सामग्रीमा जानुहोस्

प्रतिनिधि सभा निर्वाचन, २०८२

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रतिनिधि सभा निर्वाचन, २०८२

← २०७९ २०८२ फागुन २१ आगामी →
 
नेता पूर्णबहादुर खड्का केपी शर्मा ओली पुष्पकमल दाहाल
दल नेपाली काङ्ग्रेस नेकपा (एमाले) नेकपा
अघिल्लो निर्वाचन २५.७१%, ८९ सिट २६.९५%, ७८ सिट नयाँ दल
वर्तमान सिट ८८ ७८ ४२
आवश्यक सिट ४९ ६० ९६

 
नेता बालेन्द्र शाह राजेन्द्र लिङ्देन अशोक राई
दल रास्वपा राप्रपा जनता समाजवादी पार्टी
अघिल्लो निर्वाचन १०.७०%, २० सिट ५.५८%, १४ सिट नयाँ दल
वर्तमान सिट २१ १४
आवश्यक सिट ११७ १२४ १३१

पदग्राही प्रधानमन्त्री

सुशीला कार्की (अन्तरिम)
स्वतन्त्र



नेपाल सरकारको सिफारिसमा नेपालको राष्ट्रपतिले २०८२ भदौ २७ मा घोषणा गरेअनुसार प्रतिनिधि सभाका २७५ सदस्यहरूको निर्वाचनका लागि नेपालमा २०८२ फागुन २१ मा प्रारम्भिक आम निर्वाचन हुने घोषणा गरिएको थियो।[][][]

निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन मार्फत एकल सदस्यीय निर्वाचन क्षेत्रहरूबाट १६५ सदस्यहरू निर्वाचित हुनेछन् भने बाँकी ११० सदस्यहरू नेपालको संविधान २०७२मा उल्लेख गरिए अनुसार, दलको सूचीमा रहेका उम्मेदवारहरूबाट समानुपातिक प्रतिनिधित्व मार्फत चयन गरिनेछ।

२०८२ भदौ २३ मा, नेपालभरि ठुला स्तरका विरोध प्रदर्शनहरू भएका थिए, जसको आयोजना मुख्यतया विद्यार्थी र युवा अर्थात् जेन जी पुस्ताहरूबाट गरिएको थियो। २०८२ भदौ २७ मा, नेपालको दोस्रो सङ्घीय संसद विघटन गरिएको थियो[]सुशीला कार्कीले अन्तरिम प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गरेकी थिइन्।[] राष्ट्रपति रामचन्द्र पौडेलले २०८२ फागुन २१ मा चुनाव हुने घोषणा गरेका थिए।

मुख्य मितिहरू तल सूचीबद्ध छन्:

२०८२ असोज २० व्यवस्थापिका संसद विघटन
मन्त्रिपरिषद्ले निर्वाचनको मिति घोषणा गरेको
२०८२ मङ्सिर ५ मतदाता नामावलीमा नाम दर्ता गर्ने अन्तिम मिति
२०८२ मङ्सिर १० निर्वाचन आयोगमा दल दर्ता गर्ने अन्तिम दिन
१८-२०८२ पुस १९ समानुपातिक प्रतिनिधित्वको लागि दलहरूले प्रारम्भिक बन्द सूची बुझाउने दिन
निर्णय हुन बाँकी निर्वाचन आचार संहिता सुरु
निर्णय हुन बाँकी पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन
निर्णय हुन बाँकी समानुपातिक प्रतिनिधित्वको लागि बन्द सूचीलाई अन्तिम रूप दिने र प्रकाशित गर्ने
२०८२ फागुन २१ निर्वाचनको दिन

निर्वाचन प्रणाली

[सम्पादन गर्नुहोस्]

व्यवस्थापिकाका २७५ सदस्यहरू दुई विधिद्वारा निर्वाचित हुन्छन्; १६५ जना एकल-सदस्य निर्वाचन क्षेत्रहरूबाट पहिलो हुने निर्वाचित हुने निर्वाचनद्वारा निर्वाचित हुन्छन् र ११० सिटहरू एकल राष्ट्रव्यापी निर्वाचन क्षेत्रबाट बन्द सूची समानुपातिक प्रतिनिधित्वद्वारा निर्वाचित हुन्छन्।[] मतदाताहरूले दुई विधिहरूको लागि छुट्टाछुट्टै मतपत्रहरू प्राप्त गर्छन्। समानुपातिक मतमा सिट बाँडफाँड गर्न कुनै दल वा चुनावी गठबन्धनले कुल वैध मतको ३% को चुनावी सीमा पार गर्नुपर्छ।[] नेपालले समानुपातिक सिट बाँडफाँड गर्न वेबस्टर विधि प्रयोग गर्दछ।[]

