सामग्रीमा जानुहोस्

नेपाली काङ्ग्रेस (प्रजातान्त्रिक)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपाली काँग्रेस (प्रजातान्त्रिक)

Nepali Congress (Democratic)
अध्यक्षशेरबहादुर देउवा
महासचिवविमलेन्द्र निधि
स्थापना२०५९ असोज ६ गते
विघटन२०६४ असोज ८ गते
टुक्रिएकोनेपाली कांग्रेस
विलयनेपाली कांग्रेस
प्रमुख कार्यालयकाठमाडौँ जिल्ला
विचारधाराSocial democracy

नेपाली काँग्रेस (प्रजातान्त्रिक) नेपाली कांग्रेसको विभाजनबाट बनेको नेपालको एउटा राजनीतिक दल थियो। नेपाली कांग्रेस (प्रजातान्त्रिक)को नेतृत्व पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गरेका थिए भने मूल पार्टीको नेतृत्व गिरिजाप्रसाद कोइरालाले गरेका थिए।

संकटकाल थप ६. महिना थप्ने प्रस्ताव संसदबाट फिर्ता गर्नु भन्ने पार्टीको केन्द्रीय कार्यसमितिको निर्देशनलाई ठाडो अवज्ञा गरेर प्र.म.शेरबहादुर देउवाले पार्टीलाई समेत जानकारी नदिई जेष्ठ ८ गते मध्यरातमा प्रतिनिधि सभा नै विघटन गरीदिएपछि

तत्कालीन विद्रोही नेकपा (माआवादी)विरुद्ध संकटकाल घाषणा गर्ने कि नगर्ने भन्ने विषयमा भएको आन्तरिक विवाद बढेपछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको केन्द्रीय समितिमा छलफल नै नगरी २०५९ साल जेठ ८  मा प्रतिनिधिसभा विघटन गरेका थिए । त्यसबाट आक्रोशित सभापति गिरिजापसाद कोइरालाले बहुमतका आधारमा शेरबहादुर देउवालाई पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेका थिए । देउवाको कारबाही फिर्ता गराउने प्रयास असफल भएपछि देउवापक्षीय नेताहरूल त्यही वर्ष असार ४ मा नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बाट घोषणा गरे।

२०५९ असार पहिलो साता प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवाले नयाँ बानेश्वरमा महाधिवेशन प्रतिनिधिहरूको भेला गरे। त्यस भेलाले सभापति कोइरालालाई निष्काशन गर्दै देउवालाई सभापति घोषणा गरेको थियो । त्यसरी शेरबहादुर देउवाको नेतृत्वमा बन्यो ।

सात दलीय गठबन्धनमा नेपाली काङ्ग्रेस (प्रजातान्त्रिक)पनि सहभागी थियो ।

सन् २००७ सेप्टेम्बर २५ मा, नेपाली कांग्रेस अभिलेखिकरण २०२१-१२-१५ वेब्याक मेसिन (प्रजातान्त्रिक) र नेपाली कांग्रेसबीच एकता भयो। एकीकृत पार्टीले नेपाली कांग्रेसको नाम कायम राख्दै रुखलाई चुनाव चिन्हको रूपमा प्रयोग गरेको छ।

यो पनि हेर्नुहोस्

[सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]

बाह्य कडीहरू

[सम्पादन]