नेपालगञ्ज उपमहानगरपालिका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(नेपालगञ्ज बाट पठाईएको)
Jump to navigation Jump to search
नेपालगन्ज
Nepalgunj
—  उपमहानगरपालिका
Sub-Metropolitan Municipality
  —
नेपालगन्जमा रहेको बागेश्वरी मन्दिर
उपनाम(हरू): NPJ
नेपालगन्ज is located in Nepal
नेपालगन्ज
नेपालगन्ज
निर्देशाङ्क: २८°०३′ उत्तर ८१°३७′ पूर्व / २८.०५०° उत्तर ८१.६१७° पूर्व / 28.050; 81.617निर्देशाङ्क: २८°०३′ उत्तर ८१°३७′ पूर्व / २८.०५०° उत्तर ८१.६१७° पूर्व / 28.050; 81.617
देश  नेपाल
विकास क्षेत्र मध्यपश्चिमाञ्चल
अञ्चल भेरी
जिल्ला बाँके
उपमहानगरपालिका नेपालगन्ज
अवनति १५० मि (४९२ फिट)
जनसङ्ख्या (२०११)
 - जम्मा ७२,५०३
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
वेबसाइट nepalgunj.municipality.gov.np

नेपालगन्ज उप महानगरपालिका मध्य-पश्चिमाञ्चल विकासक्षेत्रको भेरी अञ्चलको बाँके जिल्लामा पर्ने नेपालको एक प्रमुख शहर हो।[१][२] [३] भारतको रुपैडिया सिमाना नजिक पर्ने यो सहर दुई देश बिचको ब्यापार सम्बन्धका कारणले पनि महत्वपूर्ण छ।

यो सहर पूर्व-पश्चिम राजमार्गको कोहलपुर चोकबाट १६ किलोमिटर दक्षिणमा पर्दछ। सहरको बिच भागमा वीरेन्द्र चोक छ। त्यस्तै धम्बोजी, त्रिभूवन-चोक, बी.पी. चोक यहाँका ब्यापारिक केन्द्र हो। नेपालको पश्चिमी भेगको लागि यो सहर यातायात र आर्थिक कारोबारका हिसाबले महत्वपूर्ण केन्द्र हो। यहाँ नेपाल राष्ट्र बैङ्क लगायत थुप्रै वाणिज्य र विकास बैङ्कहरूका शाखा छन्। यो सहर समुद्री सतह भन्दा १५० मिटर माथि रहेको छ। यो सहर नेपालका सबैभन्दा धेरै गर्मी हुने सहरहरू मध्येको एक हो। गर्मी मौसममा यहाँको वायुको तापक्रम ४२ डिग्रि सेल्सियस सम्म पुग्दछ। मध्यपश्चिमाञ्चल विकास क्षेत्रको प्रमुख व्यापारिक केन्द्र हो।

संस्कृति[सम्पादन गर्ने]

यो सहर संस्कृतिक र धार्मिक दृस्टिकोणले निक्कै नै विभिधतापूर्ण छ। यहाँका बासिन्दाहरू हिन्दू, मुसलमान, बौद्ध लगायत अरू थुप्रै धर्ममा आस्था राख्दछन्। त्यस्तै, यहाँका बासिन्दाहरू विभिन्न सम्प्रदाय, जात-जाती र मूलका छन्। यो सहर नेपालको शान्तिपूर्ण बहूसांस्कृतिक सहर हो र यहाँका मानिसहरू एकआपसमा निक्कै सौहार्दपूर्ण वातावरणमा बस्दछन्।

तर ६३ सालमा मधेसी र पहाडियाहरू बिच दङ्गा भड्किँदा एकको मृत्यु र दर्जनौ धाईते भए। यस घटनाले पहिलोपटक नेपालगन्जका बिभिन्न जात-जाती बिच शान्ति कायम छ भन्ने धारणालाई गलत बनाईदियो।

सहरको मध्यभाग नजीक रहेको बागेश्वरी मन्दिर निक्कै प्रशिद्ध हिन्दू स्मारक हो। यस मन्दिर प्राङ्गण नजीकै रहेको पोखरिको बिचमा जुङ्गे महादेवको मुर्ती रहेको छ। यस मुर्तीमा महादेवको जुङ्गा छ, जुन अनौठो कुरा हो। पर्यटकीयस्थल महेन्द्रपार्क तथा सानो चिडियाखाना र रानीतलाउको आकर्षण बोकेको नेपालगन्ज नगरपालिकामा १० हजार ५ सय ९२ घरधुरी संख्या छ।

नगर प्रशासन[सम्पादन गर्ने]

विक्रम सम्बत् २०१७मा स्थापित नेपालगन्ज नगरपालिकामा अहिलेसम्म १० नगर पिताले कार्यभार सम्हालिसकेका छन्। नगरप्रमुखको रूपमा प्रतिनिधित्व गरेकामा क्रमशः मूलचन्द्र आजाद (स्वर्गीय), कृष्णजङ्ग शाह (स्वर्गीय), गीता राणा, नेमबहादुर शाक्य (स्वर्गीय), पूर्णमान आजाद, महावीरप्रसाद गुप्ता (स्वर्गीय), सफिक अहमद सिद्धिकी (स्वर्गीय), विजयकुमार गुप्ता, धवलशम्शेर राणा र रमेश अर्याल हुनुहुन्छ।

तस्बीर सङ्ग्रह[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "६१ वटा नगरपालिका र ७ वटा उपमहानगरपालिका थप (सूचीसहित)", अभिगमन मिति मंसिर १६,२०७१ 
  2. "थप गरिएका उपमहानगरपालिका", स्थानीय विकास, नेपाल सरकार सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, अभिगमन मिति मंसिर १६,२०७१ 
  3. "६१ नगरपालिका र ७ उपमहानगरपालिका घोषणा (नाम र गाभिएका गाविससहित"  লেখা " accessdate मंसिर १६,२०७१" উপেক্ষা করা হয়েছে (सहायता)

वाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]