मतदान १८ वर्ष वा सोभन्दा माथिका स्वस्थ दिमाग भएका र सङ्घीय चुनावी जालसाजी र सजाय कानुन अन्तर्गत अयोग्य घोषित नभएका नेपाली नागरिकहरूमा सीमित छ।[]

मतदान गर्न योग्यता

[सम्पादन गर्नुहोस्]

आम निर्वाचनमा मतदान गर्न, निम्न व्यक्ति हुनुपर्छ:[]

  • मतदाता नामावलीमा नाम भएको
  • मतदाता परिचयपत्र दर्ताको अन्तिम मितिमा १८ वर्ष वा सोभन्दा माथिको उमेर पुगेको
  • नेपालको नागरिक
  • स्वस्थ दिमाग भएको
  • सङ्घीय चुनावी जालसाजी र सजाय कानुन अनुसार अयोग्य नभएको

निर्वाचनपूर्व दलहरूको सिट

[सम्पादन गर्नुहोस्]
दल विचारधारा २०७९ निर्वाचन विघटनको समयमा
मत (%) सिट
नेपाली काङ्ग्रेस सामाजिक लोकतन्त्र
तेस्रो मार्ग
२३.१९
८९ / २७५
८८ / २७५
नेकपा (एमाले) मार्क्सवाद लेनिनवाद
जनताको बहुदलीय जनवाद
२०.८३
७८ / २७५
७९ / २७५
नेकपा (माओवादी केन्द्र) मालेमावाद र प्रचण्डपथ ९.३७
३२ / २७५
३२ / २७५
राष्ट्रिय स्वतन्त्र पार्टी लोकप्रियतावाद
आर्थिक उदारवाद
७.७७
२० / २७५
२१ / २७५
राष्ट्रिय प्रजातन्त्र पार्टी संवैधानिक राजतन्त्र
आर्थिक उदारवाद
हिन्दु राष्ट्रियता
५.२४
१४ / २७५
१३ / २७५
नेकपा (एकीकृत समाजवादी) मार्क्सवाद लेनिनवाद
जनताको बहुदलीय जनवाद
४.१६
१० / २७५
१० / २७५
जनता समाजवादी पार्टी प्रजातान्त्रिक समाजवाद
धर्मनिरपेक्षता
नयाँ दल
७ / २७५
जनमत पार्टी सामाजिक लोकतन्त्र
क्षेत्रीयता
मधेशी अधिकार
२.७९
६ / २७५
६ / २७५
जनता समाजवादी पार्टी, नेपाल प्रजातान्त्रिक समाजवाद
धर्मनिरपेक्षता
क्षेत्रीयता
३.६२
१२ / २७५
५ / २७५
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल सामाजिक लोकतन्त्र
मधेशी अधिकार
१.६२
४ / २७५
४ / २७५
नागरिक उन्मुक्ति पार्टी क्षेत्रीयता
सामाजिक लोकतन्त्र
थारु जातीय पार्टी
१.६४
३ / २७५
४ / २७५
नेपाल मजदुर किसान पार्टी मार्क्सवाद लेनिनवाद ०.६८
१ / २७५
१ / २७५
राष्ट्रिय जनमोर्चा सङ्घीयता-इतर
साम्यवाद
मार्क्सवाद लेनिनवाद
०.५५
१ / २७५
१ / २७५
आम जनता पार्टी मार्क्सवाद लेनिनवाद माओवाद नयाँ दल
१ / २७५
स्वतन्त्र
४ / २७५
२ / २७५

चुनावी गठबन्धन र दलहरू

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "राष्ट्रपतिबाट प्रतिनिधि सभा विघटन, नयाँ निर्वाचन २०८२ फागुन २१ गते", प्रशासन (नेपालीमा), अन्तिम पहुँच २७ भदौ २०८२ 
  2. "६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन हुने", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २७ भदौ २०८२ 
  3. "प्रतिनिधिसभा विघटन, फागुन २१ गते चुनाव घोषणा", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २७ भदौ २०८२ 
  4. "राष्ट्रपतिबाट प्रतिनिधि सभा विघटन, नयाँ निर्वाचन २०८२ फागुन २१ गते", प्रशासन (नेपालीमा), अन्तिम पहुँच ९ असोज २०८२ 
  5. "नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् शपथ", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २६ भदौ २०८२ 
  6. धारा ८४
  7. काफ्ले, नारायण (२०८२ भदौ २०), "संसद र प्रदेशको निर्वाचन विधेयक पारित", गोरखापत्र (नेपालीमा), मूलबाट २०१७-०९-०६-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ सेप्टेम्बर २०१७ 
  8. "प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४", नेपालको सङ्घीय संसद (नेपालीमा), २०८२ भदौ २३, पृ: ४२। 
  9. ९.० ९.१ मतदाता-नामावली-ऐन-२०७३ (ऐन २३, खण्ड ६ र २३) (नेपालीमा), २०७३ माघ २०, मूलबाट ९ असोज २०८२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०७४ भदौ २०