नेपालमा नम्बर प्लेट
नेपालमा मोटर भएका वा नभएका (साइकलबाहेक) सबै सडक सवारी साधनमा दर्ता नम्बर जोडिएको छ। यातायात व्यवस्था विभाग अन्तर्गतको सरकारी निकाय प्रदेश स्तरीय यातायात व्यवस्था कार्यालयले यस्तो सूचना जारी गरेको हो।[१]नम्बर प्लेटहरू गाडीको अगाडि र पछाडि राख्नुपर्छ। नेपालका लागि अन्तर्राष्ट्रिय सवारी दर्ता कोड एनइपी हो।
नेपालका राष्ट्रपति आफ्नो प्लेटमा नम्बर नभएको आधिकारिक गाडीमा यात्रा गर्छन् भने यसमा नेपालको निशान छाप अङ्कित छ।
नयाँ ढाँचा (वि.सं २०७७-हाल)
[सम्पादन गर्नुहोस्]हालको प्रणाली पहिलो पटक वि.सं २०७३ मा सुरु गरिएको थियो र वि.सं २०७५ देखि पहिलेको ढाँचालाई प्रतिस्थापन गर्ने तालिका थियो। तर, नेपालको सर्वोच्च अदालतले यो नयाँ ढाँचा जारी नगर्न आदेश जारी गरेको थियो।[२] २०७४ फागुन १० मा, सरकारले देवनागरी लिपिलाई नम्बर प्लेटबाट हटाएर त्यसको सट्टा ल्याटिन लिपि प्रयोग गरेको भन्दै अदालतले यस्तो आदेश जारी गरेको थियो। अन्ततः २०७५ मङ्सिर २७ गते, अदालतको आदेश खारेज गरिएको थियो र ढाँचा जारी गर्न बाटो खुलेको थियो।[३] यी नयाँ प्लेटहरूले वि.सं २०७२ मा विघटन भएका अञ्चलहरूलाई प्रदेशहरूसँग प्रतिस्थापन गर्दछन्। यी लाइसेन्स प्लेटहरू इम्बोस्ड छन्, र सेतो पृष्ठभूमिमा सेतो रङको प्रयोग गरिएको छ भने अङ्कमा कालो रङ प्रयोग गरिएको छ। नम्बर प्लेटहरू देवनागरीको सट्टामा ल्याटिन लिपिमा लेखिएको छ। यी प्लेटहरूमा माइक्रोचिप हुन्छ जसले सरकारलाई नम्बर प्लेट जारी गर्दा एकरूपता कायम गर्न र नक्कल रोक्न सक्षम बनाउँछ।[४]
नयाँ नम्बर प्लेटले सडकमा चल्ने सवारी साधनको डिजिटल रेकर्ड राख्न, समयमै राजस्व सङ्कलन गर्न र चोरी नियन्त्रण गर्न पनि सहयोग पुर्याउँछ।
प्लेटको बायाँपट्टि नेपालको राष्ट्रिय झण्डा र निलो रङको एनइपी लेखिएको पट्टी राखिएको छ। सवारीको वर्गीकरणलाई तल दिइएको छ:
- A: मोटरसाइकल, स्कुटर, मोपेड
- B: कार, जीप, कार्गो/डेलिभरी भ्यान
- C: टेम्पो, अटो रिक्सा
- C1: विद्युतीय-रिक्सा
- D: पावर टिलर
- E: ट्र्याक्टर
- F: मिनिबस, मिनिट्रक
- G: ट्रक, गाडी, लोरी
- H: रोलर, डोजर
- H1: डोजर
- H2: रोलर
- I: क्रेन, दमकल, लोडर
- I1: क्रेन
- I2: दमकल
- I3: लोडर
- J1: एस्काभेटर
- J2: ब्याकु लोडर
- J3: ग्रेडर
- J4: फोर्क लिफ्टर
- J5: अन्य ठुला उपकरणहरू
- K: स्कुटर, मोपेड
प्लेटहरू सवारीको आकारको आधारमा विभिन्न आकारमा आउँछन्।
तीन पाङ्ग्रे
[सम्पादन गर्नुहोस्]तीन पाङ्ग्रे सवारीमा अटो रिक्सा, टेम्पो र विद्युतीय रिक्सा पर्दछ। प्लेट निम्न आकारमा राख्न सकिन्छ:
- अगाडि र पछाडि: : २४ सेमी x १३ सेमी
| अगाडि | पछाडि |
|---|---|
साना सवारी साधन
[सम्पादन गर्नुहोस्]प्लेट निम्न आकारमा राख्न सकिन्छ:
- अगाडि: ४५ सेमी x ११ सेमी
- पछाडि: ३० सेमी x १८.५ सेमी
| अगाडि | पछाडि |
|---|---|
ठुला सवारीसाधन
[सम्पादन गर्नुहोस्]प्लेट निम्न आकारमा राख्न सकिन्छ:
- अगाडि: ५२ सेमी x ११ सेमी
- पछाडि: ३६ सेमी x २१ सेमी
| अगाडि | पछाडि |
|---|---|
पुरानो ढाँचा
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ यातायात व्यवस्था विभागको कार्यालय अभिलेखिकरण २०२४-१२-०६ वेब्याक मेसिन
- ↑ "इम्बोस्ड नम्बर प्लेट जारी नगर्न सर्वोच्चको आदेश", बीबीसी नेपाली (नेपालीमा), अन्तिम पहुँच ०९ पुस २०८१।
- ↑ "असोजदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य", टेकपाना (नेपालीमा), अन्तिम पहुँच ११ असोज २०८१।[स्थायी मृत कडी]
- ↑ "नयाँ सवारी साधन दर्ता र नामसारी गर्दा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिने" (नेपालीमा), कान्तिपुर, अन्तिम पहुँच ११ असोज २०८१।