नेपालमाथि शमसुद्दीनको आक्रमण
नेपालमाथि शमसुद्दीनको आक्रमण | |||||||||
---|---|---|---|---|---|---|---|---|---|
| |||||||||
योद्धा | |||||||||
![]() | |||||||||
सेनापतिहरू | |||||||||
शमसुद्दीन इलियास | जयराजदेव मल्ल |
बि.सं १४०६ मंसिर २२ सप्तग्रामका शासक शमासुद्दीन इलियास शाह (जो पछि बङ्गालका स्वतन्त्र सुल्तान भए ) ले नेपाल उपत्यकामा आक्रमण गरेका थिए। गोपाल राजवंशावलीमा यो घटनाको वर्णन गरिएको छ। गोपाल राजवंशावली यो आक्रमण भन्दा ४० वर्ष जतिपछि जयस्थिति मल्लको पालामा सङ्ग्रह गरी तयार गरिएको दस्तावेज हो।[१]
सुल्तान शमसुद्दीन पूर्वतिरको सिन्धुलीको बाटोबाट[२] नेपाल उपत्यकामा पसेका थिए। त्यसबेला नेपालको राजधानी भक्तपुरमा भएको र पूर्वतिरबाट नेपाल उपत्यकामा पस्दा बाटोमै पर्ने हुनाले शमसुद्दीनको आक्रमणको मार पहिले भक्तपुरमा परेको थियो। बिशाल फौज साथ आएका शमासुद्दीनको आक्रमण रोक्न सक्ने सैन्यशक्ति र रक्षाप्रबन्ध त्यससमयमा नेपालसँग थिएन। यसो हुँदा यहाँका राजा प्रजा सारा सक्दो आत्मरक्षा गर्नतिर मात्र लागेको देखिन्छ।[३]
नेपालको राजा प्रजा कसैले पनि शमशुद्दिनको सैन्यसँग मुकाविला गर्न नसक्दा मुसलमानी सैन्यले निर्भय र निर्धक्कता साथ उपत्यकाका तीनै सहर उजाड पार्ने अबसर पायो। यसरी सात दिनसम्म यहाँ बसी उत्पात मच्चाइ हाहाकार पारी शमशुद्दिनको फौज फर्क्यो। त्यतिखेरको यहाँको (मंसिर, पुषको) चिसो हावापानी उनीहरूका लागि अनुकुल थिएन। किनकी उनीहरू गर्मी प्रदेशका बासिन्दा थिए। दोस्रो कुरा, माथि भनिए जस्तै उनीहरूको आक्रमणको मुख्य उद्देश्य विपरित धर्म मान्नेहरूको धर्म संस्कृतिमाथि विध्वँस मचाउने र लुटपात गर्ने थियो, जुन कुरा पूरा भइसकेकोले यहाँ बसिरहनु पर्ने जरुरत भएन।
यस आक्रमणमा परेर ध्वस्त भएका सबै मठमन्दिरहरूको पुनर्निर्माण सम्भवतः भएको देखिंदैन। पशुपतिनाथ, स्वयम्भूनाथ जस्ता अलौकिक, सर्वप्रसिद्ध र सर्वपूज्य मन्दिर र चैत्यहरूको जीर्णोद्धार त क्रमशः यस घटनाको ११ वर्ष र २३ वर्ष पछि मात्र हुनसक्यो भने त्यस्ता अन्य कैयन प्रसिद्ध र बहुमूल्य कलाकृति भएका मन्दिरहरू त पुरै धर्तीको गर्भमा लुके वा टुटेर गए, जसलाई जीर्णोद्धार गर्न सकिएन, जसको कुनै लेखाजोखा छैन, जुन नेपाली कला र संस्कृतिका लागि एक अपुरणीय क्षति रह्यो। समय समयमा आउने भूकम्प, चट्याङ्ग जस्ता दैवी विपतिले यहाँको मौलिक कला संस्कृतिलाई नोक्सान पुर्याउने कुरा त आफ्नो ठाउँमा छँदैछ (किनकि नेपाल उपत्यका भूकम्पीय दृष्टिले अति जोखिमयुक्त क्षेत्र थियो र अझै छ। त्यसबेला यहाँ ठूलठुला चट्याङ्ग पनि पर्दथ्यो) त्यसदेखि बाहेक यस्ता बाह्य आक्रमणले पनि नेपाली कला संस्कृतिलाई ठुलो क्षति पुर्याएको थियो भन्ने कुरा यस घटनाले स्पष्ट पार्दछ।
यस अप्रत्यासित भयानक आक्रमणले गर्दा नेपाल उपत्यकाको स्थिति अस्तब्यस्त बन्न पुग्यो। सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिक आदि हरेक पक्षमा नराम्रो प्रभाव पार्यो। तर त्यसो भएपनि शासन ब्यबस्थामा भने तत्काल कुनै परिवर्तन आएन। राजगद्दीमा राजा राजदेव नै थिए भने कार्यकारिणी अधिकार देवलदेवीकै पक्षमा रहीरह्यो। तर एउटा विचारणीय कुरा के रह्यो भने यस बाह्य आक्रमणको प्रभावको फलस्वरुप स्थानीय जनताले प्रत्यक्ष रुपमा के अनुभव गर्न थाले भने यस्तो विदेशी आक्रमणबाट आफ्नो धनजन, धर्म, संस्कृति परम्परालगायत समग्र मुलुककै रक्षा गर्न सक्ने एउटा काबिल, योग्य र सक्षम शासकको आवश्यकता महसुस गर्न थाले। जसको फलस्वरूप नै पछि गएर जयस्थिति मल्ल जस्तो बाहिरिया ब्यक्तिलाई स्थानीय जनताले आफ्ना शासकका रुपमा सहर्ष स्वीकार गरे।[४]
पृष्ठभुमी
[सम्पादन गर्नुहोस्]बङ्गाल
[सम्पादन गर्नुहोस्]समसुद्दिन इलियास एकीकृत बङ्गालका प्रथम सुल्तान थिए। उनले स्थापना गरेको शाहीवंशले बङ्गालमा एक सय २५ वर्ष राज्य गर्यो।[५] समसुद्दिनले भारतीय उपमहाद्विपका थुप्रै राज्यमा आक्रमण गरेका थिए। इतिहासकारहरूका अनुसार समसुद्दिनले केही समय खिल्जी वंशका लागि पनि काम गरेका थिए। तर पछि बङ्गाललाई एकीकृत र स्वतन्त्र घोषणा गर्दै त्यहीं गएर सिंहासनमा बसे।[६]
नेपाल
[सम्पादन गर्नुहोस्]त्यसबेला नेपालमा राजनैतिक अवस्था अस्थिर थियो। राजनैतिक अस्तव्यस्त बिच कहिले खसमण्डल र कहिले तिरहुत राज्यले पालै पालो नेपाल मण्डलमा आक्रमण गरेर लुट मच्चाउथे भने नुवाकोट, बनेपा, फर्पिङ लगायत क्षेत्रहरू बिद्रोह गरेर स्वतन्त्र हुँदै थिए।
बि.सं. १४०१ (नेपाल सम्बत् ४६४) असोजमा ठुलो भूकम्प गयो। यसको भोलिपल्ट गद्दीनसिन राजा जयारी मल्लको देउपाटनमा मृत्यु भयो। बाहिर पूर्ण राजकीय सम्मान रहे तापनि अरी मल्ल नाम मात्रका राजा थिए। राजा अरि मल्लको मृत्यु भएपछि गद्दी तीन वर्षका लागि खाली रह्यो। त्यसबेलाको अस्तव्यस्त, खिचातानीको अवस्थाले गर्दा राजा कसलाई बनाउने भने निर्णय तीन वर्षसम्म पनि हुन सकेन।
सत्ताको लागि पशुपति मल्ल, जयराजदेव मल्ल, देवलदेवी बीच शक्ति सङ्घर्ष चल्दै आएको थियो। शक्ति सङ्घर्षमा ने.सं. ४६७ (बि.सं.१४०४) साउनमा जयराजदेवले सिंहासन प्राप्त गरे। पशुपति मल्ललाई उनकी आमा सहित कैद गरियो र कैदमा नै बि.सं १४०५ जेठमा उनको मृत्यु भयो।
आक्रमण र लुट
[सम्पादन गर्नुहोस्]त्यसपछि
[सम्पादन गर्नुहोस्]सात दिनसम्म यहाँ बसी उत्पात मच्चाइ हाहाकार पारी शमशुद्दिनको फौज फर्क्यो। त्यतिखेरको यहाँको (मंसीर, पुषको) चिसो हावापानी उनीहरूका लागि अनुकुल थिएन। किनकि उनीहरू गर्मी प्रदेशका बासिन्दा थिए। दोस्रो कुरा, माथि भनिए जस्तै उनीहरूको आक्रमणको मुख्य उद्देश्य विपरित धर्म मान्नेहरूको धर्म संस्कृतिमाथि विध्वँस मचाउने र लुटपात गर्ने थियो, जुन कुरा पूरा भइसकेकोले यहाँ बसिरहनु पर्ने जरुरत भएन।
मुसलामानी फौज फर्केर गएपछि फरि यहाँका बासिन्दाहरू पूर्ववत् रहना लागे। बिस्तारै बिस्तारै भत्केका जलेका देवमन्दिरहरू घरहरूको जीर्णोद्वार हुन लाज्ञो। यस आक्रमणको सात वर्षपछि ललितपुरको पिंबहालको ठुलो चैत्यको जीर्णोद्वार हुन लाज्ञो। आक्रमणको ११ वर्षपछिमात्र बिसं १४१७ मा महामन्त्री जयसिंहरामले पशुपतिनाथको मूर्ति स्थापना गरे। २३ वर्षपछि मात्र स्वयम्भूनाथको चैत्यको पुननिर्माण गरियो। निकै वर्षपछि मात्र शमसुद्दीनको आक्रमण्ले गरेको क्षतिको केही पूर्ति हुन सक्यो।
शमसुद्दीनको आक्रमणको मार खानुपरे पनि नेपाल मण्डलका शासकहरू चेतेका थिएनन्, पूर्ववत् आन्तरिक कलहमा व्यस्त रहे।
अभिलेख
[सम्पादन गर्नुहोस्]गोपालराजवंशावली
[सम्पादन गर्नुहोस्]पाटन पिंबहालको शिलालेख
[सम्पादन गर्नुहोस्]शिलालेख | अर्थ | सन्दर्भ |
---|---|---|
नेपालीतीतसंख्ये मुनिनगजलधौ वत्सरे चैतमासे
पक्ष शुक्लोत्तरस्य प्रवरगुरुदिने पुष्यऋक्षे नवाम्या। योगे शूलाग्रसंज्ञे शुभ इति ग दिते बालवे चाधिकर्ण्णे तस्मिन् श्रीचैत्यमूर्ति सकलजिनातानू येन सम्यक् प्रतिष्ठ।। श्रीमत््वर्जेयनेन्यसुगतसुतसमं धर्मशास्त्रे प्रवर्त्त: सिद्धेन्द्राद् ध्यानचंदात् समधिगतवराजाअगिकात् लक्षयज्ञे सोयं श्रीमेघपालो मवतित हि विजयी सर्वशत्रुनिहंता यज्ञे धर्मेषु नित्यं लघुतनयाँ इव सर्व्वभावे प्रवर्त:।। श्रुतान सामसदिनो यावनाधिराज नेपालसर्वनगरं भश्मीकरो ति तस्मिन् क्षणे पतितचैत्यमिदं छ दृष्ट्वा जीर्ण्णं करो ति नवकं वरपालसिंह: |
ने.सं. ४७७ (बि.सं १४१४) चैत शुक्ल नवमी तिष्यनक्षत्र शूलयोग बालवकरण बृहस्पतिबारका दिन जसले (मेघपालाले) भगवान् बुद्धको चैत्य र मुर्तिको प्रतिष्ठा गर्नुभयो।
वज्रायनमा अर्का बुद्धपुत्रजस्ता, धर्मशास्त्रबमोजिम काम गर्ने, ठुला सिद्ध योगी ध्यानचन्द्रबाट लक्षहोममा वर पाएका, यज्ञमा र धर्मकर्ममा रामचन्द्र जस्तै सर्वात्मना लागेका, सारा शत्रुलाई सखाप पारेका त्यस्ता उहँ श्री मेघपाल विजयी भइ रहनुभएको छ। मुसलामानका राजा सुलतान शमासुद्दीनले सारा नेपालशहर ध्वस्त पार्यो। त्यहीबेला यो चैत्य पनि ध्वस्त भएको देखेर असल पालहरूमा श्रेष्ठ (मेघपाल) ले जीर्णोद्वार गर्नुभयो। |
शिवसिंह शिलालेख
[सम्पादन गर्नुहोस्]बि.सं. १६५२ मा शिवसिंह मल्लका पालामा स्वयम्भूको जीर्णोद्वार भएको थियो। यस जीर्णोद्वारको वर्णन लेखाई राखेको स्वयम्भूको जीर्णोद्वार पहिले पनि भएको थियो भन्ने भाव व्यक्त गरिएको छ:
शिलालेख | अर्थ | सन्दर्भ |
---|---|---|
तिरस्कानां परिष्वङ्गादतिव्यथित्पानस:।
प्रतिष्ठामकरोड् भूप:स्तूपे वज्रगुरो:पुन:।। |
तुर्कहरूको छुवाइले ज्यादै मन दुखेका राजाले बुद्धको स्तूपको फेरी प्रतिष्ठा गर्नुभयो। |
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ बज्राचार्य, धनबज्र, गोपालराजवंशावलीको ऐतिहासिक विवेचना, नेपाल र एसियाली अनुसन्धान केन्द्र, पृ: 118।
- ↑ खनाल, मोहनप्रसाद, "संवत् १८६४ को श्री ५ गीर्वाण युद्ध विक्रम शाहको प्रशासनिक लालमोहर र त्यसको ऐतिहासिक परिचय", सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय।
- ↑ वज्राचार्य, धनवज्र, "शमसुद्दीनको आक्रमण", पूर्णिमा 2 (4): 10।
- ↑ कायस्थ, बलराम, "शमसुद्दिनको आक्रमण र नेपालको कला संस्कृतिमा परेको प्रभाव", HISAN, नेपाल इतिहास सङ्घ 9 (1): page 6।
- ↑ "History of Bangladesh | Events, People, Dates, & Facts | Britannica", ७ अगस्ट २०२४।
- ↑ "जब बङ्गालका राजाले ‘नेपाल उपत्यका’मा आक्रमण गरे", Online Khabar (en-USमा), अन्तिम पहुँच २०२५-०२-०६।