सामग्रीमा जानुहोस्

नेपालमा आधिकारिक मान्यता प्राप्त भाषाहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपालको संविधान २०७२ले सबै मातृभाषाहरूलाई नेपालको राष्ट्रिय भाषाको मान्यता दिएको छ।

इतिहास

[सम्पादन]

वि.सं. १९१० को मुलुकी ऐनको पहिलो कानूनले गोरखा भाषालाई नेपालको एक मात्र आधिकारिक कामकाजी भाषाको रूपमा मान्यता दिएको थियो।[१] नेपाल अधिराज्यको संविधान २०१५ले नेपाली भाषालाई एक मात्र आधिकारिक र राष्ट्रिय भाषाको रूपमा मान्यता दिएको थियो।[२] नेपालको अन्तरिम संविधान २०६३ले नेपाललाई बहुभाषी राष्ट्रको रूपमा मान्यता प्रदान गर्दै नेपालका सबै मातृभाषाहरूलाई राष्ट्रिय भाषाको दर्जा प्रदान गरेको थियो। यद्यपि, यसले नेपाली भाषालाई एक मात्र आधिकारिक भाषाको रूपमा पनि निरन्तरता दिएको थियो।[३]

संविधान

[सम्पादन]

नेपालको संविधान २०७२को धारा १ मा नेपालको भाषासम्बन्धी यी प्रावधानहरू छन्:[४]

  • धारा ६ : नेपालमा बोलिने सबै मातृभाषाहरू नेपालका राष्ट्रिय भाषाहरू हुन्।
  • धारा ७क: देवनागरी लिपिमा लेखिएको नेपाली भाषा नेपाल सरकारको कामका लागि प्रयोग गरिन्छ। (आदिवासी भाषाहरू पनि देवनागरीको प्रयोग गरेर लेख्नु पर्दछ)।
  • धारा ७ख : नेपाली भाषाका अतिरिक्त प्रदेशले सरकारी कामकाजका लागि सो प्रदेशको बहुसङ्ख्यक जनसङ्ख्याले बोल्ने एक वा एकभन्दा बढी अन्य भाषा छनौट गर्न सक्नेछ।

सङ्घीय स्तर

[सम्पादन]

संवैधानिक व्यवस्था अनुसार देवनागरी लिपिमा लेखिएको नेपाली भाषा सङ्घीय तहमा आधिकारिक कामकाजको भाषा हो। नेपालको सङ्घीय संसद भित्र मातृभाषाको प्रयोगको अभ्यास गरिन्छ। प्रतिनिधि सभा नियमावली, २०७५ र राष्ट्रिय सभा नियमावली, २०७५ मा सदस्यले आफ्नो मातृभाषामा बोल्न पाउने र त्यसको अभिलेखीकरण गर्न सकिने व्यवस्था गरेको छ।[५][६] वि.सं २०७४ मा, सांसदहरूले आफ्नो मातृभाषामा शपथ लिएका थिए, तर उनीहरूले प्रतिनिधि सभाको पहिलो बैठकभन्दा तीन दिन अघि आवेदन दिनुपरेको थियो।[७] त्यसैगरी शपथ ग्रहणसम्बन्धी अध्यादेश, २०७८ ले सार्वजनिक पद धारण गर्ने व्यक्तिले नेपालमा बोलिने मातृभाषामा शपथ लिन सक्ने व्यवस्था गरेको छ। कसैले पनि नेपाली बाहेक अन्य कुनै पनि भाषामा शपथ लिन भन्दा अगाडी उनीहरूले शपथको ढाँचा आफैँ नेपालीमा अनुवाद गर्नुपर्दछ र शपथ अधिकारीलाई पूर्व जानकारी दिनुपर्दछ।[८]

प्रदेश स्तर

[सम्पादन]

चौध वटा भाषालाई प्रादेशिक स्तरमा आधिकारिक दर्जाका लागि सिफारिस गरिएको थियो।[९]

