औषधि उपचार र शल्यक्रिया—प्रदान गर्दछन्।[] अधिकांश आँखा विशेषज्ञहरूले आफ्नो तालिमको कुनै न कुनै विन्दुमा आँखाका रोगहरूका बारेमा शैक्षिक अनुसन्धानमा भाग लिन्छन् र धेरैले अनुसन्धानलाई आफ्नो करियरको हिस्सा बनाउँछन्।[] अप्थाल्मोलोजी सधैँ आँखाको हेरचाहमा प्रगति र नवीनताको लामो इतिहासको साथ चिकित्सा अनुसन्धानको अग्रपङ्क्तिमा रहेको छ।[] यस चिकित्सा शाखालाई पहिले नेत्रचिकित्सा पनि भनिन्थ्यो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "ophthalmology noun", Oxford Advanced Learner's Dictionary, Oxford University Press, अन्तिम पहुँच २४ जनवरी २०२६.
  2. "History of Ophthalmology", mrcophth.com, मूलबाट ८ अगस्ट २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ अगस्ट २०१३ अभिलेखिकरण ८ अगस्ट २०१७ वेब्याक मेसिन
  3. "Ophthalmology", American Medical Association, मूलबाट २५ जुलाई २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ मार्च २०२०
  4. Boyd, Kierstan (६ जुन २०१६), "Ophthalmology Subspecialists", American Academy of Ophthalmology, मूलबाट १९ मार्च २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ मार्च २०१८
  5. 1 2 Smith, Yolanda (५ सेप्टेम्बर २०१६), "Ophthalmology" (अङ्ग्रेजीमा), News-Medical.net, मूलबाट १९ मार्च २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ मार्च २०१८
  6. Churchill, Jennifer; Gudgel, Dan T. (१ नोभेम्बर २०१३), "What is an Ophthalmologist?", American Academy of Ophthalmology, मूलबाट १९ मार्च २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ मार्च २०१८
  7. "History of Ophthalmology", eyewiki.aao.org, EyeWiki, मूलबाट २२ जुलाई २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ जुलाई २०२२ अभिलेखिकरण २२ जुलाई २०२२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन]