प्रतिनिधि सभा निर्वाचन, २०८२
| |||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| |||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| |||||||||||||||||||||||||||||||||||||||||||||||||||||
नेपाल सरकारको सिफारिसमा नेपालको राष्ट्रपतिले २०८२ भदौ २७ मा घोषणा गरेअनुसार प्रतिनिधि सभाका २७५ सदस्यहरूको निर्वाचनका लागि नेपालमा २०८२ फागुन २१ मा प्रारम्भिक आम निर्वाचन हुने घोषणा गरिएको थियो।[१][२][३]
निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन मार्फत एकल सदस्यीय निर्वाचन क्षेत्रहरूबाट १६५ सदस्यहरू निर्वाचित हुनेछन् भने बाँकी ११० सदस्यहरू नेपालको संविधान २०७२मा उल्लेख गरिए अनुसार, दलको सूचीमा रहेका उम्मेदवारहरूबाट समानुपातिक प्रतिनिधित्व मार्फत चयन गरिनेछ।
पृष्ठभूमि
[सम्पादन गर्नुहोस्]२०८२ भदौ २३ मा, नेपालभरि ठुला स्तरका विरोध प्रदर्शनहरू भएका थिए, जसको आयोजना मुख्यतया विद्यार्थी र युवा अर्थात् जेन जी पुस्ताहरूबाट गरिएको थियो। २०८२ भदौ २७ मा, नेपालको दोस्रो सङ्घीय संसद विघटन गरिएको थियो[४] र सुशीला कार्कीले अन्तरिम प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गरेकी थिइन्।[५] राष्ट्रपति रामचन्द्र पौडेलले २०८२ फागुन २१ मा चुनाव हुने घोषणा गरेका थिए।
समय तालिका
[सम्पादन गर्नुहोस्]मुख्य मितिहरू तल सूचीबद्ध छन्:
| २०८२ असोज २० | व्यवस्थापिका संसद विघटन |
| मन्त्रिपरिषद्ले निर्वाचनको मिति घोषणा गरेको | |
| २०८२ मङ्सिर ५ | मतदाता नामावलीमा नाम दर्ता गर्ने अन्तिम मिति |
| २०८२ मङ्सिर १० | निर्वाचन आयोगमा दल दर्ता गर्ने अन्तिम दिन |
| १८-२०८२ पुस १९ | समानुपातिक प्रतिनिधित्वको लागि दलहरूले प्रारम्भिक बन्द सूची बुझाउने दिन |
| निर्णय हुन बाँकी | निर्वाचन आचार संहिता सुरु |
| निर्णय हुन बाँकी | पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन |
| निर्णय हुन बाँकी | समानुपातिक प्रतिनिधित्वको लागि बन्द सूचीलाई अन्तिम रूप दिने र प्रकाशित गर्ने |
| २०८२ फागुन २१ | निर्वाचनको दिन |
निर्वाचन प्रणाली
[सम्पादन गर्नुहोस्]व्यवस्थापिकाका २७५ सदस्यहरू दुई विधिद्वारा निर्वाचित हुन्छन्; १६५ जना एकल-सदस्य निर्वाचन क्षेत्रहरूबाट पहिलो हुने निर्वाचित हुने निर्वाचनद्वारा निर्वाचित हुन्छन् र ११० सिटहरू एकल राष्ट्रव्यापी निर्वाचन क्षेत्रबाट बन्द सूची समानुपातिक प्रतिनिधित्वद्वारा निर्वाचित हुन्छन्।[६] मतदाताहरूले दुई विधिहरूको लागि छुट्टाछुट्टै मतपत्रहरू प्राप्त गर्छन्। समानुपातिक मतमा सिट बाँडफाँड गर्न कुनै दल वा चुनावी गठबन्धनले कुल वैध मतको ३% को चुनावी सीमा पार गर्नुपर्छ।[७] नेपालले समानुपातिक सिट बाँडफाँड गर्न वेबस्टर विधि प्रयोग गर्दछ।[८]
मतदान १८ वर्ष वा सोभन्दा माथिका स्वस्थ दिमाग भएका र सङ्घीय चुनावी जालसाजी र सजाय कानुन अन्तर्गत अयोग्य घोषित नभएका नेपाली नागरिकहरूमा सीमित छ।[९]
मतदान गर्न योग्यता
[सम्पादन गर्नुहोस्]आम निर्वाचनमा मतदान गर्न, निम्न व्यक्ति हुनुपर्छ:[९]
- मतदाता नामावलीमा नाम भएको
- मतदाता परिचयपत्र दर्ताको अन्तिम मितिमा १८ वर्ष वा सोभन्दा माथिको उमेर पुगेको
- नेपालको नागरिक
- स्वस्थ दिमाग भएको
- सङ्घीय चुनावी जालसाजी र सजाय कानुन अनुसार अयोग्य नभएको
निर्वाचनपूर्व दलहरूको सिट
[सम्पादन गर्नुहोस्]चुनावी गठबन्धन र दलहरू
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "राष्ट्रपतिबाट प्रतिनिधि सभा विघटन, नयाँ निर्वाचन २०८२ फागुन २१ गते", प्रशासन (नेपालीमा), अन्तिम पहुँच २७ भदौ २०८२।
- ↑ "६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन हुने", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २७ भदौ २०८२।
- ↑ "प्रतिनिधिसभा विघटन, फागुन २१ गते चुनाव घोषणा", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २७ भदौ २०८२।
- ↑ "राष्ट्रपतिबाट प्रतिनिधि सभा विघटन, नयाँ निर्वाचन २०८२ फागुन २१ गते", प्रशासन (नेपालीमा), अन्तिम पहुँच ९ असोज २०८२।
- ↑ "नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् शपथ", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २६ भदौ २०८२।
- ↑ धारा ८४
- ↑ काफ्ले, नारायण (२०८२ भदौ २०), "संसद र प्रदेशको निर्वाचन विधेयक पारित", गोरखापत्र (नेपालीमा), मूलबाट २०१७-०९-०६-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ सेप्टेम्बर २०१७।
- ↑ "प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४", नेपालको सङ्घीय संसद (नेपालीमा), २०८२ भदौ २३, पृ: ४२।
- ↑ ९.० ९.१ मतदाता-नामावली-ऐन-२०७३ (ऐन २३, खण्ड ६ र २३) (नेपालीमा), २०७३ माघ २०, मूलबाट ९ असोज २०८२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०७४ भदौ २०।