नेपालका प्रदेशहरूका आधिकारिक भाषाहरूको सूची
प्रदेशआधिकारिक भाषाहरू
कोशी प्रदेशमैथिली, लिम्बू
मधेश प्रदेशमैथिली, भोजपुरी, बज्जिका
बागमती प्रदेशतामाङ, नेवारी भाषा
गण्डकी प्रदेशमगर, गुरुङ
लुम्बिनी प्रदेशथारू, अवधि
सुदूरपश्चिम प्रदेशथारू, डोटेली
कर्णाली प्रदेशनेपाली भाषा (कर्णाली उपभाषिका), मगर

स्थानीय तह

[सम्पादन]

स्थानीय तहमा सरकारी कामकाजको भाषासम्बन्धी कुनै संवैधानिक व्यवस्था छैन। तर, स्थानीय तहले आ–आफ्नो आधिकारिक भाषा निर्धारणका लागि आफ्नै पहल कदमी लिएका छन्। भाषा आयोगले आफ्नो प्रतिवेदनमा संविधानले मुलुकमा भाषिक व्यवस्था निर्धारण गर्ने अधिकार प्रदान गरेकाले स्थानीय तहमा सरकारी कामकाजको भाषा सिफारिस गरेको उल्लेख गरेको छ।[९]

कोशी प्रदेश

[सम्पादन]
कोशी प्रदेशका स्थानीय तहमा सरकारी कामकाजको भाषा
क्रमस्थानीय तहआधिकारिक भाषा(हरू)
१चुलाचुली गाउँपालिकालिम्बू[१०]
२हलेसी तुवाचुङ नगरपालिकाचाम्लिङ, वाम्बुले, तिलुङ[११][१२]
३माङसेबुङ गाउँपालिकालिम्बू[१३]
४फाल्गुनन्द गाउँपालिकालिम्बू[१४]

बागमती प्रदेश

[सम्पादन]
बागमती प्रदेशका स्थानीय तहमा सरकारी कामकाजको भाषा
क्रमस्थानीय तहआधिकारिक भाषा(हरू)
१काठमाडौँ महानगरपालिकानेवारी[१५]
२कीर्तिपुर नगरपालिकानेवारी[१६][१७]
३ललितपुर महानगरपालिकानेवारी[१८]

लुम्बिनी प्रदेश

[सम्पादन]
लुम्बिनी प्रदेशका स्थानीय तहमा सरकारी कामकाजको भाषा
क्रमस्थानीय तहआधिकारिक भाषा(हरू)
१घोराही उपमहानगरपालिकाथारू[१९][२०]

