नेपालका विश्वविद्यालयहरूको सूची
स्वरूप
(नेपालमा रहेका विश्वविद्यालयहरूको सूचीबाट अनुप्रेषित)
नेपालमा सबैभन्दा पहिले सन् १९१८ मा त्रिचन्द्र कलेजको स्थापना गरिएको हो । त्यस समयसम्म नेपालमा उच्च शिक्षाको ब्यबस्था थिएन जबसम्म नेपालमा त्रिभुवन विश्वविद्यालयको स्थापना भएको थिएन । पहिलो तथा नेपालको पुरानो विश्वविद्यालयको स्थापना पश्चात नेपालमा महेन्द्र संस्कृत विश्वविद्यालयको स्थापना गरियो र त्यसको लगत्तै सन् १९९० मा काठमाडौँ विश्वविद्यालयको स्थापना भयो । त्यसपछी क्रमश: पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयको स्थापना सन् १९९५ र सन् १९९६ मा गरियो । हाल नेपालमा थुप्रै कलेजहरु रहेका छन् जसले बिध्यार्थीहरूलाई पठनपाठनको जिम्मेवारी बहन गर्दै आएका छन् । नेपालमा हाल २२ वटा विश्वविद्यालयहरु छन् ।