यो पनि हेर्नुहोस्

[सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "मुलुकी ऐन १९१०", नेपाल कानुन आयोग, नेपाल कानुन आयोग, अन्तिम पहुँच २० फागुन २०८१।
  2. ↑ "नेपाल अधिराज्यको संविधान २०१५", नेपाल कानुन आयोग, नेपाल कानुन आयोग, अन्तिम पहुँच २० फागुन २०८१।
  3. ↑ "नेपालको अन्तरिम संविधान २०६३", नेपाल कानुन आयोग, नेपाल कानुन आयोग, अन्तिम पहुँच २० फागुन २०८१।
  4. ↑ Nepali Constitution 2015 अभिलेखिकरण २०१६-०३-०४ वेब्याक मेसिन PDF
  5. ↑ "प्रतिनिधि सभा नियमावली, २०७५", नेपाल कानुन आयोग, अन्तिम पहुँच २० फागुन २०८१। २३८. भाषा :- (१) प्रतिनिधि सभा वा यसका समितिको काम कारबाही नेपाली भाषामा हुनेछ । कुनै सदस्यले आफ्नो मातृभाषामा बोलेको अवस्थामा त्यसलाई अभिलेख राख्ने व्यवस्था मिलाउन सकिनेछ ।
  6. ↑ "राष्ट्रिय सभा नियमावली, २०७५", नेपाल कानुन आयोग, अन्तिम पहुँच २० फागुन २०८१।२२०. भाषा :- (१) राष्ट्रिय सभा वा यसका समितिको काम कारबाही नेपाली भाषामा हुनेछ। कुनै सदस्यले आफ्नो मातृभाषामा बोलेको अवस्थामा त्यसलाई अभिलेख राख्ने व्यवस्था मिलाउन सकिनेछ ।
  7. ↑ "Oath in mother tongue", Himalayan News Service, The Himalayan Times, २८ Feb २०१८।
  8. ↑ "शपथ सम्बन्धी अध्यादेश, २०७८", नेपाल कानुन आयोग, अन्तिम पहुँच २० फागुन २०८१।५. (२)
  9. 1 2 "सरकारी कामकाजको भाषाका आधारहरूको निर्धारण तथा भाषासम्बन्धी सिफारिसहरू (पञ्चवर्षीय प्रतिवेदन- साराांश) २०७८", भाषा आयोग, मूलबाट २०२१-०९-०६-मा सङ्ग्रहित, अन्तिम पहुँच २० फागुन २०८१।
  10. ↑ "Limbu official language in Chulachuli rural municipality", Khabarhub, २८ Sep २०१८, अन्तिम पहुँच २९ अक्टोबर २०२१।
  11. ↑ "Khotang's Halesi Tuwachung Municipality recognizes three more languages as official ones", My Republica, My Republica, २९ जुन २०२०, अन्तिम पहुँच ३० अक्टोबर २०२१।
  12. ↑ "Recognition of Chamling, Wambule and Tillung Rai languages in municipal authorities features", Himal Sansar, Himal Sansar, १५ जुन २०२०, मूलबाट ३० अक्टोबर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० अक्टोबर २०२१।
  13. ↑ Chapagain, Bhim (१ Dec २०१८), "Limbu language declared official language", My Republica, My Republica, अन्तिम पहुँच २९ अक्टोबर २०२१।
  14. ↑ "फाल्गुनन्द गाउँपालिकाको सरकारी कामकाजको भाषा याक्थुङ लिम्बु हुने", Silauti Times, Silauti Times, २५ जुन २०२१, मूलबाट २४ मे २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० अक्टोबर २०२१।
  15. ↑ Ojha, Anup (२२ जुन २०१७), "Nepal Bhasa as official language in metropolis", The Kathmandu Post, The Kathmandu Post, अन्तिम पहुँच २९ अक्टोबर २०२१।
  16. ↑ "कीर्तिपुर नगर साँस्कृतिक संरक्षित क्षेत्र सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७८", Kirtipur Municipality, Kirtipur Municipality, मूलबाट ३० अक्टोबर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० अक्टोबर २०२१।
  17. ↑ Kapali, Rukshana, स्थानीय तहमा नेपालभाषा सम्बन्धी सूचनाको हकद्वारा प्राप्त सूचनाको संगालो (व्यक्तिगत अभिलेखको उतार), पृ: 93, 94, आइएसबिएन 978-9937-0-9816-8, अन्तिम पहुँच १ नोभेम्बर २०२१।
  18. ↑ Kapali, Rukshana, स्थानीय तहमा नेपालभाषा सम्बन्धी सूचनाको हकद्वारा प्राप्त सूचनाको संगालो (व्यक्तिगत अभिलेखको उतार), पृ: 104, 105, आइएसबिएन 978-9937-0-9816-8, अन्तिम पहुँच १ नोभेम्बर २०२१।
  19. ↑ "Tharu to become official language in Ghorahi", My Republica, My Republica, ७ Jan २०१८, अन्तिम पहुँच ३० अक्टोबर २०२१।
  20. ↑ "Ghorahi Sub-Metropolitan City recognises Tharu as official language", Online Khabar, Online Khabar, ७ Jan २०१८, अन्तिम पहुँच ३० अक्टोबर २०२१।